Home Blog Page 120

१.९६ लाख कित्ता हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

बैंकहरुले नाडा अटो शोमा सवारी कर्जा सस्तो ब्याजदरमै दिदै , प्रतिष्पर्धा ब्याजदर कसको कती ?

९५ वटा प्रदर्शक तथा १३० वटा स्टल रहेको ‘नाडा अटो शो–२०२४’ अवलोकनकर्ताहरुले भरिभराउ हुन थालेको छ । अबलोकलन गर्दै अवलोकनकर्ताहरुले आफुलाई मनपर्ने सवारी खरिद गर्न बुकिङ पनि गर्न थालेका छन ।

भदौ ११ गतेदेखि काठमाण्डौको भृकुटिमण्डपमा चाडपर्व लक्षित ‘नाडा अटो शो’ को १६औं संस्करण सुरु भएको दुईदिनमै हजारौं अवलोकनकर्ताले अटो शो अवलोकन गरेको बताईएको छ ।

प्रदर्शीमा २–पाङ्ग्रे, ३ पाङ्ग्रे, ४–पाङ्ग्रे गाडी , कमर्सियल र वित्तीय संस्था लगायतले सहभागीता जनाएका छन ।

प्रदर्शनीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक स्किम ल्याएका छन । ग्राहकलाई उचित सुविधासहित अटो लोन प्रवाह गर्न सहभागी बैंकहरुमा प्रतिस्पर्धा देखिएको छ । बैंकहरुले सस्तो ब्याजदरमै अटो खरिद गर्न सक्ने ब्यबस्था मिलाउने प्रयत्न गरेका छन ।

प्रर्शनीमा कृषि विकास बैंक,महालक्ष्मी विकास बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतका बैंकले सहभागी जनाएका छन छन् । सबै बैंकले शोलाई लक्षित आकर्शक अफर ल्याएका छन् ।

कृषि विकास बैंक

कृषि विकास बैंकले ईभी गाडीलाई प्राथमिकतामा राख्दै सवारी कर्जा अफर सार्वजनिक गरेको छ , जसअनुसार प्राइभेट कार खरिदको गर्न चाहनेको लागि ८.९९ प्रतिशत फिक्स्ड ब्याजदर तोकिएको छ । जसमा फ्लोटिङ रेट ७.९९ प्रतिशत तोकिएको छ ।

साथै कमर्सियल भेहिकलमा बैंकले परिवर्तन नहुने गरी ८.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

लक्ष्मी सनराईज बैंक

लक्ष्मी सनराईज बैंकले इभी गाडी खरिदमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधासहित ७ वर्षको लागि ८.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

नाडा अटो शोमा इभी राखिएका गाडी खरिद गर्न चाहाने ग्राहकहरुको लागि बैंकले ३ दिनभित्रै कर्जा दिने ब्यबस्था मिलाएको छ । यो अफर भने मंसिर १५ गतेसम्म लागू हुनेछ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले विद्युतीय सवारी खरिद गर्नेलाई सवारी कर्जा ७।९९ प्रतिशत ब्याजदर तोकेको छ । यो ब्याजदर ५ वर्षभन्दा कम अवधिको कर्जाका लागि हो भ्ने ५ वर्षभन्दा बढी अवधिको लागि कर्जा लिदा ८.४९ प्रतिशत ब्याजदर तिर्नुपर्नेछ ।

त्यस्तै इन्धन गाडीको लागि ५ वर्ष अवधिका लागि ८.४९ प्रतिशत ब्याजदर तोकिएको छ भने ५ वर्ष भन्दा बढी अवधिका लागि भने ९.४९ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकले यो कर्जा ३ दिनमै प्रक्रिया पुर्याएर अटो लोन दिने ब्यबस्था मिलाएको छ ।

नबिल बैंक

यस बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने भएको छ । ७ वर्ष अवधिका लागि ८० प्रतिशतसम्म फाईनान्सिङ गर्नेछ ।

हिमालयन बैंक

हिमालयन बैंकले ग्राहकलाई ९।३६ ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको छ । बैंकका अनुसार विद्युतीय सवारी खरिदका लागि ९.३६ प्रतिशत ब्याजदर र इन्धन गाडीलाई ९.५१ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउनेछ ।

इभी गाडीका लागि २० प्रतिशत र साधारण गाडीका लागि ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने भनेको छ जसअनुसार ग्राहकहरुले विद्युतीय सवारी खरिदका लागि ८० प्रतिशतसम्म र इन्धन गाडीको लागि ५० प्रतिशत फाइनान्सिङ बैंकले गर्नेछ ।

सानिमा बैंक

यस बैंकका अनुसार विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने जनाएको छ । बैंकले निस्चित ब्याजदर ८.४९ प्रतिशतमा ७ वर्षसम्मका लागि ॠण दिने भएको छ ।

साथै इन्धन गाडी ५० प्रतिशतसम्म फाइनान्सिङ गर्ने छ । बैंकले ८.४९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि ॠण दिने जनाएको छ ।

बैंकले सात दिनमा यो कर्जा उपलब्ध गराउने भएको छ ।

माछापुच्छ्रे बैंक

यस बैंकले ६ वर्षसम्मका लागि विद्युतीय गाडीमा खरिदका लागि ग्राहकलाइ ७० प्रतिशत फाइनान्सिङ गर्ने भएको छ ।

त्यस्तै, इन्धनबाट गाडीमा ८ वर्षका लागि कर्जा लिँदा ५० प्रतिशत फाइनान्सिङ गर्ने जनाएको छ । बैंकले आधारदरमा ०.५ देखि १ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिनेछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय गाडी किन्दा आफ्नो बेस रेटमा १ प्रतिशत मात्र प्रिमियम जोडेर सवारी कर्जा दिने भएको छ ।

अरु इन्धन गाडीमा भने बैंकले बेस रेटमा २ प्रतिशत प्रिमियम चार्ज लिने जनाईएको छ । यस सवारी कर्जामा बैंकले जम्मा ०.२५ प्रतिशत सेवा शुल्क लिनेछ । साथै स्कीम दसैं, तिहार र छठसम्मै चल्ने छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमा सवारी कर्जा प्रदान गर्ने भएको छ ।

बैंकले दुई वर्षसम्मको लागि स्थिर र दुई वर्षपछि बेसरेटमा १ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर लिने जनाएको छ । बैंकले विद्युतीय सवारीका लागि पाँच वर्षको लागि ८० प्रतिशतसम्म र ईन्धन गाडीमा ५० प्रतिशतसम्मको फाइनान्स सुविधा दिने छ ।

कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल बीच सम्झौता

0

कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) बीच कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।


सम्झौता अनुशार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्‍याडिसन होटल बाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सम्बन्धि सेवामा २०%, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५% र केकहरुमा १०% छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियतदरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सेयर बजारबाट सरकारले एक महिनामा ४ अर्ब बढी राजश्व उठायो

0

सरकारले सेयर बजारबाट एक महिनामा ४ अर्र्ब २४ करोड राजश्व उठाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको थियो । यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतशितले बढी हो ।

अल्पकालिन लगानीकर्ताले नाफाको साढे ७ प्रतिशत र दीर्घकालिन लगानीकर्ताले ५ प्रतशित पूँजीगत कर तिर्नु पर्छ । संस्थागत लगानीकर्ताले भने हाल १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

0

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा काठमाण्डौको सोल्टी होटलम भएको छ ।

सबैका लागि शान्ति, समृद्धि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आइसीसीको मुख्य उद्देश्य रहेको छ ।

साधारणसभाबाट राजेश काजी श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल के.सि., इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा, रहेका छन् ।

यसैगरी, महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे पनि निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा भने क्रमशः ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिन बहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देश बन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह,विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपककुमार श्रेष्ठ तथा पोषक राज पौडेल निर्वाचित भएका छन् ।

जापानले नेपाल सरकारलाई ४२ करोड रुपैयाँबराबरको छात्रवृत्ति अनुदान दिने

0

जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ
।
यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र जापान सरकारकोतर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदान प्रदान पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धि युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्वविद्यालयहरूमा २ वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा ३ वर्षको विद्यावारिधी ९पीएचडी० तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्। सन् २०१६ देखि उपलब्ध हुँदै आएको यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत यसपूर्व १६५ विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् भने नयाँ सम्झौता अन्तर्गत थप २२ विद्यार्थीले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् ।

महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२४ मा पनि

0

मिति २०८१÷०५÷११ गते देखी २०८१÷०५÷१६ गते सम्म काठमाण्डौं, भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको छ ।

गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. भ्घघ मा गई सम्पर्क गर्न सक्नेछन् ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

ग्राहकहरुले आवेदन तल दिइएको क्युआर (त्तच्) मार्फत समेत गर्न सक्नेछन्

२.१४ लाख कित्ता सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

0

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहका केही सेयरधनीहरुकोनाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ ।

संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम बिक्रीमा राखिएको संस्थाले जनाएको छ । यदि कुनै संस्थापक सेयरधनीहरु संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।

यस्तो आवेदन संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा आफुले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई दिनुपर्नेछ ।

उक्त समयसिमाभित्र हाल कायम संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाइ सेयर विक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले जनाएको छ ।

कुमारी क्यापिटलले डाक्यो साधारण सभा, १५ प्रतिशत लाभांश प्रस्ताब पारित गर्ने

0

कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा गर्ने निर्णय गरेको थियो ।

कम्पनीको उक्त सभा आगामी असोज ३ गते काठमाण्डौको टंगालमा रहेको कुमारी बैंकको कार्यालयमा साँझ ५ बजेबाट सुरु हुनेछ ।

सभाले संचालक समितिको निर्णय बमोजिम चुक्तापूँजीको १५ प्रतिशतका दरले हुन आउने लाभांश (करसहित)पारित गर्नेछ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरिनेछ । सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा स्वतन्त्र सञ्चालकको नियुक्तीको प्रस्ताव समेत पारित गर्नेछ ।

हिमालय उर्जा विकासको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

0

हिमालय उर्जा विकास कम्पनी लिमिटेडको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २४ गतेदेखि निष्कासन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेकमो लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत असार २० गते बुक क्लोज गरेको थियो। यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार ७ गते स्वीकृति पाएको थियो ।