Home Blog Page 123

७.०५ लाख कित्ता मानुषी लघुवित्तको सेयरको लक इन अवधि आज समाप्त हुने

0

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आज समाप्त हुदै छ। संस्थाको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि आजदेखि सकिन लागेको हो ।

संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

संस्थाले २०७८ साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ भदौ ७ गते बाँडफाँड गरिएको थियो ।

सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था भएबमोजिम उक्त सेयर लक इनमा राखिएको छ ।

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

छ अंकले बढ्यो नेप्से, ३ हजार विन्दुमाथी क्लोजिङ दिन सकेन

0

साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ६.०१ अंकले बढेर २ हजार ९७४.४६ विन्दु कायम भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ५३३.८६ विन्दुमा पुगेको छ । आज १९ अर्ब १६ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूह बढ्यो भने अन्य ६ वटा समूहमा भने घटेको छ । आज विकास बैंक समूह सबै भन्दा धेरै ४.५२ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ समूह ०.१७ प्रतिशत, वित्त १.२३,होटल १.३१,हाईड्रो ०.५५,जीवन बीमा ०.२८ र म्युचुअल फण्ड०.४९ प्रतिशतले बढेको छ ।

त्यस्तै लगानी समूह १.०८ प्रतिशत,उत्पादन तथा प्रशोधन ०.५६,लघुवित्त ०.०२,निर्जीवन बीमा १.१२ र अन्य समूह ०.३० प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । तारागाँउ रिजन्सी होटल,नारायणी डेभलपमेन्ट बैंक,ज्याति विकास बैंक,कर्पोरेट डेमलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य सर्वाधिक ३.७३ प्रतिशतले घटेको छ ।

सेयर बजारले ३ हजार माथी क्लोसिङ दिन सकिरहेको छैन । लगातार बढेको बजारमा लगानिकर्ताले नाफा बुक गर्दा साथै लगानिकर्ताहरु पर्ख र हेरको स्थितिमा रहदा बजारले ३ हजार माथी क्लोसिङ दिन सकिरहेको छैन ।

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

0

ग्लोबल आइएमई बैंक लमिटिेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लमिटिेडबचि साना तथा मझौला कर्जाको क्षेत्रमा वत्तिीय पहुँच र लगानी वस्तिार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवद्र्धन वभिागका प्रमुख चत्रिकुमार चालीसे तथा आध्यान्त फण्ड म्यानेजमेन्ट लमिटिेडका प्रमुख कार्यकारी अधकिृत सन्तोष थापाले हस्ताक्षर गर्नुभएको हो ।

आध्यान्त फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमीहरुको व्यापार वस्तिार तथा व्यावसायकि क्षमता अभविृद्व िगर्न प्रावधिकि सहायता तथा परामर्श लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक र आध्यान्तबचिको सहकार्यले उद्यमीहरुलाई वभिन्नि प्रकारका तालमि तथा वत्तिीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने वश्विास लइिएको छ ।

आध्यान्त फण्ड म्यानेजमेन्टको साना तथा मझौला क्षेत्रमा रहेको अनुभवलाई उपयोग गरी यस क्षेत्रका उद्यमीहरुको ब्यापार व्यवसाय वस्तिार र उद्यमशीलताको पहुँच वस्तिार गर्दै बैंकले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महत्वपूर्ण भूमकिा नर्विाह गर्नेछ ।

आफ्ना ग्राहकवर्गको सुवधिालाई मध्यनजर गरी बैंकले वभिन्नि कसिमिका समयसान्दर्भकि योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भति गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जल्लिामा शाखा सञ्जाल रहेको नजिी क्षेत्रको पहलिो वाणज्यि बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटएिम, २५५ शाखा रहति बैंकङ्गि सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशकि प्रतनिधि िकार्यालय समेत गरी १,१०० भन्दा बढ िसेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंक, सबैका लाग िबैंकङ्गि सेवा प्रदान गर्ने बैंक हो जसले वभिन्नि सेवा तथा सुवधिा सहतिका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी गर्दै आईरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरकिा, संयुक्त अधरिाज्य, क्यानडा, अष्ट्रेलयिा, मलेसयिा, दक्षणि कोरयिा, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमट्यिान्स भत्र्यिाउँदै देशको अर्थ-व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनी प्रा.लि. बीच समझदारी पत्रमा हस्ताक्षर

0

महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।


कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुणर् शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर (QR) कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।


“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । उल्लेखित कर्जाहरुमा आवेदन तल दिइएको क्युआर (QR) मार्फत समेत गर्न सकिनेछ ।

समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

0

समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

कम्पनीले पहिलोपटक गत असार २९ गते ३५ दिने सूचना जारी गर्दै ६४ हजार ९१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधीनीहरुबाट ४४ हजार ९१९ कित्ताका लागि खरिद आवेदन परेको थियो । बाँकी २० हजार कित्ता भने बिक्री भएको थिएन । उक्त बिक्री हुन बाँकी रहेको सेयर कम्पनीले आजदेखि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

एचआईडीसीएलको १.६८ करोड कित्ता सेयरमा खरिद गर्न पाउने अन्तिम दिन आज

0

हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को १ करोड कित्ता बढी संस्थापक सेयरमा खरिद गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले गत साउन २९ गतेदेखि बोलकबोल प्रक्रियामार्फत १ करोड ६८ लाख ५९ हजार ०५० कित्ता सेयर बिक्रीमा राखेको थियो ।
कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको उक्त सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरुमा संपर्क गर्न सक्नेछन ।

नेशनल फण्ड म्यानेजमेन्टले ११.७२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्दै

0

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ११ लाख कित्ता बढी संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आगामी भदौ १३ गतेदेखि ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्न लागेको हो ।

नेशनल फण्ड म्यानेजमेन्टको गत जेठ २५ गतेको विशेष साधारण सभाबाट पारित भई सञ्चालक समितिको निर्णय बमोजिम जेठ ३२ गतेसम्म कायम संस्थापक सेयरधनीहरुका लागि चुक्ता पूँजी ५४ करोडको २ः१ अर्थात ५० प्रतिशत ले हुन आउने प्रति शेयर अंकित मूल्य रु.५० दरको २७ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता हकप्रद सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त निष्काशित सम्पूर्ण सेयरको लागि आवेदन प्राप्त नभई बाँकी रहन गएको सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

सेयर खरिदका लागि हाल कायम संस्थापक सेयरधनी, योग्य व्यक्ति, संघ÷संस्था तथा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले भदौ २० गते बैंकिङ्ग समय भित्र धितोपत्र व्यवसायी सानिमा क्यापिटल लिमिटेड नक्सालमा आइपुग्ने गरी प्रतिकित्ता के कति दर रेटमा खरिद गर्ने हो उल्लेख गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५० रुपैयाँ र प्रिमियम थप ५० रुपैयाँ गरि कुल १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम २० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

नेशनल फण्ड म्यानेजमेन्ट आईपीओ निष्कासनको तयारीमा रहेको छ । कम्पनीले गत जेठ २५ गते विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको अजेण्डा पारित गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर

0

ष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ। यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहीँ भाद्र १ गतेदेखि कार्तिक मसान्तसम्म लागु हुने जनाएको छ।

आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ।

धेरै ईपिएस हुने पाच इन्सुरेन्स कम्पनिहरु

0

सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड
गत आबको चौथो त्रैमाससम्म लाइफ इन्सुरेन्स कम्पनी मध्ये सबैभन्दा धेरै ईपियस हुने कम्पनी सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनिको ईपीएस १४.५१ रहेको छ भने बुक भ्यालु १५४.०७ रहेको छ ।

आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड
लाइफ इन्सुरेन्स कम्पनी मध्ये दोश्रो सबैभन्दा धेरै ईपियस हुने कम्पनी आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनिको ईपीएस १०.२९ रहेको छ भने बुक भ्यालु १४२.०४ रहेको छ ।

एसियन लाईफ इन्सुरेन्स कम्पनी लिमिटेड
लाइफ इन्सुरेन्स कम्पनी मध्ये तेश्रो सबैभन्दा धेरै ईपियस हुने कम्पनी आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनिको ईपीएस ९.६६ रहेको छ भने बुक भ्यालु १०८.०५ रहेको छ ।

रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड
लाइफ इन्सुरेन्स कम्पनी मध्ये चौथो सबैभन्दा धेरै ईपियस हुने कम्पनी रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनिको ईपीएस ९.१८ रहेको छ भने बुक भ्यालु १५५.३२ रहेको छ ।

लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल
लाइफ इन्सुरेन्स कम्पनी मध्ये पाचौ सबैभन्दा धेरै ईपियस हुने कम्पनी लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल रहेको छ । यस कम्पनिको ईपीएस ८.९८ रहेको छ भने बुक भ्यालु २१२.७७ रहेको छ ।

Paid up capital, reserve in thousands .

बाराही हाईड्रोपावर १.८७ करोड घाटामा, रिजर्भ १०.७३ करोडले ऋणात्मक

0

बाराही हाईड्रोपावर पब्लिक लिमिटेड गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १ करोड ८७ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ६१ लाख र अन्य आम्दानी २५ हजार ३५७ सय रुपैयाँ कमाएको छ । यो अवधिसम्म कम्पनीले २७ लाख ११ हजार रुपैयाँ प्रशासनिक खर्च र ६४ लाख २३ हजार रुपैयाँबराबरको सञ्चालन खर्च गरेको छ ।

कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ छ भने रिजर्भको आकार १० करोड ७३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ५ करोड ६३ लाख र कुल चालु दायित्व ३ करोड ८१ लाख रुपैयाँ छ ।