Home Blog Page 112

सिईडिबि हाईड्रोपावरले ११ प्रतिसत लाभांश दिने, हकप्रद पनि निस्कासन गर्ने

0

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।

उक्त बैठकले सेयरधनीहरुलाई दुई आर्थिक वर्षको लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांशको विशेष प्रस्ताव पारित गर्न साधारण सभा समेत डाकेको छ ।

कम्पनीले आगामी असोज २१ गते काठमाण्डौको कालीमाटीमा रहेको कालिमाटी व्याङ्क्वेटमा बिहान १० बजे लाभांशको विशेष प्रस्ताव पारित गर्न साधारण सभा समेत डाकेको छ ।

बैठकमा बोनस सेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५) हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने, आव २०८०/८१ को लागि नियुक्त लेखा परिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने आव २०८१/८२ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज बन्द गर्ने निर्णय गरेको छ। यसथै असोज ६ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन तथा सभामा सहभागी हुन योग्य हुनेछन् ।

सुनको मूल्यले नयाँ रेकर्ड बनायो

0

सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

२ वटा म्युचुअल फण्ड र माण्डु हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

माण्डु हाईड्रोपावर लिमिटेड र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। माण्डु हाईड्रोपावरले गत आव २०८०÷८१ का लागि प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित यी २ योजनाका लागि क्रमशः३.८१ प्रतिशत र ८.९४ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरिएको छ ।

त्यसैले मान्डु हाइड्रोपवर त्यस्तै आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्नका लागि आज सम्म सेयर धनी भईसक्नुपर्नेछ ।

यि सबैको लाभांश वितरण प्रयोजनका लागि भदौ ३१ गते १ दिनका लागि बुक क्लोज हुँदैच ।

नेशनल लघुवित्तको ५३ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

0

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ५३ हजार ९१४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयरमा जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले पुनः सर्वसाधारणका लागि उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

एभरेष्ट बैंकले डाक्यो एजीएम, लाभांश पारित गर्ने मुख्य एजेन्डा- बुक क्लोज कहिले ?

0

एभरेष्ट बैंक लिमिटेडको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज २० गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनन सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । यस्तै प्रस्तावित बोनस सेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, सञ्चालकलाई नेपाल भित्र, भारत र नेपाल तथा भारत बाहिर अन्य देशको भ्रमण गर्नु पर्दा दैनिक भत्ता विगत ९ वर्ष देखि पुनरावलोकन नभएकोले हालको मुद्रास्फीतिलाई मध्यनजर गरी हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्नका लागि नियमावलीको संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी प्रस्ताव पारित गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

0

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको नयाँ सीईओ नियुक्त गरेको हो । श्रेष्ठ हाल कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छिन् ।

आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

सञ्चालक समितिको बैठकले बिजय बहादुर शाहलाई बर्खास्त गर्ने निर्णय गरेको थियो साथै सोही बैठकले अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिएको थियो ।

अधिक तरलता भएपछि आज १०० अर्ब तान्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता भएपछी आज राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ तान्न लागेको छ । राष्ट्र बैंकले २१ दिनका लागि १०० अर्ब रकम झिक्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ । अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज २० गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

ज्योति विकास बैंकको संस्थापक सेयर लिलाम बिक्रिमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने

0

ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। उक्त सेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समूहमा पर्ने बैंकले जनाएको छ ।

समता घरेलु लघुवित्तको संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

0

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर लीलाम बिक्रीमा राखेको छ । संस्थाले ५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यसअघि संस्थाको विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २०,००० कित्ता संस्थापक सेयर बिक्री गर्ने इच्छा राखि निवेदन दिएकोमा संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचनामार्फत बिक्रीमा राखिएको थियो ।

उक्त अवधिमा बिक्रीको कुल सेयर कित्ता मध्ये १५ हजार कित्ता से खरिदका लागि आवेदन परेकोमा बिक्री हुन बाँकी ५ हजार कित्ता सेयर बिक्रीको लागि संस्थापक सेयर खरिद गर्न योग्य ईच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरि संस्थाको बनेपामा रहेको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ता तथा दरभाउ सहितको व्यहोरा खुलाई निवेदन दिन संस्थाले सूचित गरेको छ ।

एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ८.०१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने , न्यूनतम मूल्य २०८

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाख १ हजार ४७३ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम बिक्री मूल्य २०८ रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।