Home Blog Page 115

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि लिलाम बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न मिल्नेछ ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बैंकले सेयरको संख्या भने खुलाएको छैन ।

नेपालको अर्थतन्त्र अघी बढाउन निजी क्षेत्रलाई प्रोत्सहान गर्नुपर्छ : अध्यक्ष ढकाल

0

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको अर्थतन्त्र अघी बढाउन निजी क्षेत्रलाई प्रोत्सहान गर्नुपर्ने धारणा राखेका छन् ।

नेपाल व्यापार लगानीको सम्भावना र चुनौती बिषयक कार्यक्रको छलफल भाग लिदै उनले यस्तो बताएका हुन् ।

अमेरिकामा नेपाली उत्पादनको माग बढ्दै गइरहेको बताउँदै उनले नेपाली गलैंचा निर्यात पहिलो स्थान्नमा रहेको बताए ।

उनले भने, ‘बाहिरी मुलकमा गलैंचाको माग बढदै गएपनि तयारी पोशाकको माग भने घट्दै गएको छ । तयारी पोशाक पहिले ८० प्रतिशत निर्यात हुने गर्थ्यो भने अहिले घटेर १४ प्रतिशतमा सीमित भएको छ ।’

बिध्युतिय माध्यमबाट तिरेमा मूल्य अभिवृद्धि करको १०% उपभोक्तालाई फिर्ता हुने

0

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने भएको छ ।

विभागको २१ गते बसेको बैठकले सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय गरेको हो । बिभागले एक सुचना जारी गर्दै यो ब्यबस्था लागु गर्न सम्बन्धित सबैलाई निर्देसन दिएको छ ।

विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा ‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रियाबमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ’ भनी व्यवस्था गरे बमोजिम निर्णय गरेको जनाएको छ।

यसर्थ उपभोक्तालाई त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिईने छ ।

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह(रेस्टुरेन्ट)बाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा रहेका छन् ।

विभागले यसका लागि केही शर्तहरु राखेको छ । जुन यस प्रकार छन्ः

१. मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यस प्रणालीमा आवद्ध हुन सक्नेछन ।

२। डेविट÷क्रेडिट कार्ड, क्यूआर कोड, मोबाईल जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने बिक्रेताले मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्ताको बैक खातामा स्वचालित रुपमा फिर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।

३. विद्युतीय विजक सम्बन्धी कार्यविधि, २०७४ (संशोधन सहित) बमोजिम आन्तरिक राजस्व विभागमा सूचिकृत भएका विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धि कार्यप्रक्रिया, २०७६ वमोजिम प्रणालीमा सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्न यसै सूचनाबाट जानकारी गराईन्छ ।

४. सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धि कार्यप्रक्रिया, २०७६ू वमोजिम प्रणालीमा परिमार्जन गरि यो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने छ ।

५. प्रणालीमा आवद्ध विक्रेताले आफ्नो कारोवार स्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको सूचना सार्वजनिक गर्नुपर्ने छ

प्रभु महालक्ष्मी लाइफले साधारण सभा बोलायो, १० प्रतिसत लाभांश प्रस्ताब पारित हुने

0

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको छ । बैठकले आगामी असोज २३ गते सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले चुक्तापूँजीको ७ प्रतिशत बराबर को हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

सभामा बोनश सेयर तथा हकप्रद सेयर जारी पश्चात हुन आउने ५ अत्रर्ब ५ करोड ६३ लाख ९२ हजार रुपैयाँबराबर चुक्तापूँजी कायम गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत खर्च अनुमोदन गरिनेछ ।

यसैगरी सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को २०८० असार २८ सम्मको तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने, आव २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चाकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित हुनेछ ।

टाईम फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने

0

टाईम फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । गैडाकोट–०४, नवलपुरमा रहेको कम्पनीले आईपीओ निष्काशनको मुख्य अजेण्डा पारित गर्न ३० औं वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको उक्त सभा आगामी असोज १२ गते शनिबारका दिन चितवनमा रहेको सोल्टी वेस्टेन्ड रिसोर्टमा बिहानको १० बजेबाट सुरु हुनेछ ।

उक्त सभामा प्राथमिक सेयर निष्काशन गर्ने, प्राथमिक सेयर निष्काशनका लागि निष्कासनकर्ता कम्पनी चयन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र र नियमावली तथा प्राथामिक सेयर निष्काशनमा गरिने संसोधन/थप गर्न नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

अधिक तरलता भएपछी राष्ट्र बैंकले आज बजारबाट १०० अर्ब तान्दै

0

अधिक तरलता भएपछि बैंक तथा वित्तीय प्रणालीबाट आज राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ तान्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि १०० अर्ब रकम झिक्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज १३ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ नामक योजनाका लागि लाभांश घोषणा गरिएको हो ।

सञ्चालक समितिको बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरु लाई आर्थिक २०८०/८१ का लागि आरविवि म्युचुअल फण्ड १ का लागि ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का लागि ८.९४ प्रतिशत लागि पनि ९।५० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि आगामी भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ भदौ ३० गतेसम्म कायम इकाईधनीहरु मात्रै लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

0

कर्णाली जलश्रोत लिमिटेड कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न १० औं वार्षिक साधारण सभा डाकेको हो ।

बैठकले आगामी असोज १२ गते काठमाण्डौको शंखमुलमा रहेको ए वान क्याफे एण्ड ब्याङक्वेटमा बिहानको ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आव २०७१/०६२ मा भएको कारोबारको लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।

३२.१६ लाख कित्ता बुद्धभुमी नेपाल हाईड्रोको सेयरको लक इन अवधि असोजमा समाप्त हुने

0

बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीको ३२ लाख कित्ता बढी सेयरको लक इन अवधि असोज २१ गते समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।

कम्पनीको २८ लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको ४ लाख कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको १६ हजार कित्ता गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानिय र कर्मचारीलाईसहित सर्वसाधारणलाई जारी गरेको सेयर विस २०७८ असोज २२ गते बाँडफाँड गरेको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्ष आगामी असोज २१ गते समाप्त हुने भएकाले उक्त अवधिभर लक इनमा रहेको,स्थानिय बासिन्दाका लागि जारी गरिएको,संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको कम्पनीले जनाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ७४ प्रतिसतले घट्यो, खराब कर्जा अनुपात ७ प्रतिशत

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ७३.९९ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म बैंकले १० करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी १३ करोड ६३ लाख रुपैयाँबराबर रहेको छ । त्यस्तै सञ्चालन मुनाफा पनि ७३.९९ प्रतिशतले घटेर १ करोड १५ लाख रुपैयाँ भएको छ ।

त्यस्तै बैंकको रिटेन्ड अर्निङ १५ करोड ३३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ र रिजर्भको आकार ४ करोड ९७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म ५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा १५ करोड ३३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

त्यस्तै अघिल्लो आवको चौथो त्रैमाससम्म ३.९२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) २.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२४.७२ गुणा, प्रतिसेयर नेटवर्थ ७९.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १३०.८३ रुपैयाँ, र तरलता अनुपात ३९.१० प्रतिशत रहेको छ ।