Home Blog Page 130

चिलिमे जलविद्युतको नाफा रु.६५.२९ करोड

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ६५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।अघिल्लो आवको चौथौ त्रैमाससम्म कम्पनीले ६४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो आवको चौथो त्रैमाससम्ममा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ विद्युत बिक्रीमार्फत कमाएको कम्पनीले समीक्षा अवधिसम्म भने १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ कमाएको छ । यसरी कम्पनीको विद्युत बिक्री आम्दानीमा ०.२८ प्रतिशतको गिरावट आएको छ ।

कम्पनीले उक्त अवधिसम्म विद्युत प्लान्ट सञ्चालनका लागि १५ करोड ५७ लाख रुपैयाँ र ५ करोड ६६ लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ । कम्पनीको सञ्चालन खर्च ७० करोड ८१ लाख रुपैयाँ रहेको छ ।

७ अर्ब ९८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले २ अर्ब ८० करोड रुपैयाँ रिटेन्ड अर्निङका लागि छुट्टाएको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ३७ करोड रुपैयाँ र कुल चालु दायित्व १६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.१९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२.०९ रुपैयाँ, तरलता अनुपात १३.९९ प्रतिशत र मूल्य आम्दानी अनुपात ५७.४३ गुणा कायम भएको छ ।

कस्मिक इलेक्ट्रिकलले आईपीओ निष्कासन गर्ने

0

कस्मिक इलेक्ट्रिकल लिमिटेड(कस्मिक)ले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रमुख अजेण्डा पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ ।

कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ५ गतेका लागि विशेष साधारण सभा डाकेको हो । उक्त सभा सानेपा, ललितपुरमा रहेको कम्पनीको कार्यालयामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनबाट प्राप्त हुने कुल रकमको प्रयोगको सम्बन्धमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आईपीओ निष्कासनका लागि कम्पनीको तर्फबाट गर्नुपर्ने कामबारबाही गर्ने अख्तियारी प्रदान गर्ने सम्बन्धमा निर्णय लिने,कम्पनीको हाल कायम रहेको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

एनआईसी एशिया बैंकले ४ वटा कम्पनीको ११.५९ लाख कित्ता संस्थापक बिक्री गर्दे , हेर्नुस् मूल्य

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।

बैंकले सूर्योदय वोमी लघुवित्तको ५१ हजार ५०८ कित्ता,सीआईटीको ५० हजार कित्ता,निफ्राको ९ लाख ६५ हजार कित्ता र सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता गरी कुल ११ लाख ५९ हजार १५४ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।

इच्छुक लगानीकर्ताले आगामी साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य ३९९ रुपैयाँ, सीआईटीको ८३३ रुपैयाँ, निफ्राको १०१ रुपैयाँ र सूर्यज्योति लाइफको १८५ रुपैयाँ निर्धारण गरिएको छ ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। उल्लेखित सबै कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको थापाथली ट्रेड टावरस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयमा बुझाउन सकिनेछ।

एचआईडीसीएलले १.६८ करोड कित्ता संस्थापक सेयर बिक्री गर्दै, न्यूनतम मूल्य १००

हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले १ करोड कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने निर्णय गरेको छ ।
कम्पनीले संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ०५० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँ बानेश्वर,विर्तामोड,विराटनगर,जनकपुर,वीरगञ्ज,हेटौडा,चितवन,पोखरा,बुटवल,बाग्लुङ,नेपालगञ्ज,सुर्खेत,धोराही,धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले साउन २९ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ भने बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति भदौ ६ गते रहेको छ । बोलकबोल प्रक्रियाद्वारा बिक्री गरिएको सेयर खरिद गर्ने सेयरधनीहरु समूह क को उपसमूह क–२ अन्तर्गतको अन्य संस्थापक उप–समूहमा रहनेछन् । उक्त सेयर बाँडफाँड भई नेप्सेमा सूचीकरण भएपश्चात ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न योग्य हुने कम्पनीले जनाएको छ ।

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ। यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

बैंकले बिक्रीमा कती सेयर राखेको हो त्यो भने खुलाएको छैन ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

उक्त मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

लुम्बिनी विकास बैंकको ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न मिल्ने

लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ४३ हजार २९९ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि आम सर्वसाधारण वा जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यसअघि उक्त सेयर गत असार १६ गते ३५ दिने सूचना जारी गरी बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो । तर उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सेयर बजारमा देखिएको बुलिस ट्रेन्ड चलखेलको कारण आएको हुनसक्छ : पूर्वअर्थमन्त्री महत

सोमबार प्रतिनिधिसभामा बोल्दै नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई स्वाभाबिक र सहज रुपमा लिन सक्ने अवस्था नरहेको बताएका छन्।

कुनैपनि संस्थाको नाफा तथा बिजनेस विस्तारविना नै बजार मूल्य डबर ट्रिपल भएको भन्दै उनले सेयर बजार केही चलखेल गर्ने लगानीकर्ताले म्यानुपुलेसन गर्ने प्रशस्त सम्भावना देखिएकोले यसप्रति सरकारको ध्यान जानुपर्ने उनको सुझाव छ।

कतिपय संस्थाको भाउ अस्वभाविक रुपमा बढिरहेको र केही व्यक्तिले कम्पनीको सूचनामा पहुँच राखेर त्यसको दुरुपयोग गर्ने गरेको बताए।

मौद्रिक नीति कहिले चाहिनेभन्दा लचक, कहिले चाहिनेभन्दा कसिलो आउने गरेकाले समस्या आएको पनि उनको भनाइ थियो ।

जसका कारण आम लगानीकर्ता त्यसमा फस्ने परिस्थिति हुन सक्ने भएकाले सेयर बजारमा अस्वभाविक मूल्य बढेका कम्पनीमा गम्भीर रुपमा ध्यान दिनुपर्ने उनले बताए ।

श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ ।
कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गतेका लागी विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा नक्सालमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बिहान १०.३० बजे आयोजना हुनेछ ।

सभामा सर्वसाधारणलाई जारी गर्ने भनि छुट्टाइएको सेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता २६.५०%

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको लाभांश क्षमता २६.५० प्रतिशत रहेको देखिन्छ ।

बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४९ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा ५ अर्ब १५ करोड खूद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष ५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिका लागि बैंकको खूद नाफा ३ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६ करोडले कम हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३५.०९ रुपैयाँ, पीई अनुपात १७.१६ गुणा, प्रतिसेयर नेटवर्थ २१८.०४ रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब बढी निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप घटे पनि लोन भने बढेको देखिएको छ ।

बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्जको रुपमा २१ करोड ६१ लाख छुट्याएको छ । अघिल्लो वर्ष यस्तो चार्ज ५९ करोड ८२ लाख रुपैयाँ छुट्याउनु परेको थियो । इम्पेयरमेन्ट चार्ज घटेका कारण समेत बैंकको नाफा विषम परिस्थितिमा पनि राम्रो आएको र निकै राम्रो लाभांश क्षमता बनाएको देखिन्छ ।

अघिल्लो वर्षको यही अवधिमा १.१८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २.१४ प्रतिशत पुगेको छ ।

समाज लघुवित्तको नाफा ३२.३४% ले घट्यो

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ३२.३४ प्रतिशतले कमी आएको छ । संस्थाले गत आव २०८०÷८१ को चौथौ त्रैमाससम्ममा ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा भने संस्थाले ७५ लाख ८२ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ । संस्थाको अन्य सञ्चालन आम्दानी ६० लाख २२ हजार रुपैयाँबराबर रहेको छ ।

यस्तै संस्थाको सञ्चालन मुनाफा २ करोड ३० लाख रुपैयाँ रहेको छ ।

संस्थाको निक्षेप संकलन १४ करोड ४६ लाख रुपैयाँबाट बढेर १६ करोड ५ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्जा प्रवाह पनि ३९ करोड ९९ लाख रुपैयाँबाट बढाएर ४४ करोड २७ लाख रुपैयाँ पुर्याएको छ ।

संस्थाले रिजर्भको आकार भने ३०७९ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ लाख ३४ हजार रुपैयाँ रहेको रिजर्भको आकार २ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ४.८२ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २२.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२९.९६ रुपैयाँ र तरलता अनुपात ३.६७ प्रतिशत कायम भएको छ ।