Home Blog Page 132

सार्वजनिक ऋण २४.३३ खर्ब पुग्यो

नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार आव २०८०÷८१ सम्ममा देशको कुल ऋण दासयत्व २४ अर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो ।

यसरी एक जना नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ ऋणको दायित्व पर्न गएको छ । यस्तै सार्वजनिक ऋणको सावाँ भुक्तानी २ खर्ब ४३ अर्ब रुपैयाँ बराबर भएको छ ।

नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४३ प्रतिशत हाराहारी हुन आउँछ । आव २०८०÷८१ सम्मको सार्वजनिक ऋण जीडीपीको ४२.६५ प्रतिशत हुन आउछ । यसमा आन्तरिक ऋणको हिस्सा जीडीपीको २०.७० प्रतिशत र वाह्य ऋणको हिस्सा २१.९५ प्रतिशत रहेको छ ।

सैदीपावरले १.७० लाख कित्ता आईपीओ निष्कासन गर्ने

सैदीपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले प्रति कित्ता १०० रूपैयाँ अंकित दरका १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्ने तयारी गरेको हो ।
यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा सैदीपावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सैदीपावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैतीखोलाको पानी सदुपयोग गरि ९९९ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माण गरी २०७९ सालबाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको छ ।

कामना सेवा विकास बैंकले अग्राधिकार सेयर निष्काशन गर्ने

पूँजीकोष टाइट हुँदा व्यवसाय बिस्तार गर्न नसक्ने अवस्थामा पुगेका बैंक तथा वित्तीय संस्थाका लागि राष्टबैंकले सहज नीतिगत व्यवस्था गरेपछि कामना सेवा विकास बैंक सो व्यवस्थाअनुसार अग्राधिकार सेयर जारी गर्ने पहिलो वित्तीय संस्था हुने भएको छ ।

कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले आव २०८०/८१ को आगामी वार्षिक साधारण सभाबाट तथा नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा १०० रुपैयाँका दरले ३५ लाख इकाई अर्थात् ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरि यी सेयर निष्काशन गरिने छ ।

प्रचण्डले राजिनामा नदिने

0

कांग्रेस एमालेले सत्तारोहणको सहमति गरेपछि सत्ताच्यूत हुने अवस्थामा पुगेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने भएका छन ।

दुई ठुला दलले मिलेर सरकार बनाउने सहमती गरेपछी माओबादीले यस्तो निर्णय गरेको हो । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै भने,‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय भएको छ।’

माओबादिको यस्तो निर्णयपछी सरकारका बिषयमा थप बिबाद चर्किने भएको छ ।

सेन्ट्रल फाइनान्सको २.८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी बनेुका जोशीको स्वामित्वमा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।


यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कुपण्डोलमा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार एनएमबी क्यापिटलमा आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रोग्रेशिभ फाइनान्सको २ लाख कित्ता बढी संस्थापक सेयर लीलाम बिक्रीमा

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर लीलाम बिक्रीमा राखिएको छ । कम्पनीले एक सूचना जारी गर्दै २ लाख १ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । खरिद आवेदन कम्पनीको सञ्चालक समितिसमक्ष पेश गर्नु पर्नेछ ।

उक्त अवधिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

महिला लघुवित्तको करिब २ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ७००

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको झण्डै २ लाख कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा राखेको छ ।

लीलाम बिक्रिमा राखिएको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर खरिद गर्न जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले साउन ८ गते अपरान्ह ३ बजेभित्र आवेदन दिई सक्नुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ निर्धारण गरिएको छ । संस्थापक सेयर खरिदका लागि न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।

निफ्राको १० लाख कित्ता संस्थापक सेयर खरिद गर्ने आज अन्तिम दिन

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ । लीलाम बिक्रि गर्न लागिएको एक सेयर खरिद गर्न आबेदन दिनुपर्छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर गत असार १० गतेदेखि लिलामी मार्फत बिक्रीमा राखेको थियो ।

इच्छुक लगानीकर्ताले आजसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जोसुकै कम्पनी व्यक्ति वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

एनएमबि बैंकको संस्थापक सेयर लीलाम बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने

एनएमबि बैंक लिमिटेडले २२ हजार ७२७ कित्ता संस्थापक सेयर आजदेखि लीलाम बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाका लागि लिलामीमार्फत बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले असार २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम २२ हजार ७२७ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ ।

कुमारी बैंकको संस्थापक सेयर लीलाम बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने

कुमारी बैंक लिमिटेडले ३ हजार २११ कित्ता संस्थापक सेयर लीलाम बिक्रिमा राखेको छ ।उक्त सेयर सर्वसाधारणले खरिद गर्न सक्नेछन ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछी उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो सेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

बिक्रीमा राखिएको सेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।