Home Blog Page 105

डिजिटल कारोबारमा लुटधन्दा : १ रुपैयाँ पठाउदा ११.३० रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने

सरकारले डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने निती लिएपनी व्यबहारमा त्यसलाई उतार्न सकेको छैन ।

दिर्घकालिन सोचको कमी र कोठामा बसेर बनाईएका नियमले दिगो समाधान दिन सक्दैनन । अहिले त्यस्तै भएको छ । एक रुपैया पठाउदा ११ रुपैया ३० पैसा अतिरिक्त शुल्क तिर्नुपरेपछी सेवाग्राहीहरु रनभुल्लमा परेका छन ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन– २०८० ले शुल्कसम्बन्धी व्यवस्था गरेको थियो। जसअनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोबाइल एप्लिकेसन (एप) वा इन्टरनेट बैंकिङमार्फत विद्युतीय रकमान्तर अन्तर बैंक फन्ड ट्रान्सफर गर्दा सेवा प्रदायकहरूले प्रति कारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने अधिकार राष्ट्र बैंकले दिएको छ। त्यसमा चालु आर्थिक वर्षको संशोधित आर्थिक विधेयकमार्फत सरकारले १३ प्रतिशत भ्याट लिदा प्रतिकारोबार ११ रुपैयाँ ३० पैसा सेवा शुल्क परेको हो ।

हाल धेरै मानिसहरुले डिजिटल भुक्तानीलाई प्राथमिकता दिईरहेका छन । पैसा बोक्नुनपर्ने झन्झट रहित सरल रुपमा कारोबार हुने भएकालले यसलाई धेरैले रुचाएका छन । अहिले नगद बोक्नु भन्दा डिजिटल भुक्तानी गर्नु नै सजिलो मान्ने जमात बढ्दै छ तर सेवा शुल्कको कारण समस्यामा पर्ने गरेका छन ।

अहिले मानिसहरुले कसैलाई पैसा तिर्नु छ भने नगद दिनुभन्दा डिजिटल बैंकिङ प्रणाली मार्फत तिर्नु नै सजिलो मान्छन तर फेरी यहाँपनी सेवा शुल्कले तनाब थपिदिएको छ । सानो कारोबारमा ठुलो सेवा शुल्क उचित पनि देखिदैन ।

केही समयअघी प्रधानमन्त्री केपी शर्मा ओलीले मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त चार्जका कारण सेवाग्राही मारमा परेको गुनासो आइरहेको र यसलाई घटाउने वा निःशुल्क बनाउन छलफल गरिरहेको भनेको भएतापनी हालसम्म उक्त बिषयमा कुनै निर्णय भएको छैन ।

यस बिषयलाई गम्भिरतापुर्बक लिएर सानो कारोबारलाई निसुल्क गर्ने बिषयमा सरकारले सोच्नु जरुरी देखिएको छ । किनकी सरकारले चाहने हो भने भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन– २०८० लाई सम्सोधन गरेर निस्चित सिमासम्म ( मानौ रु ५००० सम्म ) सेवा शुल्क नलिने भन्ने एक वाक्य थप्ने हो भने समस्या एकैछिनमा समाधान हुनेछ ।

हाल सामाजिक सन्जालमा समेत सानो कारोबारमा धेरै सेवाशुल्क लिएको भन्दै यसको ब्यापक बिरोध भईरहेको छ ।

ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गर्‍यो

ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समितिको ४४६ औं बैठकले आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.५ प्रतिशत लाभांश(बोनस सेयर) वितरण गर्ने निर्णय गरेको छ ।

बोनस सेयरमा लाग्ने करको विषयमा बैंकले नियामकहरुलाई पठाएको पत्रमा उल्लेख गरेको छैन । श्रोतका अनुसार पछील्लो मर्जरका कारण सेयरधनीले बोनस सेयरका लागि कर तिर्नु पर्दैन ।

अब उक्त प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएर कम्पनीको आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

आशा लघुवित्तको १५ प्रतिसत लाभांश स्वीकृत

0

आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको प्रस्तावित १५ प्रतिशत लाभांश राष्ट्रबैंकबाट स्वीकृत भएको छ ।

यस लघुवित्तले आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

राष्ट्रबैंकले असोज २१ गते स्वीकृति दिएको हो ।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले बोनस सेयर पाउनेछन् ।

सिटिजन्स बैंकले लाभांश पारित तथा मर्जर मुख्य अजेण्डासहीत साधारण सभा बोलायो

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने मर्ज गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको बैंक तथा बैकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र २०८० साउन १ गतेदेखि २०८१ असारसम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने चालु आवका लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

उक्त सभा काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सानिमा लिमिटेडको आईपीओ आउने

सानिमा लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

आईपीओ जारी गर्ने निर्णय पारीत गर्न कम्पनीले कात्तिक १४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्ने जनाएको छ ।

यस्तै सेयरधनीलाई ७५.७४ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानका विषयमा छलफल गर्ने प्रस्ताव गरेको छ ।

यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण प्रस्ताव रहेको छ ।

३२.१६ लाख कित्ता बुद्धभुमी नेपाल हाईड्रोको सेयरको लक इन अवधि आज सकिदै

0

बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आज सकिदै छ । कम्पनीको ३२ लाख कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।

कम्पनीको २८ लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको ४ लाख कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको १६ हजार कित्ता गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानिय र कर्मचारीलाईसहित सर्वसाधारणलाई जारी गरेको सेयर विस २०७८ असोज २२ गते बाँडफाँड गरेको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्ष आगामी असोज २१ गते समाप्त हुने भएकाले उक्त अवधिभर लक इनमा रहेको,स्थानिय बासिन्दाका लागि जारी गरिएको,संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको कम्पनीले जनाएको छ ।

महासंघका अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

0

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो ।

साथै, सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहेका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गरेको विशिष्ठ भूमिकाको कदरस्वरुप ढकाललाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।

मञ्चको वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उनलाई उक्त सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका विशिष्ठ व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।

नेपाल हाल संघीय शासन प्रणालीमा रुपान्तरित भएको भए पनि साविकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्धन हेतु स्थापित सो मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरुलाई सम्मान गर्ने गर्दछ ।

अपि पावरले लाभांश घटायो

0

अपि पावर कम्पनी लिमिटेडले यसअघी प्रस्तावित लाभांश घटाएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

यसअघि कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेकोमा विद्युत नियमन आयोगले अस्विकृत गरेको थियो ।

यससँगै बैठकले यसअघि स्थगित कम्पनीको २१ औं वार्षिक साधारण सभा समेत डाकेको छ । बैठकले आगामी कात्तिक ११ गते आइतबारका दिन काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।

१६ हजार कित्ता महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

0

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १६ हजार ४१० कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा राखेको छ ।

सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् । यस अघि गत असार ११ गते ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकबाट खरिद बावेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर लीलाम बिक्रीमा राखेको छ ।

आजदेखि बिक्रीमा राखिएको यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बैंकले सेयरको संख्या भने खुलाएको छैन । बिक्री गर्ने संस्थापकहरुको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न हुन सकिने बैंकले जनाएको छ ।