Home Blog Page 121

लघुवित्तले ऋणिलाई ॠण तिर्ने अवधि ३ वर्षसम्म थप गर्न सक्ने

लघुवित्त वित्तीय संस्थाहरुले परिस्थितिजन्य कारणले कर्जालाई नियमित रुपमा तिर्न नसकेका ऋणिहरुलाई कर्जा पुनरतालिकीकरण र पुनरसंरचनाको सुबिधा दिन पाउने भएका छन , नेपाल राष्ट्रबैंकले यस्तो ब्यबस्था गरिदिएको हो ।

यसरी कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्दा कर्जा भुक्तानी अवधि बढीमा ३ वर्ष थप हुने गरी गर्न सकिने छुट लघुवित्त वित्तीय संस्थाहरुले पाएका हुन् ।

तर यसरी पुनरतालिकीकरण / पुनरसंरचना गरिएका कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, निष्किृय वर्गमा वर्गीकरण भइसकेका कर्जाहरुलाई पुनरसंरचना/पुनरतालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नुपर्नेछ । यसरी कायम गरिएको कर्जा नोक्सानी व्यवस्था लगातार एक वर्षसम्म कर्जा नियमित भएको अवस्थामाबाहेक कुनै समायोजन गर्न पाइने छैन ।

परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित तिर्न नसकेकालाई मात्र यस्तो सुविधा दिन पाउनेछन् । साथै नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार गरेर त्यस्ता ॠणीलाई भने यस्तो छुट दिन पाइने छैन ।

यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८१ पुस मसान्तभित्र गरिसक्नुपर्ने पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ। यस ब्यबस्थाले खराब कर्जा कम गर्न सहयोगी भुमिका खेल्नेछ ।

स्टार माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ निस्कासन गर्ने

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड आईपीओ निष्कासन गार्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने गरी प्रकृया अगाडि बढाएको हो ।

आईपीओ निष्कासन गर्नको लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । भदौ ९ गते गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यो स्टार माइक्रो इन्स्योरेन्स सन्चालनमा रहेको छ ।

सुनको मूल्य ७ डलरले घट्यो

0

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.३१ प्रतिशत अर्थात ७.७९ डलरले घटेको छ । हाल सुनको मूल्य प्रतिऔंस २ हजार ५०७ डलरमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीको मूल्य ०.०१ डलरले घटेर प्रतिऔंस २९.९ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

बित्तिय सस्थाको निक्षेप संकलन ६४.५२ खर्ब हुँदा कर्जा प्रवाह ५१ खर्ब ७४ अर्ब

बैंकिङ प्रणालीमा निक्षेप रकम ६४ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ ५ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ५२ अर्ब पुगेको हो ।

जम्मा निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ ।

भदौ ५ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २७ अर्ब रहेको छ ।

यो अवधिमा कर्जा प्रवाह बढेको देखिएको छ । भदौ ५ गतेसम्म ५१ खर्ब ७४ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ ।

सीडी रेसियो ७८.८० प्रतिशतबाट घटेर ७८.७८ प्रतिशत भएको छ । अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत छ ।

रिभर फल्स पावर घाटाबाट नाफातर्फ, कमायो ६.१६ करोड नाफा

0

रिभर फल्स पावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ६ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले विद्युत बिक्रीमातर्फत १८ करोड ३४ लाख रुपैयाँ आर्जन गर्दा अन्य आम्दानी १४ करोड ६५ लाख रुपैयाँबराबरको गरेको छ ।

यो अवधिसम्म कम्पनीको प्रशासनिक तथा सञ्चालन खर्च १ करोड ५६ लाख,वित्तीय खर्च १८ करोड ४४ लाख,ह्रासकट्टी खर्च ५ करोड ४३ लाख र प्रत्यक्ष खर्च १ करोड २९ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्म ६ करोड १५ लाख रुपैयाँले घाटामा रहेको कम्पनीको रिजर्भको आकार भने ९ लाख ९४ हजार रुपैयाँले धनात्मक अवस्थामा पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.८२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १००.१४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३७४.३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.८७ गुणा र तरलता अनुपात ०.५२ प्रतिशत छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत उडान कटौती हुने

0

आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान बाहिरी विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई परिपत्र गर्दै काठमाडौं बाहिर ४० प्रतिशत उडान गर्न परिपत्र गरेको हो ।

आगामी ११ असोजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे मर्मतका कारण विमानस्थल राती १० बजेदेखि विहान ८ बजेसम्म बन्द हुने छ । यो समयमा काठमाडौं विमानस्थलबाट हुने उडान ४० प्रतिशत उडान रिसेड्युल गर्नुपर्नेछ ।

उक्त समयमा पोखरा र भैरहवाबाट गर्न आग्रह गरिएको छ ।

हाल २१ घण्टासम्म सञ्चालन हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान १० घण्टासम्म बन्द गर्नुपर्ने भएको छ । यो भनेको हालको उडान संख्याको ६६ प्रतिशत काठमाडौंबाट हुन सक्छ भने ३३ प्रतिशत बाहिरबाटै गर्नुपर्न हुन्छ ।अब ११ असोजदेखि कम्तिमा ५ महिना काठमाडौंबाट हुने उडान अवतरणको लागि सम्बन्धित वायुसेवाले रिसेड्युल गर्नुपर्छ ।

ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। उक्त सेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समूहमा पर्ने बैंकले जनाएको छ ।

पहिलो महिनामै १.१६ खर्ब व्यापार घाटा

0

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा देशको व्यापार घाटा १ खर्ब बढी भएको छ । यस आवको साउनमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.३८ प्रतिशतले बढी हो ।

साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.६३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

प्रभु महालक्ष्मी लाइफले लाभांश घोषणा गर्‍यो, ७% हकप्रद सेयर निस्कासन गरिने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले चुक्ता पूँजीको १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले ७ प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ ।

बैठकले ७ प्रतिशत बरारबरको हकप्रद सेयर जारी गरी न्यूनतम चुक्तापूँजी कायम गर्न सकिने भएकोले सात प्रतिसत हकप्रद जारी गर्ने भएको हो ।

कम्पनिले नियमानुसर पुर्‍याउनुपर्ने चुक्ता पुजी पुर्याउन कम्पनीको २०८० पौष २९ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट अनुमोदन गराई नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजात सहित १७ प्रतिशत हकप्रद सेयर निष्काशनको लागि निवेदन पेश गरिएकोमा नेपाल धितोपत्र बोर्ड बाट हालसम्म स्वीकृती प्राप्त नभएकाले हकप्रद पुनरावलोकन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

सुनको मूल्य बढ्यो

0

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेर २५ सय डलरभन्दा बढी पुगेको छ ।

यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१२.१८ डलर पुगेको छ ।

यस्तै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य ०.७९ डलरले बढेर प्रतिऔंस २९.८३ डलर कायम भएको छ ।