Home Blog Page 117

६०.८६ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

0

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सुचीकृत भएको छ । नेप्सेमा ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनील आर्थिक वर्षका २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गरेको थियो ।

सोही मध्येको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचकिृत भएको हो ।

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले ११ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

0

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने कार्यका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीको कर्पोरेट कार्यालय बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने तयारी गरेको जनाएको छ ।

सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरी सम्बन्धीे औषधीहरुको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गरिरहेको छ । कम्पनीले उत्पादन गरी रहेका औषधीहरु विश्व स्वास्थ्य संगठनले सिफरिस गरेको ढाँचामा Good Manufacturing Practices (GMP) tyf Feed Addititives and Pre-Mixture Quality System (FAMI QS)अनुसार प्रमाणिकरण प्रमाणपत्रहरु प्राप्त गरी नेपाल तथा अन्र्तराष्ट्रिय बजारमा बिक्री बितरण गर्ने लक्ष्य रहेको छ ।

हाल कम्पनीले औषधी व्यवस्था विभागबाट ६१ वटा औषधीहरुको उत्पादन स्वीकृती प्राप्त गरिसकेको छ भने जसमध्ये १३ वटा औषधीहरुको बिक्री वितरण प्रमाण पत्रप्राप्त गरि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । यस्तै अन्य औषधीहरुको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरुका समेत उत्पादन तथा बिक्रि वितरण गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

0

ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो ।
बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समुहका बालबालिकाहरुले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन् ।

यो एप मार्फत बालबालिकाहरुले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरुमा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ । साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाहरुको लागि ग्लोबल जुनियर एपमार्फत् नविनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ ।

यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरुमा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरण समेत रहेको छ ।

ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको प्लेटफर्म हो । यो एप बालबालिकाहरुले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकहरुको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ ।

ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधाहरू उपलब्ध छन् । यो एप डाउनलोड गरेर पहिलो वर्षको लागि निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्र रहेका छन ।

अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ससर्त ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति

0

कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई अर्थ मन्त्रालयले निश्चित ससर्त दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ ।

चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ ।

दुग्ध विकास संस्थानले दुधको भुक्तानी नदिएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका छन् । किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबीच पटक पटक छलफल भएको थियो ।

१७ म्युचुअल फन्डले लाभांश घोषणा गरे, हेर्नुस् कुनको लाभांश कति ?

म्युचुअल फन्डले सम्बद्ध इकाइधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म १७ म्युचुअल फन्डले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको नाफाबाट म्युचुअल फन्डले इकाइधनीका लागि नगद लाभांश घोषणा गरेका हुन् ।

म्युसूचीकृत ३६ मध्ये १४ बन्दमुखी योजनाले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका अरु ३ योजना खुलामुखी हुन् । १४ बन्दमुखी योजनामध्ये १० योजना खरिद गर्दा अझै लाभांश पाउने अवसर छ ।

योजनाको घोषित लाभांश % तथा बुक क्लोज अवस्था
शुभ लक्ष्मी कोष (खुलामुखी) ले ७.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


लक्ष्मी उन्नति कोषले ७।५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


एनआईसी एसिया सेलेक्ट फण्ड ३०ले १४ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


एनआईसी एसिया फ्लेक्जी क्यापले १०.५० प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


एनआईसी एसिया ब्यालेन्स फण्डले ९.२५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


एनआईसी एसिया डायनामिक डेब्ट (खुलामुखी)ले १० प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


एनआईसी एसिया ग्रोथ फण्डले ९.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


सनराइज फस्र्ट म्युचुअल फण्डले १२.५० प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


सनराइज फोकस्ड इक्वीटीले ४.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ले ७ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भदौ २३ मा हुने छ ।


कुमारी इक्वीटीले ९.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भदौ १९ मा हुने छ ।


कुमारी धनवृद्धिले ९.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भदौ १९ मा हुने छ ।


कुमारी सुनौलो योजना (खुलामुखी)ले १०.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


सानिमा इक्वीटी फण्ड ले १५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


सानिमा लार्ज क्यापले १० प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


सानिमा ग्रोथ फण्डले १० प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।

सुनको मूल्यमा ८ डलरले घट्यो

0

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.३३ प्रतिशत अर्थात ८.२५ डलरले घटेको छ । यो सङ्गै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४९५.१२ डलर भएको छ ।

त्यस्तै चाँदीको मूल्य ०.४४ डलरले घटेर प्रतिऔंस २८.४२ डलर रहेको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

२९ हजार कित्ता स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

0

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको २९ हजार ७२१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम बिक्रीमा राखिएको संस्थाले जनाएको छ । यदि कुनै संस्थापक सेयरधनीहरु संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।

यस्तो आवेदन बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई दिनुपर्नेछ । निर्धारित समयभित्र हाल कायम संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाइ सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले जनाएको छ ।

आज नबिल बैंकको विशेष साधारण सभा बस्दै, अग्राधिकार सेयर जारी गर्ने मुख्य प्रस्ताब

0

नबिल बैंक लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । यो सभा बिहान ११ बजेदेखि भर्चुअल माध्यम (जुम) मार्फत सुरु हुनेछ ।

उक्त बैठकमा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने र अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने लगायतका अजेण्डाहरु पारित गरिनेछ ।

यसका लागि बैंकले भदौ ७ गते बुक क्लोज गरिसकेको हुनाले भदौ ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

विकास हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा डाकियो

विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनहको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी असोज २२ गते काठमाण्डौको उत्तरढोकामा रहेको भिनोलिभा हस्पिटालिटीमा बिहान ११ बजे आयोजना हुनेछ ।

उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने,प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र आव २०८०/८१ को वार्षिक प्रतिवेदन लगायातका अन्य वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।

हेल्लो ! आइपिओ केका लागि रोकेको ? धितोपत्र बोर्ड के का लागि ?

हाल धितोपत्र बोर्ड प्रमुख बिहीन रहेको छ । बोर्डको दैनिक कार्यसन्चाललको कार्य निमित्त प्रमुखले गरिरहे पनि हाल आइपिओ निस्कासनको कार्य ठप्प प्राय रहेको छ ।
नयाँ कार्य गर्नका लागि र निर्माणाधिन प्रोजेक्ट पुरा गर्न पुजी सङ्कलन गर्ने उदेस्यले आइपिओ जारी गर्न खोजीरहेका कम्पनिहरुले आबस्यक प्रकृया पुरा गर्दा पनी आइपिओ जारी गर्ने अनुमती पाउन सकेका छैनन

उता लगानिकर्ता आइपिओ भर्ने समेतको उदेश्यले वार्षिक मेरो शेयर र डिम्याटको गरी १५० तिरेर पनि त्यसबापत पाउने आइपिओ भर्ने सुबिधाबाट बन्चित रहेका छन ।

धितोपत्र नियुक्तीको प्रकृया सुरु नभएको पनि होइन तर सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नुपर्नेमा ५ जना मध्ये ३ जना अन्तर्वाता तथा कार्ययोजनाको प्रस्तुतीमै नआएपछी सिफारिस समिती अनिर्णित छ र यो बिषय अहिले अदालतमा रहेको छ ।

प्रमुख नहुनु एउटा कुरा तर प्रमुख नहुँदा आइपिओ लगायतका कामहरु ठप्प जस्तै हुनु अनोठौ छ ।


प्रिमियम मुल्यका र बुक बिल्डिङ बिधीबाट निस्कासन हुने आइपिओलाई हाल अनुमती नदिने र प्रमुख आएपछी मात्र अनुमती दिने तर पोजेटिभ नेटवर्थ भएका भएका कम्पनी जसले प्रतीकित्ता रु १०० मा नै आइपिओ जारी गर्न खोजिरहेका छन , ती कम्पनिहरुलाई आइपिओ जारी गर्ने अनुमती दिदा हुने थियो तर त्यती पनि हुँन सकेको छैन । नयाँ अध्यक्ष ( प्रमुख ) नआइन्जेलका लागि भनेर आएका प्रमुख ( निमित्त ) ले यती सामान्य काम पनि गर्न नसकेर तलब भत्ता पकाउने मात्रै काम गरिरहेका छैनन ? भन्ने प्रस्न उठ्न थालेका छन ।

साथै लामो समय सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड, प्रमुख बिहिन हुनु उचित हुँदैन । यस बिसयमा सम्बन्धित निकायको ध्यान जानु उचित हुन्छ । यस बिसयमा रहेका बाधा अड्काउ फुकाउनु जरुरी देखिन्छ ।

-राम बहादुर खत्रीको बिचार