Home Blog Page 133

बजारमा छैन कर्जाको माग , बैंकमा लगानीयोग्य निक्षेप ६ खर्ब ६७ अर्ब बढी

अहिले बैंकहरूमा बैंकहरूमा ६ खर्ब रूपैयाँभन्दा बढीको नगद (कर्जा लगानी योग्य रकम) रहेको हो । कर्जाको माग नभएपछी बैंकमा बैंकमा लगानियोग्य रकम थुप्रिएको हो ।

बैंक तथा वित्तीय संस्थामा निक्षेपको अनुपातमा कर्जा लगानी बढ्न नसकेपछी ६ खर्ब ६७ अर्ब रूपैयाँ कर्जा योग्य लगानी रकम पुगेको छ ।

असार ९ गतेसम्म बैंकहरूमा ६२ खर्ब ७७ अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यसमध्ये ५१ खर्ब ३५ अर्ब रूपैयाँ मात्र कर्जा लगानी भएको छ ।

बैंकहरूले हाल कर्जा निक्षेप अनुपात ७९.६८ प्रतिशत छ । निक्षेपमा अधिकतम ब्याजदर औसत ६.८८ प्रतिशत छ ।

सुनको मूल्य बढ्यो

0

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार रुपैयाँ भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

५.३ बिलियन डलर मूल्यको सेयर दान, मृत्युपश्चात वारेन बफेटको सबै सम्पत्ति परोपकारमा जाने

अमेरिकी सेयर बजारका‘बाहशाह’ उपनामले परिचित तथा बर्कशायर हाथवेका संस्थापक वारेन बफेटले अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक दान गरेका छन् । बफेटले बर्कशायर हाथवेको ५.३ बिलियन डलरबराबरको सेयर ५ वटा च्यारिटीलाई प्रदान गरेका हुन् ।

बफेटले १३ लाख कित्ता सेयर दान गर्ने घोषणा गरेका हुन् । जसमध्ये ९ लाख ९३ हजार कित्ता सेयर बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई प्रदान गरिएको छ भने बाँकी रहेको सेयर सुसन थोमशन बफेट फाउन्डेशन र बफेटका सन्तान हावर्ड,सुसन र पिटर बफेटले सञ्चालन गरिरहेको च्यारिटलाई दान गरिएको छ ।

बफेटले सन् २००६ देखि ५ वटा च्यारिटीलाई दान गर्दै आईरहेका छन् । दानपश्चात बर्कशायर हाथवेमा अब बफेटको १३० बिलियन डलरबराबरको २ लाख ७ हजार ९६३ कित्ता ‘ए’ श्रेणीको सेयर र २ हजार ५८६ कित्ता ‘बी’श्रेणीको सेयर स्वामित्व रहेको छ ।

बफेटले वाल स्ट्रिट जर्नललाई दिएको अन्तवार्तामा आफ्नो मृत्युपश्चात आफुले खडाको साम्राज्य आफ्ना सन्तानहरुले सम्हाल्ने र सबै च्यारिटीमा दान गरिने बताएका छन् । ‘यो संसारमा ८ बिलियन मानिसहरु छन् र म र मेरा सन्तानहरु विश्वका १ प्रतिशत भाग्मानीभित्र १०० औं मा पछौं । आम मानिसहरुलाई सहयोग गर्ने धेरै तरिकाहरु छन्,’ बफेटले भने ।

मृत्युपश्चात बफेटको ९९ प्रतिशत सम्पत्ति च्यारिटीमा खर्च गरिनेछ । बफेटले आफ्नो मृत्युपश्चात बिल एण्ड मेलिना गेट्स फाउन्डेशनले आफ्नो मृत्युपश्चात कुनै पनि च्यारिटी प्राप्त नगर्ने बताएका छन् । बलि गेट्स र मेलिनाको डिभोर्सपछि बफेटले सन् २०२१ को जुनमा गेट्स फाउन्डेशनको ट्रस्टीबाट राजीनामा दिएका थिए ।

बफेटले आफ्नो मत्युपश्चात आफूले आर्जन गरेको सबै सम्पत्तिका बारेमा विवरणहरु सार्वजनिक गरिने समेत बताए । -एजेन्सी

एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आजदेखि लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुके व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

सानिमा माई हाईड्रोको पुरानो नगद लाभांश बुझिलिन आग्रह

सानिमा माई हाईड्रो लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई अनुरोध गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन अनुरोध गरेको हो ।

हालसम्म पुरानो लाभांश नलिएका सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश बुझिलिन कम्पनीले आग्रह गरेको छ ।

हालसम्म दाबी नपरेको लाभांश रकमको विवरण कम्पनीको वेबसाइटको न्यूज एण्ड रिपोर्टमा र सानिमा क्यापिटलको वेबसाइटमा लगइन गरि हेर्न सकिनेछ ।

अन्यथा ५ वर्षभन्दा पुराना अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज शर्मा

0

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा प्रकाश राज शर्मा चयन भएका छन् । संस्थाको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थाको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

यसका साथै बैठकले शर्मालाई बाँकी कार्यकालका लागि सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत नियुक्त गरेको छ ।

यसअघिका अध्यक्षले राजीनामा दिएपछि संस्थाको अध्यक्ष पद रिक्त रहेको थियो । असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले दिएको राजीनामा असार ६ गतेबाट लागू हुने स्वीकृत गरेको थियो ।

पौडेलले सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

सानिमा बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा, सर्वसाधारणका लागि खुल्ला

सानिमा बैंक लिमिटेडले ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुका लागि उक्त सेयर बिक्रिमा राखिएको हो ।

यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएकोमा कुनै पनि आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाण्डौको नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदका लागि तोकेको मापदण्ड,फिट एण्ड प्रोपर टेष्ट तथा प्रचलित कानूनी व्यवस्थाअनुसार प्रमाणित हुन आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर संख्या तथा मूल्य खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर लीलाम बिक्री गर्ने भएको छ । बैंकले सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद आवेदन दिन पाउनेछन् । उक्त सेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनुपर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेद नपरेमा सो सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

लगातार दुई दिन घट्यो सुनको मूल्य

0

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरी घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७८० रुपैयाँ कायम भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बर्खास्त

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बिजय बहादुर शाह बर्खास्त भएका छन् । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई पदबाट हटाउने निर्णय गरेको हो ।

असार १३ गतेदेखि लागू हुनेगरी शाहलाई पदमुक्त गरिएको कम्पनी श्रोतले जनाएको छ । साथै सोही बैठकले कम्पनकी नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।