Home Blog Page 125

सिवाईसी नेपाल लघुवित्तको नाफा ३ करोड ८० लाख

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेले गत आवको थौथो त्रैमाससम्म ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ७७ लाख ७ हजार मात्रै खुद नाफा कमाएको थियो ।

संस्थाले ३१ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २३.७२ प्रतिशतले धेरै हो । यो अवधिसम्म संस्थाले खुद शुल्क तथा कमिशनबापत ८ करोड २५ लाख आर्जन गरेको छ ।

संस्थाको खुद सञ्चालन आम्दानी ३७ करोड ९१ लाख रुपैयाँ , सञ्चालन मुनाफा ४ करोड ६४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको अन्त्यसम्म २७ करोड ९० लाख रहेको सञ्चालन खर्च १९.२४ प्रतिशतले बढेर ३३ करोड २७ लाख रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आवको अन्त्यसम्म ३२ करोड ४४ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेर ३२ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको निक्षेप संकलन २ अर्ब ४३ करोड रुपैयाँ हुँदा कर्जा प्रवाह पनि ५ अर्ब १७ करोड रुपैयाँबाट बढेर ५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

इम्पेयरमेन्ट चार्जका लागि २ करोड २१ लाख रुपैयाँ छुट्टाएको संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात २.९८ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात २.९६ प्रतिशतमा सीमित थियो ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १४.३० रुपैयाँमा रहेको छ ।

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २२२.६९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४६२.३६ रुपैयाँ,मूल्य आम्दानी अनुपात १०८.३८ गुणा र तरलता अनुपात ११.१६ प्रतिशत रहेको छ ।

नेपाल टेलिकमको नाफा घट्यो

नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म ६ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कमी हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म ४१ अर्ब ६१ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.३२ प्रतिशतले कम हो ।

कम्पनीको रिजर्भको आकार ७६ अर्ब ५७ करोड रुपैयाँबराबर रहेको छ । त्यस्तै कम्पनीको ईपीएस ४४ रुपैयाँबाट घटेर ३६.७७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५८.४६ रुपैयाँ र पीई अनुपात २२.९८ गुणा रहेको छ ।

चन्द्रागिरी हिल्सको आम्दानी १ अर्ब बढी, खुद नाफा २२ करोड ३३ लाख

0

चन्द्रागिरी हिल्स लिमिटेले गत आबको चौथो त्रैमाससम्म १ अर्ब १ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.४९ प्रतिशतले बढी हो ।

यस्तै कम्पनीले अन्य स्रोतबाट १ करोड १ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म २२ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९९.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको अन्त्यसम्म कम्पनीले ११ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

कम्पनीको कुल खर्च २९.३६ प्रतिशतले बढेर ३० करोड ७७ लाख रुपैयाँबराबर भएको छ ।

कम्पनीको रिजर्भको आकार ७ करोड ६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । १ अर्ब ९३ करोड रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति २९ करोड ८५ लाख र कुल चालु दायित्व १६ करोड २ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको ईपीएस ७.३० रुपैयाँबाट बढेर १४.५६ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३७.२५ रुपैयाँ र पीई रेसियो ६२.३६ गुणा रहेको छ ।

सोनापुर मिनरल्सको घाटा ४६.९२ करोड

0

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ४६ करोड ९२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो ।

कम्पनी चौथो त्रैमाससम्म १ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.२२ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले ६ लाख २१ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।

इन्धनको मुल्यमा भएको अत्याधिक वृद्धिको निरन्तरता, कोइलाको मूल्यमा वृद्धि, चर्को बैक व्याजदर, भौतिक विकास निर्माणमा बजेट खर्च कम हुनु, बजारमा प्रतिषपर्धा तथा विद्यमान आर्थिक मन्दिको कारण घरेलू खपत न्युन हुनु आदि कारणले उत्पादन लागत बढ्न गएको तर त्यसको तुलनामा उत्पादनले उचित बजार मुल्य पाउन नसकेका कारण कम्पनी घाटामा गएको कम्पनीले जनाएको छ । यस्तो परिप्रेक्षमा यसको सामना गर्न विद्यमान ग्राहकको संरक्षण गर्दै सम्भावित ग्राहक तथा ग्राहक क्षेत्रको पहिचान गरी त्यस क्षेत्रमा आफ्नो बजार बिस्तार गर्ने नीति लिईएको कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४६ लाख रुपैयाँले ऋणात्मक छ ।

कम्पनीको रिजर्भको आकार २९ करोड २१ लाख रुपैयाँ कायम भएको छ । यस्तै कम्पनीले सेक्युरिटी प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६३.२४,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९८.७८ रुपैयाँ र तरलता अनुपात १.०८ प्रतिशत रहेको छ ।

नेपाल रिपब्लिक मिडियाको नाफा ४० लाख ७७ हजार

0

नेपाल रिपब्लिक मिडिया लिमिटेडले गत अाबको चौथो त्रैमासम्म ४० लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको तुलनामा २८८.२३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म कम्पनीले १८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १६.३० प्रतिशतले कम हो । यस्तै कम्पनीले ८५ लाख ५२ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च ५ करोड ६० लाख, आईपीओ खर्च ३८ लाख र बिक्री तथा वितरण खर्च ,१ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ५० करोड ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा १६ करोड ९३ लाख र दीर्घकालिन कर्जा ११ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीको कुल चालु सम्पत्ति ६७ करोड २९ लाख र कुल चालु दायित्व ३२ करोड ९९ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८८.७७ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७.३९ रुपैयाँ र तरलता अनुपात २.०४ प्रतिशत रहेको छ ।

तारागाँउ रिजेन्सी होटल्सको खुद नाफा ५१ करोड ८२ लाख रुपैयाँ

तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले ५१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २८.१८ प्रतिशतले बढी हो ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ७३ करोड रुपैयाँबराबर आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो ।

त्यस्तै कम्पनीको सञ्चालन खर्च ७७ करोड ५९ लाख र प्रशासनिक खर्च २२ करोड ६३ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको रिजर्भ बढेर ९१ करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ५३ करोड र कुल चालु दायित्व १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २६.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १४६.६२, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२०.९६, पीई अनुपात ३०.५५ गुणा र तरलता अनुपात २ प्रतिशत रहेको छ ।

कुमारी बैंकको ७ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख ७ हजार ३१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

हाथवे इन्भेष्टमेन्टको नाफा ८ करोड ३९ लाख

0

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५०.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म कुल आम्दानी २५ करोड ९७ लाख रुपैयाँ गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६६.०४ प्रतिशतले बढी हो ।

त्यस्तै अघिल्लो आवको चौथो त्रैमाससम्म कुल खर्च ११ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिसम्म ८ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ २७ करोड २१ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ३४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७७.८६ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९८.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१०.४४ गुणा रहेको छ ।

बुटवल पावरको नाफा ४२.१७% ले घट्यो

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा १७ करोड ६४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ४२.१७ प्रतिशतले घटी हो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ६८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.१६ प्रतिशतले कम हो ।

कम्पनीको खुद आम्दानी भने २४ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीको अन्य आम्दानी १० करोड ३८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको साधारण खर्च ३० करोड २८ लाख, वितरण खर्च १३ करोड ४३ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च १३ करोड ४० लाख र वित्त खर्च १ करोड ३० लाख रुपैयाँ रहेको छ ।

यस कम्पनीको कुल चालु सम्पत्ति ७६ करोड ९ लाख र कुल चालु दायित्व १७ करोड १३ लाख रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५.१७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०६.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ ।

आइएमई लाइफको नाफा १४५% ले बढ्यो

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा १४५.०४ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा २० करोड ९९ लाख रुपैयाँ थियो ।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ९ लाख ,लगानी तथा कर्जा आम्दानी १ अर्ब ३१ करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी १ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ४ अर्ब ८५ करोडबाट बढेर ५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको खुद दाबी भुक्तानी ४ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले यो अवधिसम्म ५ अर्ब ३९ करोड रुपैयाँ कुल खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १६.२२ प्रतिशतले बढी हो । कम्पनीको महाविपत्ती कोषको आकार १७ करोड ७४ लाख र रिटेन्ड अर्निङ १ अर्ब २ करोड रुपैयाँबराबर रहेको छ ।

कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीको ईपीएस १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १४५.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५८.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.०२ गुणा रहेको छ ।