Home Blog Page 118

कुमारी बैंकले ब्यबसायीलाई बिना धितो २ लाखसम्मको कर्जा दिने

0

कुमारी बैंकले क्यूआर कारोबारकै धितोमा कर्जा प्रदान गर्ने भएको छ । बैंकले देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी बर्षै भरी“उद्यमी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्यूआर मर्चेन्ट फोन लोन सुविधा सञ्चालन गरिहेको छ ।

यस योजना अन्र्तगत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना ब्यावसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तिमा २ व्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तिमा १० हजार रुपैयाँबराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरुले दुई लाखसम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने छन् ।

यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फत नै गर्न सकिने भएकोले व्यावसायिहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन् । यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तिय संयन्त्रमा आर्कषित हुने तथाउनिहरुको उद्यमशिलता प्रर्वद्धनमा केहि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

कुमारी बैंक र श्री एयरलाइन्स बिच सम्झौता

0

कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्स बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्स बाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि टिकट खरिद गरि कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोवाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा रु ५०० छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

0

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा

0

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश घोषणा गरिएको हो ।

योजना व्यवस्थापक सानिमा क्यापिटलको भदो १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले सानिमा इक्विटी फण्डका लागि १५ प्रतिशत सानिमा लार्ज क्याप फण्डका लागि १० प्रतिशत र सानिमा ग्रोथ फण्ड लागि पनि १० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ । यी सबै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् ।

खोरङ्गा हाईड्रोपावर आईपीओ निष्कासन गर्ने, बोलायो साधारसभा

0

खोरङ्गा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।

भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति,स्थान र समय तय गरेको छ । बैठकले आगामी असोज ७ गते सोमबारका दिन काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, नियामकिय निकायबाट कुनै परिवर्तन गर्न निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई निर्देशन दिने र् लगानी सम्बन्धी विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको गठन, सञ्चालक समितिले गरेका काम कारवाहीको अनुमोदन र संस्थागत सुशासन प्रतिवेदन जस्ता प्रस्तावहरु समेत पारित गरिनेछ ।

सिद्धार्थ बैंकको ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

आँखुखोला जलविद्युतको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

0

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँबराबरको १ः१.५ अनुपातमा रु.१०० अंकित दरका १ करोड २० लाख कित्ता हकप्रद गत साउन २७ गतेदेखि निष्कासन गरेको थियो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय तथा प्राइम कमर्सियल बैंक धादिङ,प्रभु बैंक शाखा कार्यालउ धादिङ,माछापुच्छ्रे बैंक सल्यानटार धादिङ र कुमारी बैंक धादिङवेशीमा रहेको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत साउन १ गते बुक क्लोज गरेको थियो। यसर्थ असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार १९ गते स्वीकृति पाएको थियो । कम्पनीले हकप्रदबाट जुट्ने रकम गणेश हिमालले प्रवद्धन गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा ८० करोड लगानी गर्ने र बाँकी रकम ४० करोड ऋण भुक्तानीका लागि उपयोग गर्ने जनाएको छ ।

टीएमस प्रयोगकर्ताको संख्या २३.३१ लाख पुग्यो, १.३५ लाख प्रयोगकर्ता १ महिनामा थपिए

पछिल्लो समय सेयर बजार बढन थालेपछी टीएमएस प्रयोगकर्ताको संख्या पनि बढ्न थालेको छ , टिएमएसबिना दोश्रो बजारमा कारोबार गर्न नसकिने भएकाले आइपिओ मात्र भर्दै आएकाले पनि दोश्रो बजारमा खरिद बिक्री गर्नका लागि खता बनाउन थालएको हुन । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको तथ्यांक अनुसार साउन महिनामा मात्रै टीएमएस प्रयोगकर्ताको संख्या १ लाख ३५ हजार ३५१ ले बढेको छ ।

यो सङ्गै टीएमएस प्रयोकर्ताको संख्या २३ लाख ३१ हजार ३५० पुगेको छ । असार मसान्तसम्म भने यो संख्या २१ लाख ९५ हजार ९९९ रहेको थियो । यसरी एक महिनाको अन्तरालमा टीएमए लिनको संख्या १ लाख ३५ हजारले थपिएको हो ।

कु्ल टीएमएस प्रयोगकर्तामध्ये ५ देखि ७ लाखसम्म मात्रै सक्रिय रहेका छन् । टीएमएस नलिई ब्रोकर कम्पनीमार्फत कारोबार गर्नेको संख्या १५ लाख १९ हजार रहेको छ ।

एनसेललाई लाइसेन्स नवीकरण गर्न किस्ताबन्दी सुविधा, ४ किस्तामा रकम तिर्नुपर्ने

0

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई इजाजतपत्र (लाइसेन्स)को नवीकरण गर्न बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी ५ वर्षसम्मको इजाजतपत्रको नवीकरणका लागि किस्ताबन्दीको सुविधा दिएको छ । एनसेललाई बार्षिक १० प्रतिशचत ब्याजसहित ४ किस्तामा २० अर्ब रुपैयाँ तिर्न पाउने गरी सरकारले किस्ताबन्दीको सुविधा दिएको हो ।

एनसेलले नवीकरणमा १० प्रतिशत ब्याज पनि तिर्नुपर्नेछ ।

सुनको मूल्य ८ डलरले वढ्यो

0

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.३३ प्रतिशत अर्थात ८.३७ डलरले बढेको छ । योसङ्गै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१६ डलर पुगेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य ०.२३ डलरले बढेर प्रतिऔंस २९.४१ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।