Home Blog Page 129

मोलुङ हाईड्रोपावरको रिटेन्ड अर्निङ १८.४१ करोडले ऋणात्मक, ७७.४२ लाख घाटा,

मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ७७ लाख ४२ हजार घाटा खाएको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड १४ लाख रुपैयाँ घटामा थियो ।

अघिल्लो आवको समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ३ करोड १४ लाख कमाएको थियो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ८३ लाख कमाएको छ । कर्मचारी खर्च ३० लाख २२ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक खर्च १६ लाख ३६ हजार रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ४१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ६१ लाख र कुल चालु दायित्व १ करोड रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.९६ रुपैयाँले ऋणात्मक ,प्रतिसेयर नेटवर्थ ७७.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२४.९६ गुणा ऋणात्मक कायम भएको छ ।

नेपाल लाइफको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी अन्जन भण्डारीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित मितिभित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेलन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

अपर स्याङ्गे हाईड्रोपावर १.७३ करोड घाटामा

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा १ करोड ७३ लाख २५ हजार रुपैयाँ खाएको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.९१ प्रतिशतले कमी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी ८ करोड ८ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५ करोड ८९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको ३ करोड १० लाख रुपैयाँको तुलनामा ८९.५२ प्रतिशतले धेरै हो । कम्पनीको कर्मचारी खर्च ६७ लाख ५० हजार रुपैयाँ र साधारण तथा प्रशासनिक खर्च ६० लाख ५९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भको आकार ९ करोड १४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ३ करोड ७३ लाख र कुल चालु सम्पत्ति ५ करोड ९१ लाख रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.८८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ५८.४१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४१.६३ रुपैयाँ र तरलता अनुपात ६३.११ प्रतिशत कायम भएको छ ।

सुनको मूल्य बढ्यो

0

आज सुनको मूल्य ०.२५ प्रतिशत अर्थात प्रतिऔंस ६.०१ डलरले बढेको छ ।

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३९०.४६ डलरमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.११ प्रतिशत अर्थात प्रतिऔंस ०.०३ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस २६.८८ डलरमा कारोबार भईरहेको छ ।

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजन

0

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजना भएको छ । नेप्सेले नेशनल लाइफको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७०५.७७ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३४ रुपैयाँ कायम थियो ।

त्यस्तै सूर्योदय वोमी लघुवित्तको पनि १४.००५१४३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०१३.११ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ११५५ रुपैयाँ कायम थियो ।

आजदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ ।

२५.५४ लाख कित्ता सर्वोत्तम सिमेन्टको सेयरको लक इन अवधि भदौमा समाप्त हुदै

सर्वोत्तम सिमेन्ट लिमिटेडको लक इन अवधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुने १ लाख ५४ हजार २२७ कित्ता सेयर र योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको २४ लाख कित्ता गरी कुल २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लक इन अवधि भदौ २५ गतेपश्चात सकिने भएको हो ।

कम्पनीले आईपीओ बाँडफाँड गरेको भदौ २५ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ ।

साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोष र संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको सेयर रोक्का रहने प्रावधान रहेको छ । यसर्थ भदौ २५ गते उक्त सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको थियो । यस्तै कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न छुट्टाएको सेयरमध्येको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो ।

१.०६ लाख कित्ता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को व्यहोरा खुलाउनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनको अधिनमा रहि अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

जानकी फाइनान्सको बित्तिय अवस्था दयनिय : खराब कर्जा ३७.१३%, नेटवर्थ रु. ५७.८६

कुल ६९ करोड चुक्तापूँजी रहेको जानकी फाइनान्सले आर्थिक वर्ष २०८०-८१ मा १३ करोड ७१ लाख बढी खूद घाटा खाएको छ ।

कम्पनिको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८७ पैसाले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यही अवधिमा इपीएस ६० पैसाले धनात्मक थियो ।

अघिल्लो वर्षको यही अवधिसम्म कम्पनी ४१ लाख ४८ हजार रुपैयाँले नाफामा थियो । तर, खराब कर्जामा अचाक्ली बढोत्तरी भएको कारण कम्पनी चरम घाटामा देखिएको हो ।

अघिल्लो वर्ष ५९ लाख २५ हजारले धनात्मक रहेको खूद सञ्चालन मुनाफा यो वर्ष घटेर १३ करोड ७१ लाखले नै ऋणात्मक रहेको छ ।

अघिल्लो वर्ष १६ करोडको हाराहारीमा रहेको खूद ब्याज आम्दानी घटेर ११ करोड ३० लाखमा सीमित भएको छ ।

अघिल्लो वर्ष १८.६५ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर २०८०–८१ को चौथो त्रैमाससम्ममा ३७.१३ प्रतिशत पुगेको छ ।

कम्पनीको खूद नाफा कुल आम्दानी प्रतिशत २७.५७ प्रतिशतले नेगेटिभ, मूल्य आम्दानी अनुपात ३७.३८ गुणाले नेगेटिभ, प्रतिसेयर नेटवर्थ घटेर ५७.८६ रुपैयाँ देखिएको छ ।

यो कम्पनीको दोश्रो बजारमा सेयरमूल्य चाहिँ प्रतिकित्ता ७४४ रुपैयाँ पुगेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२ करोड ५० लाख रकम बराबरको रु.१०० अंकित दरका कूल २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो ।

आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले साउन २१ गते क्यापिटलसँग उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई नेपाल माइक्रो इन्स्योरेन्सले २०७९ चैत २७ गते निर्जीवन लघु बीमाको इजाजतपत्रप्राप्त गरेको थियो । कम्पनीले लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८० वैशाख २६ गतेदेखि लघु निर्जीवनबीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

प्रोग्रेशिभ फाइनान्सको वितरणयोग्य मुनाफा ६१.६९ करोडले ऋणात्मक

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सार्वजनिक गरेको गत आव २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार चौथो त्रैमाससम्ममा ३ करोड ८० लाख रुपैयाँ घाटा खाएको छ । यो घाटा अघिल्लो आवको तुलनामा ८६.८९ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले २९ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको थियो

कम्पनीले चौथो त्रैमाससम्ममा १५ करोड २० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा ९.४२ प्रतिशतले कम हो ।

कम्पनीले यो अवधिमा ८ लाख ६० हजार रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आर्ज गरेको छ । यस्तै कम्पनीले ५ करोड २३ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ । कम्पनीको खुद सञ्चालन आम्दानी १८ करोड ५७ लाख र सञ्चालन खर्च २२ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ६१ करोड ६९ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार १५ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । अघिल्लो आवमा ४ अर्ब ९२ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले ६ अर्ब ३० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । यस्तै कर्जा प्रवाह पनि ३ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा ६१ करोड ६९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । अघिल्लो आवमा ९.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात भने घटेर ६.६७ प्रतिशतमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.४९ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ४५.३३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९४.८९ गुणा ऋणात्मक र तरलता अनुपात ३२.९० प्रतिशत छ ।