Home Blog Page 107

नेशनल लाइफको संस्थापक सेयर बिक्रीमा, मुल्य कति ?

0

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको सेयर लीलाम बिक्रीमा राखिएको छ । स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको नेशनल लाइफको १५ हजार ९४५ कित्ता सेयर आजदेखि बिक्रीमा राखेर बिक्री गर्न लागेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा असोज २० गते कार्यालय समयभित्र आइपुग्ने गरी कती कित्ता लिने हो र प्रति कित्ता कतिमा लिने हो सो कबुल गरी आवेदन दिनु पर्नेछ ।

विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिई ३५ दिने सूचना जारी गरि यसअघि नै उक्त सेयर बिक्रीमा रािखएको थियो । तर विद्यमान संस्थापकहरुबाट आवेदन नपरेपछि सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

दुई बीमा कम्पनीले हकप्रद निष्काशनका लागि स्वीकृती पाए

0

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई बीमा कम्पनी , एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी नेपाल)लाई हकप्रद निष्काशनका लागि स्वीकृती दिएको छ ।

धितोपत्र बोर्डबट स्वीकृती पाएसँगै अब एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत(१ः०.६६) र एलआईसी नेपालले ८८.४५१ प्रतिशत(१(०.८८४५१ )हकप्रद जारी गर्नेछन् ।

एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशत तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट र एलआईसी नेपालको नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेका छन् ।

रुरु जलविद्युत परियोजनाले लाभांश घोषणा गर्‍यो, ८० प्रतिशत हकप्रद पनि जारी गर्ने

रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले १:०.८०(८० प्रतिशत)हकप्रद पनि जारी गर्ने निर्णय गरेको छ ।

२१ हजार कित्ता कालिका लघुवित्तको संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले पनि किन्न मिल्ने

0

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर विद्यमान संस्थापकहरुबाट कुनै आवेदन नपरेपछि आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

यस्तो आवेदन सूचना प्रकाशित भएको १५ दिनभित्र दिनुपर्नेछ।

बाढीले माण्डु हाईड्रोपावरको सम्रचना डुबायो , उत्पादन बन्द

0

माण्डु हाईड्रोपावर लिमिटेडको आयोजनाको केही सम्रचना बाढिले डुबाएको छ । यो सङ्गै कम्पनिबाट हुने विद्युत उत्पादन बन्द भएको छ ।

बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले यस आयोजनाको पावर हाउस तथा हेड वर्बसमा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको छ ।

यसका साथै, प्लान्ट सञ्चालन अवरुद्ध भई काबु भन्दा बाहिरको स्थिति श्रृजना भई विद्युत उत्पादन हुन नसकेको कम्पनीले जनाएको छ । यस सम्बन्धी पूर्ण क्षतिको विवरण आउन बाँकि रहेको समेत कम्पनीले जनाएको छ ।

बजारमा पैसा फालाफाल भएपछी आज राष्ट्र बैंकले ५० अर्ब तरलता बजारबाट तान्दै

0

बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता भएपछि आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न बजारबाट तान्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले बजारबाट ७ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज २० गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

आज म्युचुअल फण्डको २ वटा योजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

0

प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी २ वटै फण्डको बुक क्लोज असोज १४ गते हुणे भएकोले आजसम्म कायम ईकाईधनीहरु मात्रै यी २ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्डका लागि १० प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि ८.५० प्रतिशत लाभांश(कर सहित)घोषणा गरिएको छ ।

स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो लाभांश

0

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको असोज १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई हालसम्म कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

एनएमबि फिफ्टीको इकाईमूल्य समायोजन

0

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको इकाईमूल्य समायोजन गरिएको छ ।

एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई घोषणा गरिएको १०.४६ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन गरिएको हो ।

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात फण्डको प्रति इकाई मूल्य १०.४६ रुपैयाँ भएको छ । फण्डको अन्तिम कारोबार मूल्य प्रतिइकाई ११.९६ रुपैयाँ थियो ।

कुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा, खरिद मुल्यको २५ प्रतिसतसम्म क्यासब्याक पाउन सकिने

0

अनवरतरुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो विजया–दशमीका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने यस अफर मार्फत कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम रू. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना अन्र्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने ब्यवस्था गरिएको छ । यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरुमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।