Home Blog Page 114

सुनको मूल्य घट्यो

0

घरेलु बजारमा सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल ल्युब आयलले लाभांश घोषणा गर्यो, एफपीओ पनि जारी गर्ने

0

नेपाल ल्युब आयल लिमिटेडले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनिले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । यसका साथै बैठकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने समेत निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कम्पनीको ३३ औं साधारण सभा आगामी असोज १८ गते ललितपुरको पुल्चोकमा रहेको याक प्यालसेमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा प्रिमियम मूल्यमा थप सार्वजनिक निश्काशन(एफपीओ) गर्ने, एफपीओ निष्कासनपश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा निर्णय गर्ने, कम्पनीको अधिकृत, जारी तथा चूक्तापूँजी वृद्धि गर्न प्रबन्धपत्र संसोधन गर्ने र कम्पनीका सञ्चालक समिती सदस्य करण कुमार चौधरीलाई कम्पनीको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएकोले सो र निजको सर सुविधा निर्धारण गर्नका लागी साधारण सभामा अनुमोदनको निमित्त प्रस्ताव पेश गरिनेछ ।

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आव २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन, २०८१ आसार मसान्तको वासलात र आव २०८०/८१ को आय विवरण र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरि स्वीकृत गरिनेछ ।

कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

अधिक तरलता भएपछी बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछी त्यसको ब्यबस्थापनाका लागि केन्द्रीय बैंकले आज (बुधबार) तरलता प्रसोचन गर्ने भएको छ । केन्द्रीय बैंकले आज बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण मार्फत ४० अर्ब रुपैयाँ तान्न लागिएको छ ।

२१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता तान्न लागिएको हो । ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको राष्ट्र बैंकले उक्त निक्षेपपत्रको आजै बिक्री गरिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

कुमारी बैंकको देशैभर वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षक-प्रशिक्षण सम्पन्न

0

कुमारी बैंकले युसएड संगको सहकार्यमा “देशै भरि बर्षै भरि” अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ ।

वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा वित्तिय साक्षरता प्रर्बद्धन हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्बसाधारणहरुको विषयगत संबेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देसहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । स्थानियस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तिय साक्षरता सामाग्री विकास गरि समाजमा रहेका ब्यावसायिक एवं उद्यमशिल संभावनाहरुलाई प्रर्वद्धन गर्दै उद्यमशिलता बिकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

सहुलियत दरमा ३० हजार टन चिनी आयात गरिने

0

सहुलियत दरमा ३० हजार टन चिनी आयात गरिने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको हो ।

उक्त छुटको चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आयात गर्नेछन । कुल आयातमध्ये साल्ट ट्रेडिङले १५ हजार र खाद्यले १५ हजार टन आयात गर्नेछ ।

यो आयत दसैं तिहार लक्षित आयात हो । यसअघी निजी कम्पनि मार्फत आयात गर्न खोजिए पनि सफल नभएपछी हाल साल्ट ट्रेडिङ र खाद्य मार्फत आयात गर्न लागिएको हो ।

आरविवि मर्चेन्ट बैंकिङको १८% लाभांश पारित गर्ने मुख्य एजेन्डासहित साधारण सभा डाकियो

0

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको उक्त सभा आगामी असोज १८ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने भएको छ ।

सभामा आव २०८०/८१ सम्मको नाफाबाट कम्पनीको चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा रहेको छ । त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को कम्पनीको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात र २०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र आव २०८१/८२ को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा

0

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ ।

नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा गरिएको हो ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको भदो २५ गते बसेको सञ्चालक समितिको बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरु लाई आर्थिक २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले नबिल ब्यालेन्स्ड फण्ड २ का लागि ८ प्रतिशत र नबिल फ्लेक्सी फण्डका लागि ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । नबिल ब्यालेन्स्ड फण्डका लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ भने नबिल फ्लेक्सी फण्डका लागि भदौ २६ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ ।

सरकारले विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँने

नेपाल सरकारले विकास ऋणपत्र बिक्रीमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने निर्णय गरेको छ ।

यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र जारी गर्नेछ । उक्त कार्यालयले १० अर्ब रुपैयाँबराबरको ३ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८४ जारी गर्न लागेको छ । यो विकास ऋणपत्रको बोलकबोल आज बिहान १० बजेदेखि ३ बजेसम्म अनलाइन बिडिङमार्फत हुन लागेको हो ।

यसको निष्कासन मिति भने भदौ २७ गते र साँबा भुक्तानी मिति भने २०८४ भदौ २६ गते तोकिएको छ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा गरिनेछ ।

यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था र नेपाली नगारिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्रमा धितो राखि कर्जा लिन पाइने व्यवस्था गरिएको छ । यसको ब्याजदर भने बोलकबोल माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा ब्याजकर कर लाग्ने छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु.८५० करोड र १५० करोड छुट्टाइएको छ ।

हकप्रद जारी गर्ने मुख्य अजेण्डा सहित बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा

0

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले नवौं बार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा आगामी असोज १८ गते शुक्रबारका दिन काठमाण्डौको कलंकीमा रहेको गौरव इभेन्ट्समा बिहान ८ बजेदेखि आयोजना हुनेछ । सभामा हकप्रद जारी गर्ने र यसका लागि आईपर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आव २०८०/८१ को नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असोज १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

सानिमा म्युचुअल फण्डको ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

३ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यि ३ ओटै सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित छन ।

लाभांश वितरण प्रयोजनका लागि यी ३ वटै फण्डको बुक क्लोज भदौ २६ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी ३ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डका लागि १५ प्रतिशत सानिमा लार्ज क्याप फण्डका लागि १० प्रतिशत र सानिमा ग्रोथ फण्ड लागि पनि १० प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरिएको छ ।

यी सबै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् ।