Home Blog Page 124

प्रम ओलीको चाहना सेयर बजारलाई छिट्टै अलटाइम हाइ बनाउने , साम्सदको प्रश्न बिना कारण सेयर बजार कसरी बढयो ?

0

सेयर बजार केही समययता लगातार बढीरहेको छ । एमाले काङ्ग्रेसको समिकरणबाट दुई ठुला दलको सरकार बनेपछी दिनहु जस्तै बजार बढीरहेको छ ।
सेयर बजारका लगानिकर्ताको एमाले सरकार खासगरी एमाले अर्थमन्त्री बिष्णु पौडेलप्रती सकारात्मक धारणा रहेको छ । बिष्णु पौडेल सेयरबजार प्रती चिरपरिचित नाम हो । उनी अर्थमन्त्री भएकै बेला सेयर बजारले अल टाइम हाइ बनाएकोले लगानिकर्ता उनीप्रती सकारात्मक रहदै आएका छन । लगानीकर्ताले अहिलेका अर्थमन्त्रीलाई सेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा लिने गरेका छन ।

यसै कारण यो पटक पनि बिष्णु पौडेल अर्थमन्त्री बनेपछी सेयर बजार लगातार झै बढीरहेको छ । यसै महोललाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलिले पनि सेयर बजारलाई सकारात्मक रुपमा लिदै आफु निकटका लगानिकर्तालाई सेयर बजारमा आएको उत्साहलाई कमी हुन नदिन निर्देशन दिएका छन । प्रधानमन्त्रीको चाहना यो सेयर बजारलाई अल टाइम हाइ बनाउनुपर्ने धारणा राखेको निकट श्रोतले जानकारी दिएको छ ।

केही साम्सदले लगातार सेयर बजारमाथी प्रहार गरेको प्रती आफु जानकार रहेको भन्दै उनले सेयर बजारको बिरोधीलाई चिन्नु पर्ने र त्यस्ता पात्रको बिरोध गर्नु पर्ने धारणा राखेका हुन । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद अमरेशकुमार सिंह लगायतले बजारविरोधी अभिब्यक्ती दिएको भन्दै उनले उनीहरु कोही कतैबाट परिचालित भएको आसन्का ब्यक्त गरेका छन ।

उनले आफु निकटलाई भनेका छन , तपाईंहरु लगानी लगानी बढाउनुस् र आफ्ना साथीभाइलाई समेत सेयर बजारमा लगानी थप्न सल्लाह दिनुस् । जे हुन्छ, जसरी हुन्छ बजारको उत्साह घट्न नघटोस , सरकारले गर्नुपर्ने नीतिगत सहजीकरण गरिरहनेछ – ओलिको कुरा उद्धृत गर्दै स्रोतले जनाएको छ ।

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद अमरेशकुमार सिंह लगायतले भने बजार बिनाकारण बढेको भन्दै यसको बिरोध गरिरहेका छन । सोझा लगानिकर्तालाई फसाउन चलखेल गरिएको भन्दै उनिहरु सम्सदमै बिरोधका आवाज उठाइरहेका छन । कम ईपियस भएका कम्पनी चलखेल गरेर बढाएको भन्दै नाम किटान गरेरै पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद अमरेशकुमार सिंह लगायतले बिरोध गरिरहेका छन ।

कालिका लघुवित्तको नाफा १३४% ले वढ्यो

0

कालिका लघुवित्तले नाफा बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवमा संस्थाले आर्जन गरेको २ करोड ६९ लाख रुपैयाँको तुलनामा १३४.०२ प्रतिशतले बढी हो ।

संस्थाको खुद ब्याज आम्दानी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यो रकम २५ करोड ३६ लाख रुपैयाँ थियो । संस्थाले ४ करोड ४३ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।

संस्थाको खुद सञ्चालन आम्दानी २४.७३ प्रतिशतले वढेर ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन खर्च २.१४ प्रतिशतले बढेर २३ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको रिटेन्ड अर्निङ १०१.२६ प्रतिशतले बढेर ६ करोड ६५ लाख रुपैयाँ र रिजर्भ १७.५९ प्रतिशतले बढेर २० करोड ४० लाख रुपैयाँ पुगेको छ ।

संस्थाको निक्षेप संकलन १ अर्ब ३५ करोड र कर्जा प्रवाह ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म संस्थाले खराब कर्जा अनुपात घटाएको छ । अघिल्लो आवसम्म ४.८५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.७९ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख र वार्षिक लाभांश क्षमता ९.२७ प्रतिशत रहेको छ ।

प्रतिसेयर आम्दानी १६.९५ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७२.७० रुपैयाँ,मूल्य आम्दानी अनुपात ७५.८१ गुणा,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १३३.३७ रुपैयाँ र तरलता अनुपात ८.९८ प्रतिशत रहेको छ ।

समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

उक्त समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

मोलुङ हाईड्रोपावरको रिटेन्ड अर्निङ १८.४१ करोडले ऋणात्मक, ७७.४२ लाख घाटा,

मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ७७ लाख ४२ हजार घाटा खाएको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड १४ लाख रुपैयाँ घटामा थियो ।

अघिल्लो आवको समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ३ करोड १४ लाख कमाएको थियो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ८३ लाख कमाएको छ । कर्मचारी खर्च ३० लाख २२ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक खर्च १६ लाख ३६ हजार रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ४१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ६१ लाख र कुल चालु दायित्व १ करोड रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.९६ रुपैयाँले ऋणात्मक ,प्रतिसेयर नेटवर्थ ७७.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२४.९६ गुणा ऋणात्मक कायम भएको छ ।

नेपाल लाइफको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी अन्जन भण्डारीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित मितिभित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेलन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

अपर स्याङ्गे हाईड्रोपावर १.७३ करोड घाटामा

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा १ करोड ७३ लाख २५ हजार रुपैयाँ खाएको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.९१ प्रतिशतले कमी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी ८ करोड ८ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५ करोड ८९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको ३ करोड १० लाख रुपैयाँको तुलनामा ८९.५२ प्रतिशतले धेरै हो । कम्पनीको कर्मचारी खर्च ६७ लाख ५० हजार रुपैयाँ र साधारण तथा प्रशासनिक खर्च ६० लाख ५९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भको आकार ९ करोड १४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ३ करोड ७३ लाख र कुल चालु सम्पत्ति ५ करोड ९१ लाख रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.८८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ५८.४१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४१.६३ रुपैयाँ र तरलता अनुपात ६३.११ प्रतिशत कायम भएको छ ।

सुनको मूल्य बढ्यो

0

आज सुनको मूल्य ०.२५ प्रतिशत अर्थात प्रतिऔंस ६.०१ डलरले बढेको छ ।

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३९०.४६ डलरमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.११ प्रतिशत अर्थात प्रतिऔंस ०.०३ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस २६.८८ डलरमा कारोबार भईरहेको छ ।

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजन

0

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजना भएको छ । नेप्सेले नेशनल लाइफको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७०५.७७ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३४ रुपैयाँ कायम थियो ।

त्यस्तै सूर्योदय वोमी लघुवित्तको पनि १४.००५१४३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०१३.११ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ११५५ रुपैयाँ कायम थियो ।

आजदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ ।

२५.५४ लाख कित्ता सर्वोत्तम सिमेन्टको सेयरको लक इन अवधि भदौमा समाप्त हुदै

सर्वोत्तम सिमेन्ट लिमिटेडको लक इन अवधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुने १ लाख ५४ हजार २२७ कित्ता सेयर र योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको २४ लाख कित्ता गरी कुल २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लक इन अवधि भदौ २५ गतेपश्चात सकिने भएको हो ।

कम्पनीले आईपीओ बाँडफाँड गरेको भदौ २५ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ ।

साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोष र संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको सेयर रोक्का रहने प्रावधान रहेको छ । यसर्थ भदौ २५ गते उक्त सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको थियो । यस्तै कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न छुट्टाएको सेयरमध्येको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो ।

१.०६ लाख कित्ता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को व्यहोरा खुलाउनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनको अधिनमा रहि अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।