Home Blog Page 111

बिभिन्न १० कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, लिखित स्पष्टीकरण पेस गर्न थप सात दिनको समय

0

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।

कार्यालयले एक सुचना जारी गर्दै बिभिन्न निकायबाट कालोसुचिमा राख्न अनुरोध भएकोमा यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नगरेकोले कालोसूचीमा राख्ने तयारी गरेको उल्लेख गरेको छ।

कार्यालयले आजको दिनदेखि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ । सो समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा कार्यालयले विधिवत् रूपमा कालोसूचीमा राख्ने निर्णय गर्ने जनाइएको छ ।

घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न दिनु लगानिकर्तामाथी घात :पदम गिरी

0

नेकपा एमालेका सांसद पदम गिरीले आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अर्थ समितिले नीतिगत कुराहरुमा छलफल गर्ने भएकाले धितोपत्र बोर्ड अर्थ समितिको क्षेत्राधिकार भित्र पर्ने बताएका छन ।

त्यस्तै लेखा समितिले अनियमितता विषयमा हेर्ने भएकाले लेखा समितिको निर्देशन पनि सही नै देखिएको बताए ।

गिरिले नियमावली नै संशोधन गरेर पुनःमूल्याङ्कन गर्ने कम्पनीहरुको मूल्य बढाएर आईपीओ जारी गर्दा लगानीकर्ताहरु मर्कामा परेको बताए । उनले घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न दिएर लगानिकर्तामाथी घात गरेको स्पस्ट सङ्केत गरे ।

उनले अगाडि भने ,‘नियमावली संशोधन गर्दा राजपत्रका प्रकाशित गर्नुपर्ने थियो । त्यहाँ पनि जारी भएको छैन । वास्तवमा सर्वसाधरण सूचनाको हकबाट समेत बन्चित भएको अवस्था छ । यसलाई गम्भिर रुपमा हेर्नुपर्छ ।’

नेटवर्थ ९० प्रतिशत भन्दा माथि वा तल भन्ने विषयमा समितिमा गम्भिर रुपमा छलफल गर्नु आवश्यक रहेको र घाटामा रहेका कम्पनीहरुको आईपीओ जारी गर्न दिँदा सेयर लगानीकर्तालाई ठूलो असर पर्ने गरेको बताएका छन् ।

लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा सहित अपि पावरले बोलायो साधारणसभा

0

अपि पावर कम्पनी लिमिटेडले कात्तिक १ गते २१औं वार्षिक साधारणसभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको खुद मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

सभा सञ्चालनको तयारीका लागि असोज १६ गते बुक क्लोज गर्ने व्यवस्था गरिएको छ।

यसले गर्दा असोज १५ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनको लागि योग्य हुनेछन्।

कुमारी बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

0

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ हजार ४०० कित्ता संस्थापक सेयर बिद्यामान संस्थापक सेयरधनीले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

१४.४६ लाख कित्ता अबितरित हकप्रद सेयर हिमालयन उर्जाले लीलाम बिक्रीमा राख्ने, न्यूनतम मूल्य १००

0

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले १४ लाख कित्ता बढी सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने निर्णय गरेको छ । कम्पनीले आगामी असोज ७ गतेदेखि १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्न लागेको हो ।

कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन गर्दा अबितरित रहेको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर लिलाम बिक्रिमा कम्पनीले असोज ७ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउन लागेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकका शाखा कार्यालयहरु,विराटनगर, जनकपुर,भक्तपुर,पोखरा,कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज १४ गते रहेको छ ।

भगवती हाईड्रोपावरको १४.७३६८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको १४.७३६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको र असोज १ गते इन्द्रजात्राको काठमाण्डौ उपत्याकामा बिदा परेकाले सेयर बजार बन्द रहने भएकोले आज सम्म कायम सेयरधनिले मात्र लाभाम्स पाउनेछन ।

यो लाभांश कम्पनीको आगामी असोज १६ गते आयोजना हुने कम्पनीको २४ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

सानिमा रिलायन्स लाईफले १८ प्रतिसत लाभांश दिने

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको छ ।

बैठकले आव २०८०/८१ को सञ्चित मुनाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

बाल अस्पताल निर्माणका लागि निफ्राले दियो ५० लाख रुपैयाँ

0

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘काठमाण्डौ इन्टिच्युट अफ चाइल्ड हेल्थ’ लाई ५० लाख सहयोग गरेको छ ।

उक्त सहयोग रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायव महाप्रबन्धक सूर्य बहादुर तामाङ, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने लगायतका पदाधिकारीहरु तथा उक्त संस्थाको तर्फबाट डा. भगवान कोइराला, भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

।

कुमारी बैंकद्वारा १० लाख रुपैयाँबराबरको बीमा रकम भुक्तानी

0

कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
भरतपुर मनपा वडा नं २, चितवन निवासी खाताधारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएपश्चात उनका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बीमावापतको १० लाख रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम कुमारी बैंकको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सानिमा जिआईसि इन्स्योरेन्सबाट बीमा दावी रकम प्राप्त भएपश्चात कुमारी बैंकमार्फत सो रकम भुक्तानी गरिएको थियो ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका ४ जना सदस्यहरुले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्छन् । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पुर्ण शारीरिक अशक्तता,चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बीमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आईरहेको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई नेप्सेको आग्रह

0

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन आग्रह गरेको हो ।

नेप्सेमा सूचीकृत ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका कम्पनीले ५० हजार र ५० करोड रुपैयाँभन्दा माथि चुक्तापूँजी भएकाले १ लाख रुपैयाँबराबरको नवीकरण शुल्क बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।

यस्तै ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका डिबेञ्चर र म्युचुअल फण्डले २५ हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्तापूँजी भएकाले ५० हजार रुपैयाँ नवीबरण शुल्क तिर्नु पर्ने हुन्छ ।

नबिकरण शुल्क ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्न सकिनेछ । तोकिएको समयमा रकम नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचिकरण विनियमावली २०७५,को विनियम १६ अनुसार सूचीकरण स्थगन समेत गर्न सकिने नेप्सेले जनाएको छ ।