Home Blog Page 122

पञ्चकन्या माई हाईड्रोको खुद नाफा ३५.२४ लाख

पञ्चकन्या माई हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ३५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी १ करोड २५ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी ३.३३ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ३६ करोड २१ लाख रुपैयाँ कमाएको छ । कम्पनीको अन्य आम्दानी १५ लाख ८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल सञ्चालन खर्च ४ करोड ३० लाख र कुल प्रशासनिक र अन्य खर्च ३१ करोड ६९ लाख रुपेयाँ रहेको छ । १ अर्ब १० करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ १८ करोड २५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पानीको कुल चालु सम्पत्ति ९ करोड ९८ लाख र कुल चालु दायित्व १२ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.३२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८३.४१ रुपैयाँ,र तरलता अनुपात ०.८० प्रतिशत रहेको छ ।

एचआईडीसीएलको १.६८ करोड कित्ता सेयरमा आजदेखि आवेदन दिन सकिने

हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले १ करोड कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ०५० कित्ता सेयर लिलामीमातर्फ आजदेखी बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँ बानेश्वर,विर्तामोड,विराटनगर,जनकपुर,वीरगञ्ज,हेटौडा,चितवन,पोखरा,बुटवल,बाग्लुङ,नेपालगञ्ज,सुर्खेत,धोराही,धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति भदौ ६ गते रहेको छ ।

मातृभूमि लघुवित्तको नाफा ५८७% ले बढ्यो

0

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५८७.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड १६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २५.८७ प्रतिशतले बढेको देखिएको छ । चौथो त्रैमाससम्म संस्थाले ३० करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४१ करोड र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १० करोड ५८ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी ६२ करोड ८३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १० करोड ५८ लाख रुपैयाँ छ । संस्थाको रिजर्भमा ६३ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

चौथो त्रैमाससम्ममा ३ अर्ब ९६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ११ अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

यो अवधिमा संस्थाको खराब कर्जा अनुपात ९.८५ प्रतिशत पुगेको छ । संस्थाको ईपीएस २.३० रुपैयाँबाट बढेर १२.७१ रुपैयाँ कायम भएको देखिएको छ ।

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २१७.५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ६६.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८४.२० गुणा र तरलता अनुपात ८.७८ प्रतिशत रहेको छ ।

समृद्धि फाइनान्सको खुद घाटा ९ करोड ५२ लाख बढी, इपीएस रु. ११.५७ ले ऋणात्मक

0

समृद्धि फाइनान्सले चौथो त्रैमाससम्मा ९ करोड ५२ लाख बढी खूद घाटा खाएको छ । यस्तो घाटा अघिल्लो वर्षको यही अवधिमा ७ करोड २६ लाख मात्र थियो ।

कम्पनिको प्रतिसेयर आम्दानी ११.५७ रुपैयाँले ऋणात्मक बनेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म ८ करोड ८६ लाख रहेको यस्तो घाटा अझ बढेर १२ करोड ३० लाख भन्दा बढी पुगेको छ ।

यो कम्पनीमा अघिल्लो वर्षसम्म ४.५९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २०.२३ प्रतिशत पुगेको छ ।

कुल ८१ करोड ८९ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको समीक्षा अवधिसम्मको वितरणयोग्य मनाुफा ५९ करोड ६६ लाखले ऋणात्मक बन्न पुगेको छ ।

यो फाइनान्सको दोश्रो बजार मूल्य प्रतिकित्ता ६६९ रुपैयाँ पुगेको छ ।

समग्र बित्तिय अवस्था हेर्दा यो कम्पनी संकटग्रस्त अवस्थामा रहेको देखिन्छ ।

साहज उर्जाको नाफा २८८.१४ प्रतिशतले बढ्यो, सञ्चित मुनाफा २.५६ अर्ब

0

साहस उर्जा लिमिटेडले नाफा २८८ प्रतिसतले बढाएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८८.१४ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३००.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीमाफर्त ६१ करोड ७ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको कुल आम्दानी १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रशासनिक खर्च १० करोड ७१ लाख रुपैयाँ र कुल वित्त खर्च १ अर्ब १६ करोड रहेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब २ करोड र कुल चालु दायित्व १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ३ अर्ब ५० करोडि रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिजर्भ र सञ्चित मुनाफा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७३.३३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८८.११ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४३.६६ गुणा र तरलता अनुपात ०.७३ प्रतिशत रहेको छ ।

महुली लघुवित्तको नाफा ५६.४७% ले बढ्यो

0

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आवको चौथो त्रैमाससम्म ५६.४७ प्रतिशतले बढी अर्थात ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाले २७ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ५.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले २५ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । संस्थाले ५ करोड १७ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आर्जेको छ ।

यो अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी भने १.७३ प्रतिशतले बढेर ३३ करोड ४९ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा ९ करोड ८७ लाख रुपैयाँबराबर रहेको छ ।

चौथो त्रैमाससम्म संस्थाले कर्मचारीका लागि १७ करोड १४ लाख र अन्य सञ्चालनका लागि ४ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ ।

समीक्षा अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ बढेको छ भने रिजर्भको आकार घटेको छ । रिटेन्ड अर्निङ १ करोड ६४ लाख रुपैयाँबाट बढेर ९ करोड ४ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार भने २६ करोड ६४ लाख रुपैयाँबाट घटेर २५ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ ।

संस्थाको वितरणयोग्य मुनाफा ९ करोड ४ लाख रुपैयाँ र लाभांश क्षमता २८.०७ प्रतिशत रहेको छ । चौथो त्रैमाससम्म १ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ६२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड २३ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.९४ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात घटेर ३.९४ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) पनि १३.७१ रुपैयाँबाट बढेर २१.४४ रुपैयाँ पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०८.४० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५४४.७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६३ गुणा र तरलता अनुपात १२.६९ प्रतिशत रहेको छ ।

गणपति लघुवित्तको नाफा ३ करोड

0

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ८६ लाख २१ हजार रुपैयाँ घाटामा रहेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी १३ करोड ३३ लाख रुपैयाँ रहेको छ । संस्थाको खुद सञ्चालन आम्दानी १६ करोड ४८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा ११ करोड ३० लाख रुपैयाँमा सीमित थियो । यस्तै संस्थाको सञ्चालन मुनाफा ४ करोड २७ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ९ करोड ५३ लाख र अन्य सञ्चालन खर्च २ रकोड ४० लाख रुपैयाँ रहेको छ ।

संस्थाको निक्षप संकलन ५८ करोड २१ लाख रुपैयाँबाट घटेर ४४ करोड २७ लाख रुपैयाँ रहेको छ ।

कर्जा प्रवाह पनि २ अर्ब २६ करोडबाट घटेर २ अर्ब ५ करोड रुपैयाँ रहेको छ । संस्थाको रिटेन्ड अर्निङ १५ लाख १४ हजार रुपैयाँ र रिजर्भ ८ करोड ८४ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५० लाख ४४ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्ममा ८.११ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात घटेर ४.७९ प्रतिशत भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १९.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.३७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९५.४२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १११.५९ गुणा र तरलता अनुपात ५.१७ प्रतिशत रहेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको नाफा र बीमाशुल्क आर्जन दुवै घट्यो

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।प्रकाशित विवरणअनुसार कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म आर्जन गरेको ५९ करोड ६२ लाख रुपैयाँको तुलनामा १३.४९ प्रतिशतले कम हो ।
समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.५७ प्रतिशतले कम हो ।

कम्पनीले लगानी तथा कर्जामार्फत १ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ भने अन्य आम्दानी ८ करोड ४ लाख रुपैयाँबराबरको गरेको छ । कम्पनीको कुल आम्दानी ९.०३ प्रतिशतले घट्दै ६ अर्ब ५३ करोड रहेको छ ।

कम्पनीले यो अवधिसम्म ३ अर्ब ६३ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ अर्ब ६७ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको कुल खर्च पनि ८.७४ प्रतिशतले घटेर ५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च ६ अर्ब ३५ करोड रुपैयाँ थियो । ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.०३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३.१२ रुपैयाँ र पिई अनुपात १९२.५५ गुणा रहेको छ ।

चिरख्वा हाईड्रोपावर ३८.६१ करोड घाटामा

0

चिरख्वा हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा ३८ लाख ६१ हजार रुपैयाँ खुद घाटा खाएको छ ।

कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड १३ लाख रुपैयाँ कमाएको छ । समिक्षा अबधिमा कम्पनीको कर्मचारी खर्च ९ लाख २२ हजार रुपैयाँ र प्रशासनिक खर्च २२ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल खर्च भने ८० लाख ५६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ७३ लाख २५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ८७ लाख र कुल चालु दायित्व १८ करोड ८८ लाख रुपेयाँ रहेको छ । चौथौ त्रैमाससम्म कम्पनीले ५५ करोड ५ लाख रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.९७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९८.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८३.०१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६२८.५४ गुणा ऋणात्मक र तरलता अनुपात ०.२६ प्रतिशत कायम भएको छ ।

सूर्यज्योति लाइफको नाफा १४६% ले बढ्यो

0

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४६.०३ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले ९ अर्ब १० करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ अर्ब १४ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

। अघिल्लो आवसम्म ७ अर्ब ४९ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १० अर्ब १ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ९ अर्ब ५६ करोडबाट बढेर १२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले लगानी तथा कर्जाबाट ३ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँबाट रिटेन्ड अर्निङ घटाएर ५६ करोड ९५ लाख रुपैयाँमा झारेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ३४ करोड ६८ लाख रुपैयाँबराबरको रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.५५ रुपैयाँबाट बढेर ८.७२ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.५६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८४७.८९ रुपैयाँ र पीई अनुपात ४९.२८ गुणा कायम भएको छ ।