सुनको मूल्य १.३७ प्रतिशत अर्थात ३५.९८ डलरले बढेको छ । मुल्य बढेसङ्गै हाल सुनको मूल्य प्रतिऔंस २ हजार ६६२ डलर भएको छ । जुन हालसम्मकै उच्च हो ।
आजको कारोबारमा चाँदीको मूल्य पनि १.३० डलरले बढेर प्रतिऔंस ३१.९८ डलर कायम भएको छ
सुनको मूल्य १.३७ प्रतिशत अर्थात ३५.९८ डलरले बढेको छ । मुल्य बढेसङ्गै हाल सुनको मूल्य प्रतिऔंस २ हजार ६६२ डलर भएको छ । जुन हालसम्मकै उच्च हो ।
आजको कारोबारमा चाँदीको मूल्य पनि १.३० डलरले बढेर प्रतिऔंस ३१.९८ डलर कायम भएको छ
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तोकिएको छ ।
यो योजनाका इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि घोषित प्रतिफलको बुक क्लोजको मिति तोकिएको हो।
योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलले यो योजनाको प्रतिफल वितरण प्रयोजनार्थ आगामी असोज १६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
क्यापिटलले एनआईबिएल ग्रोथ फण्डका लागि ६.३५ प्रतिशतका दरले हुन आउने रकम ८ करोड ३८ लाख २० हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि नगद लाभांश पनि दिने छ ।
कम्पनिको लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा समेत डाकेको छ ।कम्पनीको १५ औं वार्षिक साधारण सभा कात्तिक ५ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने र उक्त प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको संख्यामा संसोधन गर्ने विशेष प्रस्तावहरु पारित हुनेछ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १८ गते देखि कात्तिक ५ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब(बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ ।
युसएड साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको कुमारी बैंकले काठमाण्डौंको उत्तरपुर्वमा अवश्थित गोकणर्ेश्वर नगरपालिका सँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ ।
वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै व्यावहारिकरुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
विशाल ग्रुपको स्वामित्वमा रहेको ७ लाख कित्ता नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो ।
लिलामी सेयरमा कम्पनीका बिद्यमान संस्थापक सेयरधनीले आज कार्यालय समयसम्म यसमा आवेदन दिन पाउनेछन ।
कपनिको न्यूनतम ४५० रुपैयाँ वा सो भन्दा बढी मूल्य राखेर बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १ लाख देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।
रुरु जलविद्युत कम्पनी लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनीमा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सुम्निमा हाइड्रो पावर कम्पनीको सेयरमा लगानी गर्ने निर्णय गरेको हो ।
अन्य जलविद्युत कम्पनीहरुको सेयरमा लगानी गर्ने निति अनुरुप उक्त कम्पनीमा लगानी गर्न लागिएको हो ।
सुम्निमा हाइड्रो पावर कम्पनीद्वारा प्रर्वद्धित अपर पिखुवा खोला जलविद्युत आयोजना ४.९ मेवा र पिखुवा पशुपति जलविद्युत आयोजना ४.१ मेवा निर्माणका लागि रुरु जलविद्युत परियोजनाको कम्तीमा ५१ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी सुम्निमा हाइड्रो पावर कम्पनीको सेयरमा लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
कामना सेवा विकास बैंक लिमिटेडको असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको छ ।
सभा असोज ३० गते काठमाण्डौको नक्सालको लिसारा रिसेप्शमा बिहान १०.३० बजेदेखि हुनेछ ।
कम्पनिको प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव सभाले पारीत गर्नेछ ।
त्यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन पारीत गर्ने, प्राथमिक पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र तथा नियमावलीको संशोधन, अग्राधिकार सेयर जारी,दर्ता तथा सूचीकरण गर्ने लगायतका सोसँग सम्बन्धित कार्यहरु स्वीकृतिको क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट कुनै विषय, शर्तहरु लगायतका संशोधन तथा फेर बदल गर्न विशेष प्रस्ताव पारित गरिनेछ ।
आव २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको प्रस्तावित लाभांश पाउन र सभाम हुन योग्य हुनेछन् ।
घरेलु बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार हुँदै छ ।
ओेरियण्टल होटल र सिईडिबि हाईड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनिले सेयरधनीहरुलाई प्रस्ताबित बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरिदिएको हो ।
ओेरियण्टल होटलले ५ प्रतिशत बोनस सेयर दिएको छ । यसला लागि मुल्य समयओजन गरी कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९८०.९५ रुपैयाँ कायम गरिएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ३० रुपैयाँ कायम थियो ।
सिईडिबि हाईड्रोपावरको ११ प्रतिशत बोनस सेयरको मुल्य समायोजनपश्चात सेयरमूल्य प्रतिकित्ता १ हजार ८२९.७३ रुपैयाँ भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ हजार ३१ रुपैयाँ थियो ।
आजदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ ।
एभरेष्ट बैंक लिमिटेडको गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।
यो लाभांश बैंकको आगामी असोज २० गते आयोजना हुने कम्पनीको ३० औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।