Home Blog Page 126

हिमालयन डिष्टिलरीको नाफा ४६.५५% ले घट्यो

0

हिमालयन डिष्टिलरीको नाफा ४६.५५ प्रतिशतले कमी आएको छ । कम्पनीले गत आव २०८०/८१ को चौथो त्रैमाससम्म ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ९७ करोड रुपैयाँबाट घटेर २ अर्ब ८ करोड रुपैयाँ भएको छ, जुन २९.९३ प्रतिशतले कमी हो । कम्पनीको कर्मचारी खर्च १८ करोड ६७ लाख,वित्त खर्च १३ लाख ७५ हजार, प्रशासनिक तथा अन्य खर्च १० करोड ४६ लाख र बिक्री तथा वितरण खर्च ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको सञ्चालन मुनाफा ५३ करोड ३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भ ६७ करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ६७ करोड र कुल चालु दायित्व २५ करोड ६० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२४.७२ रुपैयाँबाट घटेर १३.२१ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३८.०१ रुपैयाँबाट घटेर १२५.१० रुपैयाँ रहेको छ ।

घोराही सिमेन्ट १.२१ अर्ब घाटामा

0

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म खुद आम्दानी ३० करोड ५९ लाख रुपैयाँ गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.०५ प्रतिशतले घटी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ९८ करोड ८७ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ करोड ४५ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च ३३ करोड २ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ४५ करोड ६९ लाख र वित्त खर्च ७६ करोड १७ लाख रुपैयाँबराबर रहेको छ । यस्तै यस अवधिको युनिट १ को ब्याज खर्च सो युनिटले उत्पादन गरिसकेकाले आयकर ऐन बमोजिम ब्याज खर्चमा मात्र लेखांकन गरिएको साथै सो युनिटको ह्रास खर्चलाई नाफा/नोक्सानमा लेख्नुपर्ने प्रावधान रहेकाले जम्मा नोक्सानी बढ्न गएको कम्पनीले जनाएको छ ।

कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब १९ करोड रुपैयाँ रहेको छ । कम्पनीको अन्य रिजर्भ ७ करोड ९० लाख र सेयर प्रिमियम २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २६.६८रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ २०७.७३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५१२.१३ रुपैयाँ र तरलता अनुपात ०.८३ प्रतिशत रहेको छ ।

सगरमाथा जलविद्युतको नाफा ४ करोड ९९ लाख

0

सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २१.३५ प्रतिशतको कमी आएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद मुनाफा ६ करोड ३५ लाख रुपैयाँ थियो ।

यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २५ करोड १३ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको चौथौ त्रैमासको तुलननामा १.४६ प्रतिशतले कम हो । यो अवधिसम्म कम्पनीको रोयल्टी खर्च ५० लाख २६ हजार,आयोजना खर्च २ करोड ५४ लाख र प्रशासनिक खर्च ९८ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीको वित्त खर्च १० करोड ७७ लाख र ह्रासकट्टी खर्च ६ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीले १ करोड २८ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड रहेको छ । यो अवधिसम्म कम्पनीले रिटेन्ड अर्निङको आकार ७९.४८ प्रतिशतले बढेर १० करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०६.६४ रुपैयाँ, पीई रेसियो ८३.८० गुणा र तरलता अनुपात १.३३ प्रतिशत रहेको छ ।

नेपाल लाइफको नाफा ३०.८१% ले बढ्यो

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३०.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।


कम्पनीको खुद बीमाशुल्क आर्जन ९.८६ प्रतिशतले बढेको देखिएको छ । चौथो त्रैमाससम्म कम्पनीले ४० अर्ब ११ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनिले अन्य आय बापत १५ अर्ब २० करोड रुपैयाँ, अन्य प्रत्यक्ष आम्दानीबाट ४५ करोड ८७ लाख,बीमितलाई प्रदान गरिएको कर्जाबाट ३ अर्ब ३९ करोड र २ करोड १९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ४९ अर्ब ४६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ५५ अर्ब ३५ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ४९ अर्ब ६० करोड रुपैयाँ थियो।

कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ९ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीले रिटेन्ड अर्निङ कोषमा ५२ करोड ८४ लाख रुपैयाँ सञ्चित गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६९.८८ प्रतिशतले कम हो ।

कम्पनीको ईपियस ६.२६ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५९७ रुपैयाँ र पीई अनुपात ९८.८८ गुणा रहेको छ ।

एचआईडीसीएलको खुद नाफा १.४५ अर्ब

हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) ले गत आवको चौथौ त्रैमाससम्म १ अर्ब ४५ करोड खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथौ त्रैमाससम्म कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

कम्पनीको ग्राहकसँगको सम्झौताबाट हुने आम्दानी ३९४.४१ प्रतिशतले बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको वित्त आम्दानी २ अर्ब ८ करोड,लाभांश आम्दानी १ करोड ७ लाख र अन्य आम्दानी १ करोड ९३ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको कर्मचारी खर्च ५ करोड ९१ लाख, वित्त खर्च ७२ लाख ७२ हजार,सञ्चालन तथा प्रशासनिक खर्च १ करोड ६१ लाख ह्रासकट्टी खर्च १ करोड १२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति १५ अर्ब १ करोड र कुल चालु दायित्व ४४ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ३६.५९ प्रतिशतले बढेर ३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.९५ रुपैयाँ,पीई अनुपात २८.१८ गुणा र तरलता अनुपात ३३.५४ प्रतिशत रहेको छ ।

अपर तामाकोशी हाईड्रो २.६८ अर्ब घाटामा

0

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले आवको चौथो त्रैमाससम्ममा कम्पनीको अपरिस्क्रित वित्तीय विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो आवसम्म ४ अर्ब ९ करोड रुपैयाँ घाटामा रहेको कम्पनीले घाटा घटाएर २ अर्ब ६८ करोड रुपैयाँमा सीमित बनाएको छ । कम्पनीले विद्युत बिक्रीमार्फत चौथो त्रैमाससम्ममा ८ अर्ब ७५ करोड रुपैयाँबराबर आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीको कमाएको ८ अर्ब १० करोडको तुलनामा ७.९३ प्रतिशतले बढी हो ।

त्यस्तै अघिल्लो आवमा १ अर्ब १५ करोड रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको कम्पनीले गत आवसम्म भने ८१ करोड ५२ लाख खर्च गरेको छ ।

विभिन्न कारणले समग्र आयोजनाको लागत वृद्धि हुन गएकाले ह्रासकट्टी खर्च तथा ब्याज खर्च अत्यधिक बढेको छ । कम्पनीको ह्रासकट्टी खर्च ३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । यस्तै वित्त खर्च ६ अर्ब ६९ करोड रहेको छ ।

कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट हाल पूर्ण रुपमा विद्युतको व्यापारितक उत्पादन भईरहेको छ ।

चौथो त्रैमाससम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ९१ करोड ३७ लाख रुपैयाँ छु्ट्टाएको छ भने कम्पनीको रिटेन्ड अर्निङ १० अर्ब ४ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.६९ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ५६.८८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४०५.६१ रुपैयाँ र तरलता अनुपात १.७४ प्रतिशत रहेको छ ।

साविकको सानिमा लाइफको १.४३ करोड कित्ता सेयरको लक इन अवधि आज समाप्त हुने

0

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आज समाप्त हुने भएको छ ।

मर्जरमा गएको साविकको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ करोड ४० लाख कित्ता संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ३ लाख कित्ता गरी कुल १ करोड ४३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीले २०७८ साल साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ साउन ३० गते बाँडफाँड भएको थियो।

पञ्चकन्या माई हाईड्रोको खुद नाफा ३५.२४ लाख

पञ्चकन्या माई हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ३५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी १ करोड २५ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी ३.३३ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ३६ करोड २१ लाख रुपैयाँ कमाएको छ । कम्पनीको अन्य आम्दानी १५ लाख ८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल सञ्चालन खर्च ४ करोड ३० लाख र कुल प्रशासनिक र अन्य खर्च ३१ करोड ६९ लाख रुपेयाँ रहेको छ । १ अर्ब १० करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ १८ करोड २५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पानीको कुल चालु सम्पत्ति ९ करोड ९८ लाख र कुल चालु दायित्व १२ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.३२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८३.४१ रुपैयाँ,र तरलता अनुपात ०.८० प्रतिशत रहेको छ ।

एचआईडीसीएलको १.६८ करोड कित्ता सेयरमा आजदेखि आवेदन दिन सकिने

हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले १ करोड कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ०५० कित्ता सेयर लिलामीमातर्फ आजदेखी बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँ बानेश्वर,विर्तामोड,विराटनगर,जनकपुर,वीरगञ्ज,हेटौडा,चितवन,पोखरा,बुटवल,बाग्लुङ,नेपालगञ्ज,सुर्खेत,धोराही,धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति भदौ ६ गते रहेको छ ।

मातृभूमि लघुवित्तको नाफा ५८७% ले बढ्यो

0

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५८७.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड १६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २५.८७ प्रतिशतले बढेको देखिएको छ । चौथो त्रैमाससम्म संस्थाले ३० करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४१ करोड र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १० करोड ५८ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी ६२ करोड ८३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १० करोड ५८ लाख रुपैयाँ छ । संस्थाको रिजर्भमा ६३ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

चौथो त्रैमाससम्ममा ३ अर्ब ९६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ११ अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

यो अवधिमा संस्थाको खराब कर्जा अनुपात ९.८५ प्रतिशत पुगेको छ । संस्थाको ईपीएस २.३० रुपैयाँबाट बढेर १२.७१ रुपैयाँ कायम भएको देखिएको छ ।

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २१७.५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ६६.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८४.२० गुणा र तरलता अनुपात ८.७८ प्रतिशत रहेको छ ।