Home Blog Page 135

भोलि धितोपत्र बोर्ड कार्यालय बन्द रहने

0

नेपाल धितोपत्र बोर्ड भोलि बन्द हुने भएको छ । बोर्डले एक सूचना जारी गर्दै भोलि ३२ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गर्न लागिएकाले बोर्ड कार्यालय बन्द रहने जनाएको हो ।


धितोपत्र बोर्डले आफ्नो ३२ औं वार्षिकोत्सवको उपलक्ष्यमा वार्षिकोत्सव विशेष समारोह होटल क्राउन इम्पेरियल रविभवन काठमाण्डौमा आयोजना गर्न लागेको छ ।

नेपाली क्रिकेट टिमले एक रन लिदा १ रुख , चौकामा ५ र छक्का/विकेटमा १० रुख ओमोडाले रोप्ने

0

विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले ‘आईसीसी पुरुष टी ट्वान्टी क्रिकेट विश्वकप’को अवसरमा ‘नेपाल स्कोर्स,ओमोडा ग्रोज्’ नारामा एक वातावरणीय योजना ल्याएको छ। जसअन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले ले रुख रोप्ने भएको छ ।

यस अभियानअन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक चौकामा ५ रूख रोपिने छ भने हरेक छक्का र हरेक विकेटमा १० रूख रोपिनेछ।
यस वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालमा रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन्।

आईएमएफले नेपाललाई ५.५९ अर्ब सहुलियत कर्जा उपलब्ध गराउने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो ।

आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।

हालसम्म तीन किस्ता दिईसकेको छ भने चौथो किस्ताबापत ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ ।

विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकाशा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । सोही समीक्षाका लागि कोषको मिसन नेपाल आएको हो ।

मन्त्री पुनसँगको भेटमा डा। किन्डाले आईएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकाशा गर्ने जानकारी दिए । उनले नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरे ।

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबिच ईभी गाडी कर्जा सम्झौता, बैंकले सर्वसुलभ ब्याजदरमा कर्जा दिने

0

ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प प्रालि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ व्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ ।

बैंकले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ ।

त्यसैगरी, बैंकले व्यक्तिगतरुपमा ‘अटो लोन’ तथा व्यवसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेकोे छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

अधिक तरलता भएपछी बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछी त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत यो रकम झिक्न लागेको हो ।

आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

सिन्धु विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि बिक्रीमा राखिएको जनाएको छ ।

बैंकले बिक्रीमा राखिएको सेयर संख्या एकिन गरेको छैन । सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । बैंकका अनुसार यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिईसक्नुपर्नेछ ।

संस्थापक सेयरधनीहरुले नेपाल राष्ट्र बैंकबाट संस्थापक सेयरधनीका लागि तोकिएको फिट एण्ड प्रोपर टेस्टको विवरण,कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपी,पछिल्लो आवको करचुक्ताको प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपी संलग्न गरी बनेपामा रहेको बैंकको कपोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर सर्वसाधारणका लागी बिक्री खुल्ला

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा संस्थापक सेयर बिक्रीमा राखेको छ ।
कम्पनीले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० सय कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सेयर खरिद गर्न चाहने लगानीकर्ताले कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

सुनको मूल्य घट्यो

0

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजारले घट्दै प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ हजारले घट्दै प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम भएको छ ।

एनएलजी इन्स्योरेन्सको ५.५०% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

0

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७९÷८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।
कम्पनीले एक सूचना जारी गर्दै गत फागुन ३ गते सम्पन्न कम्पनीको १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ५.५० प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

गत माघ २४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले उल्लेख गरेको छ ।

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।