Home Blog Page 106

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

0

माछापुच्छ्रे बैंक लिमिटेडले एक सूचना जारी गर्दै ५५ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आवेदन दिनु पर्नेछ ।

यसरी आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाउनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

बजारमा पैसा फालाफाल भएपछी बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

अधिक तरलता भएपछी त्यसको व्यवस्थापनका लागि आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ७ दिनका लागि ५० अर्ब रकम झिक्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज २३ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बजारबाट पैसा झिक्ने गर्छ भने ६।५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

सुपर मादी हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

सुपर मादी हाईड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले सोज १८ गते देखि कात्तिक ५ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब९बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले लाभाम्स सुरक्षित गर्न आजसम्म सेयरधनीहरु बनीसक्नुपर्ने छ । किनकी भोली सार्वजनिक बिदा परेको छ ।

कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

फरवार्ड माइक्रोफाइनान्सले लाभांश घोषणा गर्‍यो

0

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

उक्त बैठकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट वितरण्ण गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब चलखेल भयो भन्नु अफवाह मात्र : प्रधानमन्त्री

0

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिमा ५ अर्बको चलखेल भयो भन्नु अफबाह मात्र भएको बताएका छन् ।

मंगलवार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले त्यो समयमा एमाले सरकारमा भएपनि निर्णय गर्ने ठाउँमा नभएको भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब लिनेकुरा आफूले नगरेको बताए ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले आफू निकट पत्रिकामा समाचार लेखाएर हल्ला फिँजाएको जिकिर गरेका छन् ।

उनले आफू कमिसनका निम्ति काम गर्ने नभई देशका निम्ति काम गर्ने र भ्रष्टाचार गर्ने नभइ, रोक्ने मान्छे भएकाले भ्रष्टाचार काम आफूबाट हुन नसक्ने भन्दै उक्त समय आफु अधिकारमा नरहेको बेला ५ अर्ब खाने भयो भनेर बिपक्षिले अफवाह फैल्याइएको बताए।

उनले भने,‘सेयर मार्केटमा गइरहेको पहिरोको कुरा गर्नुभयो । सेयर मार्केट तलमाथि भइरहन्छ । यस्तो परिस्थितिमा बाढी, पहिरो गयो, देशको अर्थतन्त्रमा ठूलो धक्का लाग्यो अनि सेयर मार्केट अनि एकदम माथि उठेर कसरी जान्छ । त्यो अलि स्वभाविक नै जस्तो लाग्छ मलाई । यस्तो विपद्को बेलामा शेयर मार्केट अलि डाउन हुनेकुरा स्वभाविक नै हो । फेरि माथि उठ्ला भन्ने आशा गरेको छु । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति ५ अर्ब मैले भनेको होइन, ५ अर्बको कुरा एउटा पत्रिकाले छाप्यो । जो त्यस बेलाका सरकारका प्रधानमन्त्री, अर्थमन्त्रीहरुको नजिकै वा उहाँहरुको पक्षको केही हो । त्यो मैले भनिरहन परेन । ४÷५ अर्ब खाने भयो भनेर, ४-५ अर्बको बाटो ग¥यो भनेर भनियो । हाम्रो पार्टी त्यतिबेला सरकारमा भएपनि हामी न निर्णय गर्ने ठाउँमा थियौँ । यत्ति चाहीँ भनेको हो । हरेक परिस्थितिलाई लाभ लिने अवसरको रुपमा प्रयोग नगर्नु । देशको अवस्था नाजुक छ । यसमा कमिसनखोरी गर्ने, कमिसन खाने, पैसा लिएर नियुक्ति, पैसा लिएर सरुवा, बढुवा जस्ता कुराहरु, कमिसन लिएर ठेक्का दिनेकुराहरु गर्नु हुँदैन भनेर मैले भनेको थिएँ । त्यो भनेपछि किन झस्किनुभयो, भोलिपल्ट ५ अर्ब खाने भयो भनेर छापेपछि मैले उहाँहरुलाई सोधेँ । ५ अर्ब मलाई कसले ल्याएर दिन्छ र ? किन दिन्छ ? मैले भनेको छु, म कमिसनका निम्ति काम गर्ने होइन, देशका निम्ति काम गर्ने हो । म भ्रष्टाचार गर्ने होइन, रोक्ने मान्छे हुँ । मैले कसरी छाप्यो भनेर सोधेँ, हामीले छपाएको होइन भन्नुभयो । अचम्म के छ भने अर्थमन्त्री एउटा छ, प्रधानमन्त्री अर्को छ अनि ५ अर्ब केपी ओलीले खाने भयो भनेर छापिन्छ, के हो त्यो भनेर मैले उहाँहरुलाई यसमा ५ अर्बको डिल गर्नेले पनि गर्ला जस्तो लाग्दैन । यस्तो हुन्छ भने यो कुरा बन्द र अन्त्य गर्नुस् भनेपछि उहाँहरु छट्पटाउनु भयो । सम्मानित सर्वोच्च अदालतले नै पहिलाकै प्रक्रियाअनुसार अघि बढ्नुस् भन्ने आदेश दिएको हुनाले त्यो प्रक्रिया अघि बढेको हो । ५ अर्बको कुरा त मलाई विश्वास छैन तर यो जो छाप्नुभयो, तत्कालीन प्रधानमन्त्री, अर्थमन्त्री जसले जसले छाप्नुभयो । उहाँहरुले छाप्नुभयो । उहाँहरुले किन छाप्नुभयो, त्यो म जान्दिन, उहाँहरु निर्णय गर्ने ठाउँमा हुनुहुन्थ्यो । फेरि मेरा नाउँमा किन छपाउनु भयो, ५ अर्ब खाएको छ । उहाँहरु यस्ता हल्लाहरु खुब गरेर हिँड्नुहुन्छ ।’

उनले विपद्जन्य घटनाका कारण देशको अर्थतन्त्रमा ठूलो धक्का लागेको अवस्थामा सेयर मार्केट तल जानु स्वाभाविक भएको बताउनु भयो । उनले सेयर बजारमा छिट्टै सकारात्मक माहोल आउने पनि बिस्बास ब्यक्त गरेका छन ।

यी २१ कम्पनी सरकारको कालोसूचीमा परे , अब ३ वर्षसम्म कुनै पनि काम नपाउने

0

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

यि कम्पनीहरूलाई तीन वर्षसम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न पाउने छैनन ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी विभिन्न २१ निर्माण व्यवसायी तथा आपूर्तिकर्तासँग कुनै कारोबार नगर्न सूचनामार्फत आग्रह गरिएको हो।

यी हुन् कालोसूचीमा परेका २१ निर्माण कम्पनीः

मृतकका परिवारलाई २ लाख दिने निर्णय, अस्थायी आवास निर्माणका लागि १ लाख दिईने

0

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत रकम र आबासमा असर परेकाहरुको विवरण सन्कलन गरी अस्थायी आवास निर्माणका लागि प्रदेश सरकारले १ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

यसका साथै, घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्थापन मिलाउने, तत्काल उद्धार राहत र पुर्ननिर्माणमा जुट्ने निर्णय, भौतिक रूपमा क्षति भएका सडक, पुल, विद्युत्, खानेपानी लगायतको व्यवस्थापन गर्न जिल्ला स्थित प्रदेश मातहतका कार्यालयहरू मार्फत बजेट व्यवस्थापन गर्ने र बस्ती, घर, चौपायहरुको क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

हाथवे इन्भेष्टमेन्टद्वारा साधारण सभा बोलायो, के छन एजेन्डा

0

हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी कात्तिक २५ गते आइतबारका दिन काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा गत आव २०८०/८१ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, सोहि मितिमा समाप्त आव २०८०/८१ को आयव्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने, आव २०८१/८२ को बाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिको रिक्त पदमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको नियूक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन तथा लाभांश पाउन योग्य हुनेछन् ।

सिटिजन्स बैंकको बुक क्लोज मिति तोकियो, लाभांश पाउन कहिलेसम्म सेयरधनी बनिसक्नुपर्छ ?

0

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोज मिति तोकेको छ । बैंकले आगामी १८ औं वार्षिक साधारण सभा तथा गत आवका लागि प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तोकेको हो ।

बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकोले असोज २८ गतेसम्म नेप्सेमा कारोबार भई सेयरधनीहरु बनिसक्ने सेयरधनिले मात्र प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन ।

बैंकले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रभु लाइफ र गुरास लघुबित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत दुई कम्पनीहरु, प्रभु लाइफ इन्स्योरेन्स र गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रभु महालक्ष्मी लाइफले आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले आगामी असोज २३ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ ।

यसैगरी गुराँस लघुवित्तले पनि गत आवका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । आगामी असोज २९ गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिनेछ ।