Home Blog Page 134

रिलायन्स स्पिनिङ मिल्सको आईपीओले पायो अनुमती, प्रतिकित्ता मूल्य ८२०

रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्ने अनुमती पाएको छ। बुक बिल्डिङ प्रक्रियामा रहेको कम्पनीलाई बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती दिएको हो ।

कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँबराबरको आईपीओ निष्कासका लागि बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले संस्थागत लगानीकर्तालाई सेयर बाडँफाँड गर्दा मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा कम्पनीको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको थियो । संस्थागत लगानिकर्तालाई सेयर बाडफाड भईसकेको छ ।

कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्तामा सर्वसाधारणलाई आईपीओ निष्कासन गरिनेछ ।

महसुल तिर्न प्राधिकरणको पुनः ताकेता, २५% थप दस्तुर सहित १५ दिन भित्र तिर्नुपर्ने

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता उठाउन पुनः ताकेता गरेको छ । प्राधिकरणले बक्यौता तिर्न बाँकी ६१ वटा उद्योगीहरूलाई पत्र काट्दै १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको हो ।

प्राधिकरणले २५ प्रतिशत थप दस्तुर जोडेर वक्यौता तिर्न भनेको छ । प्राधिकरणलाई उद्योगीहरुले तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ भएपनी भुक्तानी गर्ने ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

लोडसेडिङका बेला केहि उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको तर बिल छुटेको भन्दै विद्युत् प्राधिकरणले छूट बिलको पत्र पठाएपछी उक्त बिसय अहिलेसम्म बिबादित रहेको छ ।

डेडिकेटेड र ट्रंक लाइनको विवाद कै बीच महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विभिन्न २३ वटा उद्योगहरुको लाइन काटिदिएको थियो । डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद अध्ययन आयोग निर्देशन पछि प्राधिकरणको गत पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत आपूर्ति सुचारु गर्ने निर्णय गरेको थियो ।

आज एसइईको नतिजा सार्बजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन् ।

कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ ।

आज सुनचाँदीको मूल्य घट्यो

0

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९० रुपैयाँ रहेको छ ।

बैंकिङ प्रणालीमा ६२.७७ खर्ब निक्षेप संकलन

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार असार ८ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ७७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । बैंकिङ प्रणालिमा गत असार ७ गतेसम्म ६२ खर्ब ८० अर्ब रुपैयाँबरारबको निक्षेप रहेको थियो ।

वाणिज्य बैंकहरुको निक्षेप पनि ३ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ । असार ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ६० अर्ब रहेको थियो ।

सीडी रेसियो ७९.६८ प्रतिशत रहेको छ । अन्तरबैंक ब्याजदर भने औषत विन्दु अर्थात ३ प्रतिशत कायम भएको छ ।

सेबोनको अध्यक्ष नियुक्ति प्रक्रियामा २ जना मात्र सिफारिस गर्न नमिल्ने , प्रकृया रद्द हुन सक्ने

महान्यायाधिवक्ता कार्यालयले नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई आबस्यक सुझाव दिएको छ ।


यसअघि छनोट समितिले ५ जना मध्ये तीन जना अन्तबार्ता तथा कार्यप्रस्तुतिमा नआएपछी अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव मागेको थियो । सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले समितिलाई २ जनाको नाम सिफारिस गर्न नमिल्ने र कम्तीमा ३ जनाको नाम सिफारिस गर्न सक्ने सुझाव दिएको छ ।

सुझाबमा कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले कम्तीमा ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गर्नुपर्ने लिखित जवाफ दिएको छ ।

त्यस्तै बोर्ड अध्यक्षका नियुक्तीका लागि पुनः सूचना जारी गरी तीन जनालाई कार्यप्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाउन सक्ने विकल्प पनि रहेको कार्यालयले जनाएको छ ।

पहिलोपटक बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि जादा सर्टलिस्टमा परेका मध्य डा.नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाई गरी ३ जनाले भने अन्तर्वार्ता बहिष्कार गरेका थिए ।

संसदबाट पारीत भयो आगामी आर्थिक वर्षको बजेट

0

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रतिनिधि सभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते संघीय संसदमा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेस गरेको थियो ।

प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।

विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।

निफ्राको दश लाख कित्ता आजबाट खरिद गर्न सकिने, न्यूनतम मूल्य १०१ रुपैयाँ

एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर आज असार १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको छ ।

आज देखि असार १७ गतेसम्म यो सेयर विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको निफ्राको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। अर्थात,बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने हुन्छ।

असार २५ गतेदेखि मिडिल मोदी हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

0

मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आगामी असार २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले चुक्तापुँजीको १ः०.६०२४ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको जनाएको छ । हालसम्म कायम सेयरधनीहरुका लागि निष्कासन गर्न लागिएको यो हकप्रद ख्िरदका लागि आगामी साउन १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

एनआईसी एशिया बैंकले सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै , न्यूनतम मूल्य ३०८

आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर एनआईसी एशिया बैंक लिमिटेडले लिलामीमार्फत बिक्रीमा गर्ने भएको छ ।
बैंकले सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।

न्यूनतम मूल्य ३०८ रुपैयाँ रखिएको उक्त सेयर किन्न इच्छुक लगानीकर्ताले आगामी असार १७गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र आवेदन पेश गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जोसुकै कम्पनी,व्यक्ति तथा संघसंस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन् ।