Home Blog Page 136

आदर मल्टी ईन्भेष्टमेण्टले आईपीओ जारी गर्ने

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । यसका लागि आबस्यक प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले असार २ गते आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको जारी पुजी रु.१ अर्ब ७८ करोड ५८ लाख को ३० प्रतिशतले हुन आउने रु.५३ करोड ५७ लाख ४० हजार सेयर पूँजी बराबरको रु.१०० अंकित दरको ५३,५७,४०० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

यस कम्पनीमा चिनिया सामानहरुको थोक व्यापार गर्ने केही व्यापारीहरुको संयुक्त लगानीमा रहेको छ।यस कम्पनीले का.म.पा. १४, पुंजी बल्खुमा भएको करीब ३६ रोपनी भन्दा बढि जग्गा खरीद गरेको छ । कम्पनिले उक्त जग्गामा व्यापरिक भवन निर्माण गरिसकेको छ । उक्त भवनमा जम्मा २,१५२ पसल रहेको छ भने सिभिल तर्फको काममा ८६ प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीको जानकारी दिएको छ । आगामी वर्षहरूमा थप आर्थिक पूर्वाधार लगायत जलविद्युत आयोजनाहरूमा समेत लगानी गर्दै जाने कम्पनीको योजना छ ।

आज पनि गएनन् सेबोनको अध्यक्षको अन्तर्वार्तामा ३ जना उम्मेद्वार, अब छनौट प्रक्रिया के हुन्छ ?

धितोपत्र बोर्डको अध्यक्षको सर्टलिस्टमा परेका ३ उम्मेद्वार कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका आज पनि अनुपस्थित भएका छन् । अर्थ मन्त्रालयले गत आइतबार उपस्थित नभएका ३ जनालाई कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि आज ९ बजे फेरी बोलाएको बोलाँउदा पनि उनिहरु अनुपास्थित भएका हुन ।

गत आइतबार बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए । सर्टलिस्टमा परेका मध्य डा.नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाई गरी ३ जनाले भने अन्तर्वार्ता बहिष्कार गरेका थिए ।

सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता लिए पछी सिफारिस समितिले ३ जनाको नाम मन्त्रीपरिषदलाई पठाउने र ती ३ जना मध्येबाट एकजनालाई सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने व्यवस्था रहेकोमा ५ जनामध्ये २ जना मात्रै अन्तरवार्तामा उपस्थित भएपछि अध्यक्ष पदका लागि मन्त्रीपरिषदमा ३ जनाको नाम पठाउन नमिल्ने भएको छ ।

यसरी हेर्दा अब यो छनोट प्रकृया नै रद्द हुन सक्ने देखिएको छ ।

बलेफि हाईड्रोपावरले डाक्यो विशेष साधारण सभा

बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २० गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको रोयल एलिनाज रेष्टुरेन्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त विशेष सभामा सञ्चालकहरुको नियुक्ती र कर्जा सुविधा स्वीकृती जस्ता प्रस्ताव पारित गरिनेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै विशेष सभामा सहभागी हुन योग्य हुनेछन् ।

सुनको मूल्य १० डलरले बढ्यो

0

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.४३ प्रतिशत अर्थात १० डलरले बढेको छ ।
यो सङ्गै सुनको मूल्य प्रतिऔंस २ हजार ३३०.९१ डलर पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतिऔंस ०.०४ प्रतिशत अर्थात ०.०१ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.५ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

बेष्ट फाइनान्सले राख्यो ३.५६ लाख कित्ता संस्थापक हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य १००

आफ्ना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक हकप्रद सेयर बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमार्फत बिक्री गर्न लागेको हो ।

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले कमलादीमा रहेको बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय शाखा कार्यालयहरु–मिलनचोक बुटवल,अमरपथ बुटवल, नेपालगंज,घोराही,दाङ,इटहरी,नारायणगढ,चितवन,विरगञ्ज र न्यूरोड पोखरामा आवेदन दिन सक्नेछन्। साथै उपत्यका बाहिर रहेका ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु–विरेन्द्रनगर,सुर्खेत र धनगढीमा समेत आवेदन पेश गर्ने सकिनेछ ।

आवेदन पेश गर्ने अन्तिम मिति असार ११ गते रहेको छ ।

हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ जारी गर्ने

कोरियाली अटो निर्माता कम्पनी हुन्डाईको भारत युनिटले भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमितिका लागि भारतको पूँजी बजार नियामक‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया’मा आवश्यक कागजात पेश गरेको छ ।
रिपोर्टका अनुसार कम्पनीले जारी गर्ने आईपीओ भारतको पूँजी बजार इतिहासको अहिलेसम्मकै ठूलो हुनेछ । हुन्डाईको आईपीओको आकार ३ अर्ब डलरबराबर(२५ हजार करोड भारु) हुनेछ । यसअघि भारतको सबैभन्दा ठूलो आईपीओ सरकारी स्वामित्वको बीमा कम्पनी एलआईसी भारतले निष्कासन गरेको थियो । एलआईसीले २१ हजार करोड भारुबराबरको आईपीओ जारी गरेको थियो ।

विश्व अटो बजारमा दिग्गज कम्पनीको रुपमा परिचित हुन्डाईले भारतमा समेत आफ्नो दबदवा कायम राखेको छ ।

कम्पनीको आईपीओ भारतको सेयर बजारमा यो वर्षको अन्त्यसम्म सूचीकृत हुन सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । कम्पनीले भारतमा आईपीओ निष्कासन गर्ने खबर बाहिरिएसँगै कोरियाली स्टक एक्सचेञ्जमा कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । १७ जुनमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३.९२ प्रतिशतले बढेर २ लाख ७८ हजार ५ सय कोरियन वन पुगेको छ । यो दिन कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतसम्मको उछाल आएको थियो । इन्ट्रा डे कारोबारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ लाख ८५ हजार वनसम्म पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । -एजेन्सी

३ लाख कित्ता सूर्यज्योति लाइफको संस्थापक सेयर एनआईसी एशिया बैंकले बिक्री गर्दै

आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर एनआईसी एसिया बैंक लिमिटेडले आजदेखि लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।

इच्छुक लगानीकर्ताले आगामी असार ११ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुके व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तान्दै, बजारमा पैसा फालाफाल

बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछी व्यवस्थापनको योजनामा राष्ट्र बैंक ब्यस्त छ । हिजो मात्रै बजारबाट ३५ अर्ब रुपैयाँ झिकेको केन्द्रीय बैकले आज फेरी बजारबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्न लागेको हो । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

राष्ट्र बैंकले १४ दिने निक्षेप सङ्कलन गर्न खोजेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी असार १४ गते हुनेछ ।

बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति छ ब्याजदर ?

असार १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। समग्रमा धेरै जसो बैंकले ब्याजदर घटाएका छन् ।

बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम भएको छ भने संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.६५ प्रतिशत कायम भएको छ ।

जेठ महिनाका लागि ३ वटा बैंकले मात्रै ब्याजदर बढाएका छन् भने ११ वटाले घटाएका छन् । यस्तै ५ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् ।

बैंकको ब्याजदर कति छ् ? हेर्नुस्

एनआईशी एशिया बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९ प्रतिशत ब्याजदर दिने भएको छ ।

नेपाल बैंक लिमिटेड

बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जेठ महिनामा पनि बैंकको यहि नै ब्याजदर थियो ।

कुमारी बैंक

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले असार महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रभु बैंक

बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंक

बैंकले व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

एनएमबी बैंक

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

हिमालयन बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंक

सानिमा बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.८ प्रतिशत र संस्थागततर्फ ५.८ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंक

बैंकले व्यक्तिगत निक्षेपतर्फ र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
माछापुच्छ्रे बैंक

असार महिनाका लागि बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदरको दिने भएको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३ प्रतिशत र संस्थागततर्फ ५.३ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नबिल बैंक

असार महिनाका लागि नबिल बैंकले पनि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।
ग्लोबल आइएमई बैंक

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनएमबि लघुवित्तले साधारण सभा बोलायो

0

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा आगामी असार २१ गते शुक्रबारका दिन पोखरामा रहेको होटल बाराही पोखरामा दिनको ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको प्रबन्धपत्रको नियमावली संशोधन गर्ने,संस्थापक तथा सर्वसाधारणतर्फको सेयर संरचना परिवर्तन गर्ने,संञ्चालक समिति सम्बन्धी संस्थाको प्रबन्धपत्र संशोधन गर्ने,अन्य लघुवित्तसँग गाभ्ने÷गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी नियकाटबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा १ जना संस्थापक र २ जना सर्वसाधारणतर्फको सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक तथा एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

यसका लागि आगामी असार ७ गतेदेखि २१ गतेसम्मका लागि बुक क्लोज गर्नेछ ।