Home Blog Page 137

श्री डिष्टिलरीले ९.६० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

श्री डिष्टिलरीले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

श्री डिष्टिलरीका सञ्चालक सनत न्यौपानेले श्री डिष्टिलरीले लामो समयदेखि मदिरा उद्योगमा आफ्नै पहिचान बनाउन सफल भईसकेकोले कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताएका छन ।

यस्तै, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्काशनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने छ ।

कुमारी बैंकको १.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थापक सेयरधनीको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर संस्थापक सेयरधनीहरुकामात्र खरिद गर्न सक्नेछन । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकको करिब ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आबेदन दिनुपर्ने छ । आबेदकले आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

५ करोड सांसदलाई बाँड्ने मधेश प्रदेशका निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

आफ्न प्रदेश सभा सदस्यहरुलाई पैसा बाँड्ने मधेश प्रदेश सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

मधेस सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ र समानुपातिकलाई डेढ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णय बिरुद्ध
सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासले रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको हो ।

सो निर्णयविरुद्ध मंगलबार आबिद हुसेन लगायतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

यसअघि चालु आर्थिक वर्षमा संघीय सरकारले सांसदहरुलाई रकम दिने घोषणा गरेको थियो जसलाई सर्वोच्चले रोक लगाएको थियो ।

१.५० करोड कित्ता साविकको युनियन लाइफको सेयरको लक इन अवधि असारमा सकिने

साविकको युनियन लाइफ इन्स्योरेन्स कम्पनी जो हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्ज भएको छ त्यसको लक इन समयावधि आगामी असार ३१ गते समाप्त हुने भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापक सेयर र कर्मचारीका लागि छुट्याएको सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापक सेयरधनीहरुको १ करोड ५० लाख ५० हजार कित्ता संस्थापक सेयर र कर्मचारीको ३ लाख २२ हजार ५०० कित्ता गरी कुल १ करोड ५३ लाख ७२ हजार ५०० कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुन लागेको हो ।

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । उक्त कम्पनिको आईपीओ २०७८ असार ३१ गते बाँडफाँड भएको थियो।

५ वर्षसम्म नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

बंगलादेशले ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली लैजाने भएको छ । बंगलादेशको सरकारले यस्तो निर्णय गरेको हो ।

मंगलबार बंगलादेशको खरिद कमिटीको बैठकले नेपालबाट ४० मेगावाट बिजुली खरिद ‍गर्ने भनी निर्णय गरेको हो ।

मन्त्रिपरिषद् डिभिजन (सुधार तथा समन्वय) सचिव महमुदुल होसैन खानले बैठकका निर्णयहरुबारे पत्रकारहरुलाई जानकारी दिएका छन् । ‘नेपालबाट भारतको प्रसारण ग्रीड हुदै बंगलादेश पुग्नेछ । भारतलाई ०.०५९ रुपैयाँ प्रतियुनिट ट्रेडिङ मार्जिन तिर्नुपर्छ । बंगलादेशले भारतलाई प्रसारणलाइनको शुल्क पनि तिर्नुपर्छ । प्रसारणलाइनको शुल्क तोक्न बाँकी छ’ उनले भने।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना नेपाल भ्रमणमा आउने र सोही समय सो सम्झौता हुन सक्ने बंगलादेशी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रारम्भिक रुपमा पाँच वर्षका लागि सम्झौता गर्न लागिएको हो । वार्षिक १३० करोड टाका खर्च हुनेछ । पाँच वर्षमा ६५० करोड टाका खर्च हुने अनुमान बंगलादेशको अर्थ मन्त्रालयलाई उदृत गर्दै बंगलादेशको सरकारी समाचार संस्था बीएसएसले जनाएको छ । बंगलादेशी मुद्रा १ टाकाको नेपाली १ रुपैयाँ १४ पैसा हुन्छ ।

सुनको मूल्य प्रतिऔंस ५ डलरले बढ्यो

0

अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.२२ प्रतिशत अर्थात ५.५५ डलरले बढेको छ ।

यो सँङ्गै सुनको मुल्य प्रतिऔंस २ हजार ३१५ डलर पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतिऔंस ०.८१ प्रतिशत अर्थात ०.२४ डलरले घटेको छ । योसङ्गै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.४७ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

हिमालयन बैंक लिमिटेडको ५०.९१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंक लिमिटेडले आफ्ना ६ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा भएको ५० लाख कित्ता बढी संस्थापक सेयर लीलाम बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न सक्नेछन, खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले काठमाण्डौ कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।

संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। संस्थापक सेयरहरुको मूल्य फरक फरक भएकोले मुल्य विवरणका लागि कार्यालयमा संपर्क गर्नु पर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रभु बैंकको १.६९ लाख कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा, सर्वसाधारणका लागि पनि खुल्ला

प्रभु बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता बढी सेयर लीलामा बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६९ हजार ५३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

बैंक-वित्तीय संस्थाले १० महिनामा ५३ अर्ब कमाए

बैंक तथा वित्तीय संस्थाले १० महिनामा ५३ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५३ अर्ब १९ करोड ६३ लाख रुपैयाँ मुनाफा गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरूले चैत मसान्तसम्ममा ४४ अर्ब ६७ करोड रूपैयाँ खुद मुनाफा गरेका थिए । १ महिनामा उनीहरूले साढे ८ अर्ब नाफा गरेका हुन् ।

यस अवधिमा सबैभन्दा बढी कमाउने बैंक नबिल हो । वैशाख मसान्तसम्म नबिलले ५ अर्ब ४६ करोड रुपैयाँ कमाउँदा ग्लोबल आईएमई दोस्रो स्थानमा छ । ग्लोबल आईएमईले १० महिनामा ४ अर्ब १२ करोड नाफा गरेको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३ अर्ब बढी छ । त्यस्तै एनआईएमबीले १० महिनामा ३ अर्ब ७७ करोड कमाउदा एभरेष्ट बैंकको खुद मुनाफा २ अर्ब ९८ करोड छ ।

कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य, प्रभु, एनएमबि, हिमालयन र एनआईसी एशिया पनि २ अर्बभन्दा बढी कमाउनेको सूचीमा परेका छन् । १० महिनामा सबैभन्दा कम खुद मुनाफा नेपाल बैंकको छ ।

१० महिनामा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ६० करोड छ ।

विकास बैंकहरुमा मुक्तिनाथ बैंकले १० महिनामा बिकास बैंकमध्ये सबैभन्दा धेरै अर्थात ९९ करोड खुद मुनाफा गर्दा दोस्रो बढी नाफा गरिमा विकास बैंकले गरेको छ । बढी नाफा गर्नेका आधारमा शाइन रसुंगा, महालक्ष्मी र कामना शीर्ष ५ मा छन् ।

यस्तै मञ्जुश्री कम्पनीको १० महिनाको नाफा २० करोड छ ।