Home Blog Page 131

सेयरमूल्य रु १३०० हारहारी रहेको हिमालयन लघुवित्तको वितरणयोग्य नाफा नेगेटिभ, इपीएस रु.२.३६

दोश्रो बजारमा कारोबार मूल्य प्रतिकित्ता १२५३ रुपैयाँ रहेको हिमालयन लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्ममा प्रतिसेयर आम्दानी २ रुपैयाँ ३६ पैसा रहेको देखिएको छ ।

यस कम्पनीको वितरणयोग्य मुनाफा करिब २३ लाख रुपैयाँले नेगेटिभ रहेको छ । चौथो त्रैमाससम्ममा यो कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५७ पैसा मात्र रहेको देखिन्छ ।

खराब कर्जाको अनुपात बढेर यो वर्ष ३.६५ प्रतिशत पुगेका छ भने समीक्षा अवधिमा यो कम्पनीले ७५ लाख ५० हजार रुपैयाँ खूद नाफा कमाएको छ । अघिल्लो वर्ष १ करोड बढी थियो ।

कम्पनिले २ करोड ६१ लाख ९४ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जको रुपमा छुट्याएको छ । त्यस्तै सीमित खूद ब्याज आम्दानी २ करोड ३७ लाखको रहेको देखिन्छ ।

समग्रमा हेर्दा कम्पनिको बित्तिय बिबरण र सेयर मुल्यले मेल खाँदैन । यस कम्पनिमा खेलाडीले चलखेल गरेको आसङका गरिएको छ ।

सेयरधितो कर्जामा संस्थागतको २० करोडको सिमा हट्यो, सर्कुलर मार्फत ब्यबस्था कार्यान्वयन

नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा २० करोडको सीमा आजबाट हटाएको छ ।

आज बैंक तथा वित्तीय संस्थाका लागि एकीकिृत निर्देशन जारी गर्दै मौद्रिक नीतिको यो ब्यबस्था कार्वान्वन गरेको हो । योसँगै संस्थागत लगानीकर्ताले लिने सेयर धितो कर्जाको सीमा हटेको छ भने अब उनीहरुले २० करोड भन्दा माथि ॠण लिन सक्नेछन ।

राष्ट्र बैंकले गत साउन ११ गते चालु आवका मौद्रिक नितिमार्फत सेयरधितो कर्जाको सीमा ब्याक्तीहत बाहेकलाई हटाएको थियो । जसलाई आज राष्ट्र बैंकले सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थालाई कार्यान्वयनका लागि निर्देशन दिएको छ ।

‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको छ । तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु हुनेछैन ।’-सर्कुलरमा भनिएको छ ।

यसअघि संस्थागत लगानीकर्ताका लागि सेयरधितो कर्जाको सीमा २० करोड र व्यक्तिगतका लागि १५ करोड थियो ।

कमाजोर कम्पनीको सेयरमूल्य चलखेल गरेर बढाईएको हुनसक्ने भन्दै अर्थमन्त्रीको चिन्ता, चलखेल रोक्न नियामकलाई निर्देशन

कमजोर कम्पनीको मुल्य अस्वाभाबिक रुपमा बढेको भन्दै अर्थमन्त्री विष्णु पौडेलले चिन्ता ब्यक्त गरेका छन । त्यस्तै उनले सेयर बजारमा हुने अनुचित गतिविधि रोक्न नियामक निकायलाई निर्देशन दिएका छन् । आज सिंहदरबारमा प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा पौडेलले यस्तो निर्देशन दिएको बताएका हुन् ।

पौडेलले सेयर बजारमा हुने कुनै पनि इन्साइडर ट्रेडिङ तथा अनुचित गतिबिधी प्रती नियामक तथा लगानिकर्ता दुबै सचेत रहनुपर्ने बताएका छन ।
पौडेलले सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण अंग भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन पनि नियामकलाई निर्देशन दिएको बताएका छन् । ‘कुनै पनि प्रकारले सेयर बजारलाई प्रभावित पार्ने क्रियाकलाप हुनु हुँदैन भनेर सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका् छु,’ उनले भने,‘ सेयर बजार अर्थतन्त्रको ऐना भएकाले यसलाई परिपक्व ढंगले अघि बढाउनु आवश्यक छ ।’

उनले सेयर बजारमा लगानी गर्नपूर्व कम्पनीको वित्तीय अवस्था हेरेर मात्रै लगानी गर्न समेत लगानीकर्तालाई सुझाव दिएका छन् । अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिमा समन्वय हुनु पर्नेमा पनि जोड दिए ।

फेदीखोला हाइड्रोको आईपीओ निष्काशन गर्ने तयारी

0

४.३ मेगावाटको फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने बारे साउन १७ गते सम्झौता भएको छ् ।

सम्झौताअनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको हो ।

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि साउन महनिाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरि स्वपुँजी ४४ करोडको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ यहि आर्थिक वर्ष भित्रमा निष्काशन गरिने लक्ष्य रहेको छ ।

२०८२ असोजभित्र सम्पन्न हुने यस आयोनाको सिभिल निमार्ण ठेक्का सम्झौता पछि पूर्वाधार निर्माणको काम करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ

सेयर बजरमा करेक्सन , २१ अर्ब ७१ करोडको कारोबार

0

सेयर बजारमा सामान्य करेक्सन देखिएको छ ।

बिहीबार इन्ट्रा डे कारोबारमा २८०५.३५ बिन्दु पुगेको बजार निकै उतार चढाबकाबिच घटेर २८ सय बिन्दु भन्दा तल पुगेको छ । बजार ५.२९ अंकले घटेर परिसूचक २७५५.६२ बिन्दु कायम भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । बैंकिङ २२.०८, विकास बैंक ४३.२८, जलविद्युत ६४.१८, उत्पादन तथा प्रशोधन ८३.४६, माइक्रोफाइनान्स ४४.९६, ट्रेडिङ समूहको १३३.९३, अन्य समूहको उपसूचक ४.६७ अंकले घटेको छ ।

कारोबारमा वित्त ६२.११, होटल २६.०२, जीवन बिमा ४७४.७२, निर्जीबन बिमा समूहको उपसूचक २३१.५० अंकले बढेको छ । कारोबारमा ५ कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

दिव्यश्वरी हाईड्रोपावर ३.९१ करोड घाटामा

दिव्यश्वरी हाईड्रोपावर लिमिटेड ३ करोड ९१ लाख रुपैयाँ घाटामा रहेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आव २०८०/८१ को चौथौ त्रैमासिक प्रतिवेदनमा यस्तो देखिन्छ ।

अघिल्लो आवको चौथौ त्रैमाससम्म कम्पनीको घाटा ३ करोड ८२ लाख रुपैयाँ थियो । जुन गत आवमा बढेर ३ करोड ९१ लाख पुगेको छ ।

कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन रकम अघिल्लो आवमा आर्जन भएको ८ करोड ६० लाखको तुलनामा ६.०१४ प्रतिशतले कम हो । कम्पनीले अन्य स्रोतबाट ४ लाख ९७ हजार रुपैयाँबराबरको आम्दानी गरेको छ ।

कम्पनीको प्रत्यक्ष खर्च ७७ लाख ३३ हजार रुपैयाँ रहेको छ । कर्मचारी खर्च भने १०.६० प्रतिशतले घटेर ५५ लाख ७९ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीको अन्य सञ्चालन तथा प्रशासनिक खर्च खर्च २५.६४ प्रतिशतले बढेर ६९ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भ फण्ड २९ करोड ७८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ४४ लाख रुपैयाँबराबरको अल्पकालिन ऋण र ५६ करोड ४१ लाख रुपैयाँबराबरको दीर्घकालिन ऋण लिएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.८२ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात १५.३८ गुणा ऋणात्मक, प्रतिसेयर नेटवर्थ ७.८२ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८७.४६ रुपैयाँ र तरलता अनुपात ०.१३ प्रतिशत कायम भएको छ ।

१ लाख कित्ता नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ । संस्थापक सेयरधनीले काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । बिक्री गरिने संस्थापक सेयरको मूल्य नियमानुसार हुने प्रचलिन मूल्य भन्दा कम नहुने कम्पनीले जनाएको छ ।

उल्लेखित मितिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन पेश नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

कामना सेवा विकास बैंकको ५१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर लीलाम बिक्रीमा राखिएको छ । बैंकले ५१ हजार ५३४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को व्यहोरा खुलाउनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनको अधिनमा रहि अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

४.५६ लाख कित्ता हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यसका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

पहिलो दिनमै सूर्योदय वोमी लघुवित्तको एफपीओमा १०५ गुणा बढी आवेदन

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा पहिलो दिनमै १०५ गुणा बढी आवेदन परेको छ । सीडीएसीको तथ्यांकअनुसार आज यो संस्थाको एफपीओ खरिदका लागि ३ लाख १० हजार ८८ आवेदकहरुबाट ४९ करोड २५ लाख ४२ हजार रुपैयाँबराबरको कुल ४९ लाख २५ हजार ४२० कित्ता सेयरका लागि आवेदन परेको छ । यसरी हेर्दा जारी सेयर संख्याको १०५ गुणा बढी आबेदन आज परेको हो ।

संस्थाले आजदेखि कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको छ ।

संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि संस्थाले एफपीओ जारी गरेको हो ।