Home Blog Page 116

कुमारी बैंक लिमिटेड र काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लि. बिच सम्झौता

0

कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाण्डौ स्थित काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंककाे ‘आरबीबी शैक्षिक कर्जा योजना’ सार्वजनिक, १ करोड रुपैयाँसम्म ऋण पाइने

0

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना सार्वजनिक गरेको हाे ।

यस ‘आरबीबी शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ कराेडसम्मकाे कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

पहिलो किस्ता रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने र अध्ययन गर्नका लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा पाइने बैंकले उल्लेख गरेको छ ।

मोलुङ हाईड्रोपावरले दुई आवको साधारण सभा एकैपटक डाक्यो, यि मुख्य अजेण्डा

0

मोलुङ हाईड्रोपावर कम्पनी कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको ४१ औं बैठकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको हो ।

बैंकले आव २०७९/०८० र २०८०/०८१ को वार्षिक साधारण सभा असोज १८ गते शुक्रबारका दिन काठमाण्डौको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीको प्रबन्ध पत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आव २०७९/०८० २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/०८० २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने, आव २०८०/०८१ को लागि लेखापरीक्षकमा भएको नियुक्तिलाई अनुमोदन गर्ने, आव २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र सञ्चालक समिति गठन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै सभामा सहभागि हुन र मतदान गर्न योग्य हुने छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

0

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्ने निर्णय भएको हो ।

बैंकले बिक्री गर्ने कित्ताका बारेमा भनेृ केही खुलाएको छेन । यो सेयर खरिदका लागि जो स्कै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिनु पर्नेछ ।

तरलता बढी भएपछी बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

0

बैंक तथा वित्तीय प्रणालीमा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनको लागि आज ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज ९ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बजारबाट पैसा झिक्ने गर्छ भने 6.5 प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

सेयर अभौतिकिरण गरी बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह

0

युनिलिभर नेपाल लिमिटेडको सेयर अभौतिकिरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको छ । कम्पनीको सेयर रजिष्ट्रार एलएस क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएको हुँदा क्यापिटलले यस्तो आग्रह गरेको हो ।

क्यापिटलले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेका सेयरधनीलाई, आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेको छ ।

कम्पनीले हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनिहरूले आफ्नो हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गराउन समेत आग्रह गरेको छ । सेयरधनीहरूले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका सेयरधनीहरूले कमलपोखरीमा रहेको सेयर रजिष्ट्रार लक्ष्मी सनराईज क्यापिटल वा अन्य कुनैपनि निक्षेप सदस्यमा हितग्राही खाता खोल्न सक्नेछन् ।

साथै प्रत्यक सेयरधनीहरुलाई आफ्नो प्यान, नाम, मोबाइल नम्बर, हालको ठेगाना र इमेल आईडी आफ्नो हितग्राही खातामा अद्यावधिक गर्न आग्रह गरिएको छ ।

६६ हजार कित्ता नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ३००

0

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ हजार ५६६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनी वा जो कोही योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले असोज २ गते अपरान्ह ३ बजेभित्र काठमाण्डौको लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा खरिद गर्ने हो उल्लेख गरी आवेदन पेश गर्नु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।

बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ । एकै व्यक्ति वा कम्पनीले सेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

नियमविपरीत कार्य गरे अभिकर्ताको लाइसेन्स रद्द हुने, अभिकर्ता सजग हुनुपर्ने

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका नेपाल बीमा प्राधिकरणले संशोधन गरेको छ । बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ ले दिएको अधिकार प्रयोग गरी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशन, २०८१ को पहिलो संशोधन गरेको हो ।

प्राधिकरणले संशोधन गरेको निर्देशिकामा मुलाहिजामा तथा आर्थिक प्रलोभनमा परि अभिकर्ताले काम गरेमा उक्त अभिकर्ताको लाइसेन्स खारेज हुनसक्नेछ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्दै प्राधिकरणले बीमा अभिकर्ताले आफू अभिकर्ता भई बीमितको, स्वास्थ्य अवस्था, उपचारको अभिलेख, उमेर आयश्रोतको तथा कागजात विवरणहरु पूर्णरुपमा नभरी, ढाँटी वा लुकाई बीमा गरेको वा गराईएको पाइएमा ऐनको दफा १४० बमोजिम बीमा कसुर गरेको मानिने र त्यस्तो बीमालेख सिफारिस गर्ने अभिकर्ताको ईजाजतपत्र रद्द हुन सक्ने भएको छ ।

यसले गर्दा बिमा क्षेत्रमा रहेको एड्भर्स सेलेक्सन कमी हुने छ । कारबाही हुने भएपछी अभिकर्ताले बिमा गर्दा बिमितको वास्तविक अवस्था बिमा कम्पनिलाई जानकारी गराउनु पर्नेछ । यसले कमिसनको लोभमा जस्तो पायो त्यस्तै ब्याक्तिको बिमा गर्ने कार्यमा कमी आउनेछ ।

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको बुक क्लोज मिति तोकियो

0

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तोकिएको छ ।

सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तोकिएको हो।

यी ३ वटै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदो २५ गतेभित्र कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी दुवै फण्डको बुक क्लोज भदौ १९ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी दुवै फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डका इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि समान ९.५० प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरिएको छ ।