Home Blog Page 119

सानिमा बैंकले माग्यो कर्मचारी

0

सानिमा बैंक लिमिटेडले असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि कर्मचारी मागेको छ । बैंकले सबै प्रदेशमा रहेको शाखा कार्यालयाका लागि यी दुवै पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

असिस्टेन्ट ट्रेनी पदका लागि व्यवस्थापन संकायमा ४५ प्रतिशत अथवा २.७५ सिजीपीए ल्याएर स्नातक गरेको हुनु पर्नेछ । आवेदकको उमेर २५ वर्ष पुरा नभएको हुनु पर्नेछ । तर वाणिज्य बैंकमा १० महिना काम गरेको अनुभव भएकाको उमेर भने २८ वर्ष नकटेको हुनु पर्नेछ ।

यस्तै जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि सेकेण्ड डिभिजन अथवा २.४ सिजीपीए ल्याई १२ कक्षा उत्र्तीण गरेको हुनु पर्नेछ । बैंकले गाँउपालिकामा रहेका शाखा कार्यालयहरुका लागि जुनियर असिस्टेन्ट मागेको हो । आवेदकको उमेर २५ वर्ष पुरा नभएको हुनु पर्नेछ ।

दुवै पदका लागि आवेदन दिने अन्तिम मिति भदौ २७ गते तोकिएको छ ।

मुख्य सचिवमा एकनारायण अर्याल

0

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ ।

मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण शुक्रबारबाट अवकाश हुने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

वर्कशायर हाथवे अब ट्रिलियन डलर क्लबमा

0

दिग्गज अमेरिकी सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी, बर्कशायर हाथवे अमेरिकाको १ ट्रिलियन डलर क्लबमा प्रवेश गरेको छ ।

यो सङ्गै हाथवे १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो गैर प्राविधिक कम्पनी बनेको छ ।

अहिले अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा एप्पल र माइक्रोसफट् रहेका छन् । यी दुवै कम्पनीको बजार पूँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी छ । यस्तै अन्य कम्पनीहरु एनभिडिया,अल्फाबेट, अमेजन र मेटाको बजार पूँजीकरण पनि १ ट्रिलियन डलरभन्दा बढी छ ।

बफेटले केही महिनापहिले लगानीकर्तालाई लेखेको वार्षिक पत्रमा सेयरमूल्यले उडान भर्ने विषय अब कथा बन्ने बताएका थिए । तर फेब्रअुरी महिनामा उनको यस्तो पत्रपश्चात कम्पनीको सेयरमुल्य १४ प्रतिशतले बढिसकेको छ ।

हालै मात्रै कम्पनीले कस्मेटिक स्टोर चेन,अल्ट्रा ब्युटी र विमानको पार्टपुर्जा बनाउने कम्पनी हेईकोको सेयर खरिद गरेको छ ।

अमेरिकन एक्सप्रेसमा हाथवेको हिस्सा २१.३ प्रतिशत, कोका–कोलामा ९.३ प्रतिशत,चेभ्रोनमा ६.५ प्रतिशत रहेको छ ।

लिबर्टी माइक्रो लाइफले २२.५० लाख कित्ता आईपीओ जारी गर्ने

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुने २२ करोड ५० लाख रुपैयाँ बराबरको रु. १०० अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न आबस्यक प्रकृया अगाडि बढाएको हो ।

कम्पनीले आईपीओ निष्काशन प्रयोजनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई भदौ ९ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्सले न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पुर्याउने लक्ष्य लिई २०८० भदौ ०१ गते लघु जीवन बीमकको इजाजतपत्र प्राप्त गरी २०८० पुस ६ गतेदेखि औपचारिक रुपमा लघु जीवनबीमाव् यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

0

ग्लोबल आइएमई बैंकले एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प ईभी खरिद गर्दा ३ दिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने
ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा.लि.का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडीहरु दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ । दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरु नेपाली प्रयोगकर्ताहरुमाझ लोकप्रिय रहेको छ र उक्त कम्पनीले नाम्मी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा विक्री सुरुवात गरीसकेको छ ।

ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को बुक क्लोज मिति तोकियो

0

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को गत आव २०८०/८१ का लागि घोषित ७ प्रतिशत (करसहित) दरले नगद लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ २३ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदो २२ गतेभित्र कायम इकाइधनीहरुले मात्र घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

0

आज पनि सुनको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ ।

धमिनी सहकारीका सात हजार बचतकर्ताको करोडौँ रकम जोखिममा

0

सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आएका छन। हालसम्म करिब रु २५ लाख हाराहरी सहकारीमा जम्मा भइसकेको छ तर आफ्नो गर्जोटार्न उनले सो रकम प्रयोग गर्न पाएका छैनन । पछिल्लो एक वर्षदेखि पटकपटक सहकारीमा धाउँदा पनि मौज्दात रकम नभएको भन्दै कर्मचारीहरूले चेक फिर्ता पठाउने गरेको महतोको गुनासो छ । 

यस्तै, रु ५० लाख बचत जम्मा गर्ने रामबाबु ठाकुरको पनि यस्तै पीडा छ । “बचत माग्न जाँदा खुट्टा दुखिसक्यो तर धमिनी सहकारीले बचत फिर्ता दिनसकेको छैन”, ठाकुरले भने, “हामीले पैसा धेरै भएर त्यहाँ जम्मा गरेका होइनौँ, गाँस कटाएर बचत गरेका हौँ । आफ्नै रकमका लागि पनि पाउनुसम्म दुःख पाइयो, अझै बचत फिर्ता हुन सकेको छैन ।”

सहकारीबाट रकम फिर्ता नपाउनेमा महतो र ठाकुर जस्तै यहाँ हजारौँ बचतकर्ता छन् । यहाँस्थित गोलबजारमा १८ वर्षअघि स्थापना भएको धमिनी बचत तथा ऋण सहकारी संस्था सङ्कटग्रस्त अवस्थामा पुगेपछि बचतकर्ता आक्रोसित छन् । दैनिक रु पाँच लाखसम्म निक्षेप सङ्कलन हुने सहकारी हाल बन्दजस्तै छ ।

सात हजार दुई सय बचतकर्ताहरुको रु १८ करोडभन्दा बढी बचत रकम जोखिममा परेको स्थानीयले जनाएका छन् । गोलबजारका ३१ जना प्रतिष्ठित व्यापारीले रु २५ हजार शेयर पुँजी राखेर सहकारी खोलिएको थियो । त्यसैले पनि स्थानीयले निकै विश्वास गरेर रकम जम्मा गरेका थिए । यही विश्वासले सहकारीले छोटो समयमै धेरै ग्राहक बनायो तर हाल त्यही विश्वासमाथि कुठाराघात भएको बचतकर्ताहरूको भनाइ छ । 

बचतकर्ता ठाकुरले भने,“यस क्षेत्रमा प्रतिष्ठित व्यापारी नै मिलेर बनाएकाले हामी सबैले विश्वास ग¥यौँ । पहिले यस्तो समस्या थिएन केही वर्षअघि मात्रै यस्तो भयो, हाम्रो विश्वासमाथि नै कुठाराघात भएको छ ।”

गोलबजार नगरपालिकाका उद्यमी, व्यापारी, किसान, मजदुर र पेसागत व्यक्तित्वले यस सहकारीमा खाता खोलेका थिए । सहकारीले शेयर धनीलाई एक पटक रु ९५ हजार र अर्को पटक  रु दुई लाख बोनस पनि उपलब्ध गराएको थियो । रु २५ हजारको शेयर पुँजी वृद्धि भई १४ लाख पु¥याइएको थियो । सहकारीले रु ३७ करोडभन्दा बढी रकम ऋण लगानी पनि गरेएको छ । 

विकास बैंक बन्ने तयारीमा रहेको रहेको भनिएको उक्त सहकारीले लगानी उठाउन नसक्दा विसं २०८० को सुरुआतबाटै सङ्कट व्यहोर्न थालेको जनाइएको छ । सुरुमा आर्थिक मन्दीका कारण नगद अभाव छ भनेर निक्षेपकर्तालाई फकाउने गरिन्थ्यो तर सहकारी डुब्न लागेको हल्ला फैलाइएपछि एकैपटक धेरै बचतकर्ता रकम फिर्ता लिन आउँदा समस्या भएको धमिनी बचत तथा ऋण सहकारीका अध्यक्ष देवनाथ साह स्वीकार गरे । 

उहाँका अनुसार सहकारी घाटामा नभएको तर ऋणको सावाँ ब्याज समयमा नउठ्दा समस्यामा परेको हो । अध्यक्ष साहले सावाँ व्याज गरेर रु २७ करोड उठाउन नकी रहेको र बचत फिर्ता गर्नुपर्ने रकम करिब रु आठ करोड मात्र रहेकाले बचत निक्षेपकर्ताको रकम डुब्ने अवस्था नरहेको बताए । 

सञ्चालक समितिबाट राजीनामा दिएका शेयर सदस्य राजेस्वर साह भने करिब रु १८ करोड बचत फिर्ता गर्न बाँकी रहेको बताउछन। उनले भने, “अध्यक्ष साह, सहकारी प्रबन्धक रामबहादुर कार्की र शेयर सदस्य माथवर यादवले तिरेको केही सावाँ र ब्याजबाट तत्काललाई केही साना बचतकर्ताको रकम फिर्ता गरिएको छ । जसका कारण तनाव केही मत्थर भएको मात्र हो । तर ठूल्ठूला बचतकर्ताको समस्या ज्यूँका त्यु छ”, उनले भने ।  

स्थापना कालदेखि एउटै नेतृत्व भएको र समयसमयमा सहकारीको साधारणसभासमेत नभएको गुनासो पीडितको छ । चार वर्षदेखि संस्थाको लेखापरीक्षण नै भएको र सञ्चालक समितिको बैठक पनि बस्न नसकेको जानकारहरू बताउँछन् । तत्कालीन समयमा सञ्चालक समितिमा रहेका राधेश्याम अग्रवाल, कमल जैन, मागिराम अग्रवाल, राजकुमार साह सुडी, गुरुदयाल साह र राजेन्द्र यादवको मृत्यु भइसकेको पूर्व शेयर सदस्य साहले बताए  

आफ्नै निजी जग्गा बिक्री गरेर भए पनि दुई महिनाभित्र बचतकर्ताको बचत फिर्ता गर्ने सहकारी अध्यक्ष साहको प्रतिबद्धता छ । उनी भन्छन “अहिले नै सहकारीलाई सङ्कटग्रस्त घोषणा गर्नुपर्ने अवस्था छैन । धेरै दायित्व बोझ कम गरिसकिएको छ । समयमा जग्गा बिक्री हुन नसकेर बचत फिर्ता गर्न ढिला भएको हो । अब साधारणसभा गरेर सहकारीलाई सही मार्गमा ल्याइने छ ।” 

सहकारीका शेयर सदस्य रामबहादुर राय भने अध्यक्ष साहको भनाइमा विश्वास गर्न नसकिने बताउछन । “बचतकर्ताको विश्वास गुमिसक्यो । सहकारीको साख पहिलेको जस्तो छैन । निक्षेप सङ्कलनमा ९० प्रतिशत कमी आएको छ । हामीले शेयर वापतको रकम त परै जाओस् जम्मा गरेको बचत पनि पाइरहेका छैनौँ”, उनले भने । रासस

सेयर बजार सामान्य अङ्कले बढ्यो

0

सेयर बजार ३.८ अङ्कले बढेको छ ।


आज ९८ कम्पनिको मुल्य बढेको छ भने १४२ कम्पनिको मुल्य घटेको छ ।

सर्वसाधारणले आवेदन दिने मिल्नेगरी मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत असार २४ गते ३५ दिने सूचनामार्फत बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाण्डौमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।