Home Blog Page 110

१४.४६ लाख कित्ता हिमालयन उर्जाको अवितरित हकप्रद सेयरमा आजदेखि लीलाम बिक्रिमा

0

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले १४ लाख कित्ता बढी सेयर लीलाम बिक्रीमा राखिएको छ । कम्पनीले आजदेखि १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।

कम्पनीले प्रति कित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गर्दा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । अबितरित रहेको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर लिलाम बिक्री गर्न लागिएको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकका शाखा कार्यालयहरु,विराटनगर, जनकपुर,भक्तपुर,पोखरा,कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज १४ गते रहेको छ ।

आशा लघुवित्तले लाभांश घोषणा गर्यो

0

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।

बैठकले आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

२४ लाख कित्ता सर्वोत्तम सिमेन्टको सेयरको लक इन अवधि समाप्त

0

सर्वोत्तम सिमेन्ट लिमिटेडको लक इन पिरीओड सकिएको छ ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको २४ लाख कित्ता सेयरको लक इन अवधि असोज ५ गते समाप्त भएको हो ।

२०८० फागुन २५ गते कम्पनिले आईपीओ बाँडफाँड गरेको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको सेयरको १ लाख ५४ हजार २२७ कित्ता सेयरको लक इन अवधि भने गत भदौ २५ गते समाप्त भएको थियो ।

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको थियो ।

अधिक तरलता भएपछी राष्ट्र बैंकले बजारबाट ३० अर्ब झिक्दै

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आज राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज २० गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

सिईडिबि हाईड्रोपावर र ओेरियण्टल होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत दुई कम्पनी सिईडिबि हाईड्रोपावर र ओेरियण्टल होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

दुवै कम्पनीको असोज ७ गते बुक क्लोज हुनेछ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् । सिईडिबि हाईड्रोपावरले असोज ७ गते र ओरियण्टल होटलले असोज ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्दैछन् ।

सिईडिबि हाईड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ का लागि ११ प्रतिशत बोनस सेयर र ओरियण्टल होटलले ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि)लाभांश घोषणा गरेको छ । आगामी असोज २० गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिनेछ ।

आजबाट अपर तामाकोशीमा आन्दोलन, दोलखाबासी कर्मचारीमाथि विभेद !

0

अपर तामाकोशी हाइडोपावर लिमीटेडमा कार्यरत दोलखा जिल्लाबासी स्थानीय करार कर्मचारी संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । आफ्ना माग पूरा नभएको भन्दै समितिले आन्दोलनको तयारी गरेको हो ।

जिल्लाबासी स्थानीय करार कर्मचारी र जिल्लाबाहिरका कर्मचारीहरुलाई कम्पनीले उपलब्ध गराउने सेवासुविधामा विभेद गरिएको भन्दै संघर्ष समितिले विभिन्न माग राखी व्यवस्थापनलाई भदौ २८ देखि असोज ३ गतेसम्मको समयसीमा दिएको थियो । सो समयसीमाभित्र पनि आफ्ना माग पूरा नभएपछि संघर्ष समितिले असोज ४ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघर्ष समितिले असोज ४ गतेदेखि ५ गतेसम्म शान्तिपूर्ण धर्ना दिनेछ । पावर प्लान्ट सञ्चालनमा समितिले कुनै अबरोध गर्ने छैन तर असोज ६ गतेदेखि भने माग पूरा नभएसम्म कम्पनीको सवारी साधन सञ्चालनमा रोक लगाइने संघर्ष समितिले जनाएको छ ।

दोलखा जिल्लाबासी र जिल्ला बाहिरका कर्मचारीहरुले पाउने सेवासुविधामा समानताका हुनुपर्ने माग राखिएको छ ।

समितिले दोलखा जिल्लाबासी केही कर्मचारीहरुको हालै कटौती गरिएको खाईपाई आएको सेवासुविधाको समेत सोधभर्नासहित कटौति गरेको सेवासुविधा उपलब्ध गराउनुपर्ने माग राखेको छ ।

सेयर बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्दै धितोपत्र बोर्डले , पहिलो हुनेलाई २५ हजारको व्यवस्था

0

नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दै विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो

बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२४ कात्तिक ६ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमहरु गर्ने क्रममा बोर्डबाट निबन्ध प्रतियोगिता पनि आयोजना गर्न लागिएको हो ।

उक्त प्रतियोगितामा विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पस÷कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थिहरुले सहभागीता हुन पाउनेछन ।

निबन्धको शीर्षक Fundamentals of Investing in Capital Market र Prevention of Frauds and Scam in Capital Market: Role of Investors, Market Intermediaries and Regulator. रहेका छन् । इच्छुक सहभागीले असोज २८ गतेभित्र बोर्डमा आफ्नो निबन्ध पेश गर्न गर्नु पर्नेछ ।

निबन्ध नेपाली वा अंग्रेजी मध्ये कुनै एक माध्यममा लेख्न सकिनेछ । उक्त निबन्ध पठाउँदा अध्ययनरत क्याम्पस र कलेजको सिफारिस अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ । उक्त निबन्धको वर्ड फाइल अनिवार्य रुपमा पठाउनु पर्नेछ ।

यस्तै निबन्ध कम्तिमा १५ सय र अधिक्तम ३ हजार शब्द सीमामा हुनु पर्नेछ र निबन्ध पठाउँदा अन्यत्र प्रकाशित नभएको र प्रकाशनको लागि अन्यत्र पेश समेत नगरिएको हुनु पर्नेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार हुनेले २५ हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार नगद पुरस्कार पाउनेछन् ।

१७.५० लाख कित्ता आँखुखोला जलविद्युतको अवितरित हकप्रद सेयर बिक्रीमा राखिने, न्यूनतम मूल्य १००

0

आँखुखोला जलविद्युत कम्पनी लिमिटेले १७ लाख कित्ता बढी सेयर लिलाम बिक्रीमा राख्ने निर्णय गरेको छ । कम्पनीले आगामी असोज ११ गतेदेखि १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राख्न लागेको हो ।

कम्पनीले असार ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुका गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १ कित्ता सेयरबराबर नयाँ १.५ कित्ता ९(१ः१.५) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको १ करोड २० लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना सेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । बाँकी रहेको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद सेयर अवितरित रहेको थियो ।

कम्पनीले असोज ११ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउन लागेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखा कार्यालयहरु,विर्तामोड, विरगञ्ज, हेटौडा, जावलाखेल,लेकसाइड,नेपालगञ्ज,सुर्खेत र धनगढीमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज २० गते रहेको छ ।

बजारमा पैसा धेरै भएपछी आज ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

0

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि ५० अर्ब रकम झिक्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ । अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज २१ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

असोज महिनाका लागि कुन बैंकको ब्याजदर कती ?

0

असोज महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन जसमध्ये एनआईशी एशिया, एभरेष्ट बैंक सिटिजन बैंक,सानिमा बैंकलगायत ९ वटा बैंकले ब्याजदर घटाएका छन् ।

यस्तै २ वटा बैंकले ब्याजदर बढाएका छन् ।

असोज महिनाका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.३९ प्रतिशत भएको छ भने संस्थागत मुद्दति निक्षेपतर्फ बैंकहरुको औषत ब्याजदर ५.१० प्रतिशत भएको छ ।

असोज महिनाका लागि बैंकको ब्याजदर

एनआईशी एशिया बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.१८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक लिमिटेड

यस बैंकले व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.९४ प्रतिशत ब्याजदर तोकेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

यस बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रभु बैंक

बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेष्ट बैंक

यस बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

यस बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंक

बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंक

बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नबिल बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

एनएमबी बैंक

यस बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको तोकेको छ ।

हिमालयन बैंक

यस् बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०७ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।