Home Blog Page 128

सन नेपाल लाइफको खुद नाफा २६.५३% ले घट्यो

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २६.५३ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको खुद बीमाशुल्क आम्दानी भने १५.७८ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ८४ करोड ९५ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट १ करोड ६८ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड ९४ लाख २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीले २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १०.५९ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ थियो।

कम्पनीको कुल खर्च समीक्षा अवधिसम्म ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवसम्म कम्पनीको कुल खर्च ३ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड ७ लाख रुपैयाँबराबर रहेको छ । रिटेन्ड अर्निङका रुपमा ५० करोड २० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै अघिल्लो आवको चौथो त्रैमाससम्म ३४.९४ रुपैयाँ रहेको ईपीएस घटेर १४.५१ रुपैयाँ भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.८७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५६.०२ रुपैयाँ र पीई अनुपात ३५.२३ गुणा कायम भएको छ ।

एनआरएन इन्फ्रास्टक्चरको आम्दानी ३२.९६ प्रतिशतले घट्यो, नाफा ४७४% ले बढ्यो

0

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडले आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्ममा ६ करोड ७६ लाख खूद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७४ प्रतिशतले वढी हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खूद नाफा १ करोड १७ लाख रहेको थियो ।

कम्पनीको रिटेन्ड अर्निङ अघिल्लो वर्षको चौथो त्रैमाससम्म ५ करोड ३५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ११ करोड ६० लाख पुगेको हो ।

इन्भेष्टमेन्ट रिभ्यालुएसन रिजर्भको आकार २९ करोड ४४ लाख रुपैयाँबाट बढेर ६० करोड ५३ लाखको उचाईमा पुगेको छ।

आम्दानी घटेपनि वित्तीय सम्पत्तिको फेयर भ्यालु परिवर्तनबाट खुद नाफा बढेको देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन नाफा ७ करोड ४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष २ करोड १६ लाखले ऋणात्मक थियो ।

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.९७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३५.२७ गुणा, प्रतिसेयर सम्पत्तिको मूल्य १७७.९७ रुपैयाँ कायम भएको छ ।

३२.१६ लाख कित्ता तेह्रथुम पावरको सेयरको लक इन अवधि आज समाप्त हुँदै

0

तेह्रथुम पावर कम्पनी लिमिटेडको लक इन अवधि आज सकिन लागेको छ । कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुने भएको हो ।

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २८ लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको ४ लाख कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको १६ हजार कित्ता गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनिले आईपीओ २०७८ भदौ २५ गते बाँडफाँड गरिएको थियो । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था रहेको छ ।

शिवम् सिमेन्टको नाफा ५७.९३% ले घट्यो , ईपीएस ४.९८ रुपैयाँ

0

शिवम् सिमेन्ट लिमिटेडको खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको असार मसान्तसम्म २५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । कम्पनीले सिमेन्ट बिक्रीबाट ७ अर्ब ७० करोड रुपैयाँ कमाएको छ । यो रकम अघिल्लो आवको ७ अर्ब ७५ करोड रुपैयाँको तुलनामा ०.५८ प्रतिशतले कम हो ।

कम्पनीको अन्य आम्दानी अघिल्लो आवको तुलनामा ४५.४१ प्रतिशतले घटेर १९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै अघिल्लो आवसम्म ९९ करोड ८१ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले गत आवसम्म ९५ करोड ६३ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।

कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै अन्य रिजर्भका लागि ३ अर्ब ५१ करोड रुपैयाँ राखिएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूूल्य २३७.८९ रुपैयाँ र तरलता अनुपात १.५६ गुणा कायम भएको छ ।

सेयर बजारमा फन्डा , बढाउने र घटाउनेको खेल

दुई ठुला दलको समिकरण र बिष्णु पौडेल अर्थमन्त्री भएयता सेयर बजार लगातार जस्तो बढीरहेको छ । बिष्णु पौडेललाई लगानिकर्ताहरु सेयरबजार मैत्री अर्थमन्त्रीका रुपमा लिने गर्छन् । वास्तविकता पनि त्यस्तै छ बिष्णु पौडेल अर्थमन्त्री भएको बेला बजारले अल टाइम हाइ बनाएको इतिहास छ ।
अहिले पनि अर्थमन्त्रिको रुपमा बिष्णु पौडेल छन र बजार बढीरहेको छ । बढेको बजारमा कसैले नाफा बुक गरिसके त कसैले गर्न बाँकी छ भने कसैले भर्खर किन्दैछन ।

यस्तो अवस्थामा सबैले बजारमा बिभिन्न उपाय लगाइरहेका छन । केही समुह बजार घटाउन लागेका छन भने केही समुह बजार बढाउन लागिपरेका छन । यहाँसम्मकी श्रोतको हवाला दिदै मान्छे लखेट्ने सम्मका कुरा अाईरहेका छन तर निकट श्रोतको अनुसार त्यो प्रमको भनाइ होइन । पुजी बजारको बिकास गर्नु पर्छ , उत्साहलाई कायम राखौ भनेको भएपनी मान्छेनै लखेट्ने कुरा प्रमको होइन । बजार बिरोधिको बिरोध गर्नुस्सम्म भनेको हुनुपर्छ, मान्छे लखेट्नुस् भन्ने भाषा प्रधानमन्त्रिको हुन सक्दैन श्रोतले भन्यो ।

बजारका एक जानकार भन्छन- बजार जसरी बढेको छ त्यसरी नै घट्छ अनी जसरी घटेको छ त्यसरी नै बढ्छ पनि, बजार घटबढ हुनु बजारको सुन्दरता हो । घटेको बजारमा किन्न नपाएकाहरुले किन्न पाउनेछन अनी फेरी बजारले उडान भर्छ । त्यसैले किन्ने र बेच्ने बेला ध्यान दिनुपर्छ अरुको कुरा सुन्नुभन्दा पनि आँफैले अध्ययन गरेर लगानी गर्नु उचित हुन्छ ।

अर्का एक लगानीकर्ता भने राज्य नै सकारात्मक भएकाले बजार निकै माथिसम्म जाने अनुमान लगाउछन ।

ठगी धन्दा चलाउदै सुमित झा, एप बनाउने भन्दै ठगी गर्दै – प्रहरीले खोज्दै

0

बलवा ०३ , महोत्तरी स्थायी घर भएका सुमित कुमार झाले फेसबूकमा बिज्ञापन चलाई आफु एप डेभलपर रहेको भन्दै विश्वासमा पारी ठगी गर्ने गरेको पाईएको छ । निज सुमित कुमार झाले आफु डेभलपर भएको भन्दै बिभिन्न खाले एप बनाइदिने भन्दै क्लाइन्टलाई फकाएर बिभिन्न बहाना बनाइ पैसा ठगी गर्ने गरेका छन ।

निजले एक प्याट्रन बनाएर ठगी गर्ने गरेका छन । निजले फेसबूकमा बिज्ञापन ” द आर्ट अफ सुमित ” लगायत पेज बाट चलाउने र उक्त एड वेब्साइट र एप बनाउन आवश्यक ब्यक्तीकोमा पुगेर त्यसमा कमेन्ट गरेर त्यसका बारेमा सोधेपछी निजले ति ब्यक्तीलाई फलो गरी विश्वाशमा पारी एप बनाइदिने भन्दै पैसा लिएर काम नगरि संपर्कबिहिन हुने गरेका छन । निजले क्लाइन्ट ( ग्राहक) सङ्ग आफुलाई पैसाको धेरै आवश्यक परेको र काम हुँदै गरेको जसरी पनि काम गरिदिने भन्दै विश्वाशमा पारी पटकपटक पैसा लिएर काम पनि नगर्ने र संपर्कबिहिन हुने गरेका छन ।

निजका बिरुद्द प्रहरिमा ठगीको निबेदन परेको छ । प्रहरी निजलाई खोजिरहेको छ तर हालसम्म फरार रहेका छन । प्रहरीले उनको मोबाइलमा संपर्क गर्दा पनि उनले प्रहरिलाई समेत ढाट्ने गरेका छन । उनलाई प्रहरिले पटक पटक संपर्क गर्दा कहिले कार्यालयमा अाईपुग्न लागेको भन्ने त कहिले आफु बाटोमा आउँदै गरेको र ट्राफिक जाममा परेको केही समयमै आईपुग्ने भन्दै ढाटिरहेका छन त कहिले सिकिस्त बिरामी परेकोले आफु हस्पिटलमा रहेको बताउने गरेका छन तर प्रहरी कार्यालयमा उपस्थित भने भएका छैनन । जिल्ला प्रहरी कार्यलय काठमाडौंमा ठगीको निबेदन परेपछी उनले यस्तै बहाना बनाउदै आएका छन ।

उनले क्लाईन्ट ( ग्राहक) लाई विश्वाशमा पार्न रिपोर्टस क्लबमा आफु गएको फोटो देखाउने देखि लिएर अनलाइन पोर्टलका समाचारसम्म देखाउने गरेका छन ।

यसरी उनको ठगीमा परेका एकजना ग्राहक भन्छन काम गरिदिन्छु भनेर पैसा लगेर काम पनि नगरेको र पैसा पनि फिर्ता नगरेको भन्दै सुमित कुमार झा जस्ता ठगबाट जोगिनुपर्ने र आफै सचेत हुनुपर्ने बताउछन । उनको भनाइमा चोरिको एप देखाएर एप बनाउदै गरेको जस्तै देखाएर ग्राहकलाई उनले विश्वाशमा पार्ने गरेका छन ।

फाइनान्स कम्पनीहरुमध्ये ४ वटाले मात्र लाभांश बाड्न सक्ने, कुन कम्पनिको अवस्था कस्तो हेर्नुस्

गत आर्थिक वर्षमा १४ फाइनान्स कम्पनीमध्ये १० वटा नाफामा गएको देखिएको छ । तर ४ वटा कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्न सक्ने स्थितिमा रहेको देखिएको छ ।

यि कम्पनिहरुको खराब कर्जा बढेको देखिएको छ । खराब कर्जा बढेको कारणले कम्पनिहरुको बित्तिय अवस्थामा असर परेको देखिएको छ । फाइनान्स कम्पनीहरुको औसत खराब कर्जा ८.५२ प्रतिशत रहेको देखिएको छ। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने नेपाल राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने फाइनान्स कम्पनीहरुलाई सिघ्र सुधारात्मक कारवाही गर्छ।

फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै अर्थात २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाउदा गुडविल फाइनान्सले १४ करोड ८४ लाख रुपैयाँ त्यस्तै आइसिएफसि फाइनान्सले ११ करोड ८६ लाख नाफा कमाएको देखिएको छ।

त्यसैगरी जानकी फाइनान्सले सबैभन्दा धेरै १३ करोड ७१ लाख रुपैयाँ घाटा खाएको देखिएको छ भने पोखरा फाइनान्स १० करोड ६४ लाख, सेन्ट्रल फाइनान्स ६ करोड ३८ लाख र प्रोगेसिभ फाइनान्स ३ करोड ८० लाख रुपैयाँ घाटा खाएको देखिएो छ।

फाइनान्स कम्पनीहरुमध्ये ४ वटा फाइनान्स कम्पनीहरुले मात्रै शेयरधनीलाई लाभांश बाड्न सक्ने अवस्थामा रहेका छन । ८ वटा फाइनान्सको वितरणयोग्य नाफा नै नकारात्मक रहेको छ ।

फाइनान्स कम्पनिहरुमध्ये बेष्ट फाइनान्सले ०.०६ प्रतिशत , श्री इन्भेष्टमेन्ट फाइनान्सले २.४३ प्रतिशत, मल्टिपर्पस र आइसिएफसि फाइनान्सले ३ प्रतिशत, मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै ७.३५ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको छ। यो क्षमता लगानिकर्ताले अपेक्षा गर्नेभन्दा निकै कम लाभाम्स क्षमता हो ।

Amount in thousands

प्रम ओलीको चाहना सेयर बजारलाई छिट्टै अलटाइम हाइ बनाउने , साम्सदको प्रश्न बिना कारण सेयर बजार कसरी बढयो ?

0

सेयर बजार केही समययता लगातार बढीरहेको छ । एमाले काङ्ग्रेसको समिकरणबाट दुई ठुला दलको सरकार बनेपछी दिनहु जस्तै बजार बढीरहेको छ ।
सेयर बजारका लगानिकर्ताको एमाले सरकार खासगरी एमाले अर्थमन्त्री बिष्णु पौडेलप्रती सकारात्मक धारणा रहेको छ । बिष्णु पौडेल सेयरबजार प्रती चिरपरिचित नाम हो । उनी अर्थमन्त्री भएकै बेला सेयर बजारले अल टाइम हाइ बनाएकोले लगानिकर्ता उनीप्रती सकारात्मक रहदै आएका छन । लगानीकर्ताले अहिलेका अर्थमन्त्रीलाई सेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा लिने गरेका छन ।

यसै कारण यो पटक पनि बिष्णु पौडेल अर्थमन्त्री बनेपछी सेयर बजार लगातार झै बढीरहेको छ । यसै महोललाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलिले पनि सेयर बजारलाई सकारात्मक रुपमा लिदै आफु निकटका लगानिकर्तालाई सेयर बजारमा आएको उत्साहलाई कमी हुन नदिन निर्देशन दिएका छन । प्रधानमन्त्रीको चाहना यो सेयर बजारलाई अल टाइम हाइ बनाउनुपर्ने धारणा राखेको निकट श्रोतले जानकारी दिएको छ ।

केही साम्सदले लगातार सेयर बजारमाथी प्रहार गरेको प्रती आफु जानकार रहेको भन्दै उनले सेयर बजारको बिरोधीलाई चिन्नु पर्ने र त्यस्ता पात्रको बिरोध गर्नु पर्ने धारणा राखेका हुन । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद अमरेशकुमार सिंह लगायतले बजारविरोधी अभिब्यक्ती दिएको भन्दै उनले उनीहरु कोही कतैबाट परिचालित भएको आसन्का ब्यक्त गरेका छन ।

उनले आफु निकटलाई भनेका छन , तपाईंहरु लगानी लगानी बढाउनुस् र आफ्ना साथीभाइलाई समेत सेयर बजारमा लगानी थप्न सल्लाह दिनुस् । जे हुन्छ, जसरी हुन्छ बजारको उत्साह घट्न नघटोस , सरकारले गर्नुपर्ने नीतिगत सहजीकरण गरिरहनेछ – ओलिको कुरा उद्धृत गर्दै स्रोतले जनाएको छ ।

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद अमरेशकुमार सिंह लगायतले भने बजार बिनाकारण बढेको भन्दै यसको बिरोध गरिरहेका छन । सोझा लगानिकर्तालाई फसाउन चलखेल गरिएको भन्दै उनिहरु सम्सदमै बिरोधका आवाज उठाइरहेका छन । कम ईपियस भएका कम्पनी चलखेल गरेर बढाएको भन्दै नाम किटान गरेरै पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद अमरेशकुमार सिंह लगायतले बिरोध गरिरहेका छन ।

कालिका लघुवित्तको नाफा १३४% ले वढ्यो

0

कालिका लघुवित्तले नाफा बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवमा संस्थाले आर्जन गरेको २ करोड ६९ लाख रुपैयाँको तुलनामा १३४.०२ प्रतिशतले बढी हो ।

संस्थाको खुद ब्याज आम्दानी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यो रकम २५ करोड ३६ लाख रुपैयाँ थियो । संस्थाले ४ करोड ४३ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।

संस्थाको खुद सञ्चालन आम्दानी २४.७३ प्रतिशतले वढेर ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन खर्च २.१४ प्रतिशतले बढेर २३ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको रिटेन्ड अर्निङ १०१.२६ प्रतिशतले बढेर ६ करोड ६५ लाख रुपैयाँ र रिजर्भ १७.५९ प्रतिशतले बढेर २० करोड ४० लाख रुपैयाँ पुगेको छ ।

संस्थाको निक्षेप संकलन १ अर्ब ३५ करोड र कर्जा प्रवाह ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म संस्थाले खराब कर्जा अनुपात घटाएको छ । अघिल्लो आवसम्म ४.८५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.७९ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख र वार्षिक लाभांश क्षमता ९.२७ प्रतिशत रहेको छ ।

प्रतिसेयर आम्दानी १६.९५ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७२.७० रुपैयाँ,मूल्य आम्दानी अनुपात ७५.८१ गुणा,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १३३.३७ रुपैयाँ र तरलता अनुपात ८.९८ प्रतिशत रहेको छ ।

समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।
्
यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

उक्त समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।