Home Blog Page 108

५.१४ लाख कित्ता एशियन लाइफको संस्थापक सेयर बिक्रीमा

0

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ। यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

निर्धारित समयावधि भित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

0

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकले बिक्री गर्ने कित्ताका बारेमा भने केही खुलाएको छेन । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुका लागि गत भदौ ७ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त समयावधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुवाट कुनै लिखित जानकारी पेश हुन नआएकाले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिनु पर्नेछ

ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने, २५ लाखसम्म लिन पाइने

0

ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक ग्राहकले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् ।

यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् ।

यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. २५ लाखसम्म तोकिएको छ ।

यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ । निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन ।

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रकृया अगाडि बढयो, पहिला अनुपस्थित ३ जनालाई प्रस्तुतीकरणमा बोलाइयो

0

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि स्थगित प्रकृयालाई अगाडि बढाएको छ । त्यसका लागि व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्तामा छुटेका तीनजना उम्मेद्वारहरुको नाममा पुनः सूचना प्रकाशित गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले बिहीबार एक सूचना जारी गर्दै आवेदकमध्ये सर्टलिस्टमा परेका ५ जनामध्ये पनि प्रस्तुतीकरण र अन्तर्वार्ता बहिस्कार गरेका तीनजनालाई पुनः असोज १८ बोलाइएको हो ।

कृष्णबहादुर कार्की, डा. चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आगामी असोज १८ गते बिहान ८ बजे अर्थमन्त्रालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष छनौटको प्रक्रिया यसअघी नै सुरु भएको थियो । आवेदकमध्ये सर्टलिस्टमा सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ, डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र डा. चिरञ्जिवी चापागाईंको नाम परेको थियो तर मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्र अन्तर्वार्तामा उपस्थित भएका थिए । अन्य उम्मेदवार अनुपस्थित भएका थिए ।

धितोपत्र बोर्डको नियुक्ति प्रक्रियाअनुसार सिफारिस समितिले उम्मेद्वारमध्ये ३ जनाको नाम सिफारिस गर्नैपर्ने बाध्यकारी व्यवस्था भएका कारण २ जनाको मात्र प्रस्तुतीकरण र अन्तर्वार्ताले सो प्रक्रिया स्थगित हुन पुगेको थियो ।

मन्दाकिनी हाईड्रोपावरले लाभांश घोषणा गर्‍यो

0

मन्दाकिनी हाईड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश बाड्ने निर्णय गरेको हो ।

बैठकले सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र र ०.२६३२ प्रतिशत नगद लाभाशं (कर प्रयोजनका लागि) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्र सेयर जस्तै कारोबार गर्न सकिने

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । अब देखी सेयर कारोबार जस्तै बचतपत्र पनि खरिदबिक्री गर्न सकिने छ ।

यि दुइको दोस्रो बजार कारोबार ‘ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर (डोम्स)’ र इन्भेष्टर पोर्टलमार्फत् गर्न सकिने छ ।

सरकारले आन्तरिक ऋण उठाउनका लागि प्रयोग गर्ने अर्को उपकरण ‘ट्रेजरी बिल्स’ को दोस्रो बजार कारोबार पनि ‘डोम्स’ मार्फत् गर्न सकिनेछ । त्यस्तै विकास ऋणपत्रको दोस्रो बजार कारोबार नेप्सेमा सूचीकृत दलाल (ब्रोकर) कम्पनीमार्फत् कारोबार गर्न सकिने छ ।

‘नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र खरिद गर्न चाहने व्यक्तिले पहिलोपटक इन्भेष्टर पोर्टलमा तोकिएको ढाँचामा विवरणहरू प्रविष्टि गरी रजिष्टर गरेर युजरनेम तथा पासकोड प्राप्त गर्न सक्नेछन्’, कार्यविधिमा उल्लेख छ । यस्तो बचतपत्र निष्कासन गर्दा तोकिएको अवधिभित्र पहिलो निवेदकले पहिले पाउने प्रक्रियाबाट बाँडफाँट गरिने पनि कार्यविधिमा भनिएको छ ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको व्याज अर्धवार्षिक रूपमा सोझै खरिदकर्ताको बैंक खातामा जम्मा गरिनेछ । यो खरिदबिक्री गर्दा व्याज भुक्तानी हुने मितिको एक कार्यदिन अगाडिदेखि भने दोस्रो बजारबाट खरिदबिक्री गरी बचतपत्रको स्वामित्व हस्तान्तरण गर्न पाइने छैन ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई सरकारी ऋणपत्र तथा बचतपत्रको कारोबारका लागि बजार निर्माताका रूपमा इजाजत दिइनेछ ।

यस्तै कार्यालयले बैंकबाट विप्रेषणको लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी र मनी ट्रान्सफर कम्पनीले बिक्री एजेन्टका रूपमा कार्य गर्न चाहेमा इजाजत दिन सक्नेछ ।

५.१३ करोड कित्ता मध्य भोटेकोशीको सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुँदै

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड कम्पनीको ५ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ११ गते समाप्त हुन लागेको छ ।

कम्पनीको संस्थापक सेयर, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरु, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरु, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरु र कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।

कम्पनीको ३ करोड ६ लाख कित्ता संस्थापक सेयर, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरुको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको २१ लाख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरुको ६ लाख कित्ता, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरुको ६० लाख कित्ता र कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको ३ लाख ६० हजार कित्ता गरी कुल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लक इन अवधि सकिने भएको हो ।

संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर तीन बर्षसम्म लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । कम्पनीले सर्वसाधारणलाई मिती २०७८ साल कात्तिक १२ गते बाँडफाँड गरेको थियो ।

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

0

ग्लोबल आइएमई बैंकले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचजा जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको संख्या एकिन गरिएको छैन ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।

४ वटा म्युचुअल फण्ड र २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

नेप्सेमा सूचीकृत ४ वटा म्युचुअल फण्ड र २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण प्रायोजनका लागि भदौ ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन ।

यसर्थ आजसम्म कायम सेयरधनीहरु मात्रै यी म्युचुअल फण्ड र कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।

सानिमा रिलायन्स लाइफले गत आवका लागि १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

एनएमबि ५० ले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई करसहित ५ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

७९ हजार कित्ता हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलाम बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७९ हजार ३२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।

समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।