Home Blog Page 104

ग्लोबल आइएमई बैंकको कात्तिक महिनाका लागि ब्याजदर कति ?

0

ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

जसअनुसार बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असोज महिनाका लागि पनि सोही ब्याजदर थियो ।

व्यक्तिगत निक्षेपका लागि कात्तिक महिनामा ३ देखि ६ महिनासम्मका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.५० प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४.५० र २ वर्ष र सोभन्दा माथिका लागि ५.२५ प्रतिशत ब्याजदर रहेको छ ।

 कुमारी बैंकको कात्तिक महिनाको ब्याजदर अघिल्लो महिनाकै कायम

0

कुमारी बैंक लिमिटेडले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको ब्याजदर अघिल्लो महिना जती नै दिने भएको छ ।

कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.३१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ४.८१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.३१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ५.८१ प्रतिशत ब्याजदर पाउनेछन् ।

कुमारी स्मार्ट एप अन्तर्गत ३ महिनादेखि ६ महिना तलका लागि ४.५१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.०१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.५१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ६.०१ प्रतिशत ब्याजदर पाउनेछन् ।

त्यस्तै संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष तलका लागि मुद्दती निक्षेपमा ३.०२७ प्रतिशत र १ वर्षदेखि २ वर्ष मुनिका लागि ३.२५ प्रतिशत,२ वर्षदेखि ३ वर्ष मुनिका लागि ४.०१ प्रतिशत र ३ वर्ष र सोभन्दा माथिको अवधिका लागि भने ५.०१ प्रतिशत ब्याजदर पाउने छन् ।

रुरु जलविद्युतको सेयरमूल्य समायोजन

0

रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो ।

मुल्य समायोजनपछी कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६४.३५ रुपैयाँ भएको छ ।समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८७९ रुपैयाँ थियो ।

कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश दिएको छ ।

छिमेक लघुवित्तको संस्थापक सेयर लिलाम बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ४३०

0

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखिएको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ हजार ९९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र मध्य बानेश्वर काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

सुपर खुदी हाइड्रोमा नेपाल हाईड्रो डेभलपरले रु.१० करोड लगानी गर्दै

0

सुपर खुदी हाइड्रो पावरमा नेपाल हाईड्रो डेभलपर लिमिटेडले लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको असोज २३ गतृ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सुपर खुदी हाइड्रो पावर लिमिटेड द्वारा प्रर्वद्धित माथिल्लो खुदी जलविद्युत आयोजना (२६ मेवा) मा अधिकतम १० करोड रुपैयाँ ( रु.१०० अंकित १० लाख कित्ता सेयरसम्म लगानी गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

हालसम्मकै सबैभन्दा ठूलो आईपीओ भारतमा खुल्ला, १४ करोड भन्दा बढी कित्ता सेयर आउने- २७ हजार करोड भारु उठाउने

0

कोरियाली कार निर्माता हुन्डाई मोटर इन्डियाले आजबाट आईपीओ निस्कासन खुल्ला गरेको छ । यो आइपिओ भारतकै सबैभन्दा ठूलो आईपीओ हो । यसअघि २० हजार ५५७ करोड भारु बराबरको आईपीओ निष्कासन गरेको एलआईसीको नाममा सबैभन्दा ठुलो आइपिओको रेकर्ड थियो हुन्डाईले २७ हजार ८५६ करोड भारु बराबरको आइपिओ निस्कासन गरेको थियो ।

तर हालसम्म ६ वटा ठुला आईपीओ मध्ये ५ वटा नकारात्मक प्रतिफल दिएको बताईएको छ ।

लगानीकर्ताले अक्टोबर १७ गतेसम्म हुन्डाई मोटर इन्डिया लिमिटेडको आईपीओमा आबेदन दिन सक्नेछन् । कम्पनीको सेयर २२ अक्टोबरमा बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा सूचीबद्ध हुनेछ ।

कम्पनीले आइपिओ मार्फत २७ हजार ८७० करोड भारु उठाउने लक्ष्य राखेको छ । कम्पनीका विद्यमान लगानीकर्ताहरूले अफर फर सेल अर्थात् ओएफएसमार्फत २७ हजार ८७० करोड भारुबराबरको १४ करोड २१ लाख ९४ हजार ७०० कित्ता सेयर बिक्री गरिरहेका छन् ।

हुन्डाई मोटर इन्डिया लिमिटेडले आईपीओको प्राइस ब्यान्ड १८६५ भारुदेखि १९६० सम्म तोकेको छ। खुद्रा लगानीकर्ताले कम्तीमा एक लट अर्थात ७ वटा सेयरको लागि बोलपत्र गर्न सक्नेछन् ।

लिबर्टी इनर्जीले ५०% हकप्रद निष्कासनको अनुमति पायो

0

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज २३ गते हकप्रद निष्कासनको अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद निष्कासनको लागि स्वीकृति दिएको छ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

गुराँस लघुवित्तले आज साधारण सभा गर्दै, लाभांश पारित गरिने

0

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा आज आया्जना गर्दैछ । संस्थाको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आज धनकुटाको हिलेमा रहेको होटल कान्जिरोवामा बिहान ९ बजेदेखि सभा सुरु हुनेछ ।

उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

रुरु जलविद्युत परियोजना लिमिटेडको गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिनका लागि सेयरधनी दर्ता किताब(बुक क्लोज) बन्द गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीहरु प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।

कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सेयरधनिलाई ५ प्रतिसत लाभांश दिने ग्लोबल आइएमई बैंकका संचालकलाई मासिक ५० हजार यातायात भत्ता, बैठक भत्ता छुट्टै ३० हजार

ग्लोबल आइएमई बैंकले गतआबको मुनाफाबाट आफ्ना सेयरधनिलाई हाल कायम चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर दिने भएको छ । यसरी थोरै लाभांश दिने क्षमता राखेको ग्लोबल आइएमई बैंकका सन्चालकको सेवासुबिधा भने धेरै रहेको छ ।

ग्लोबल आइएमई बैंकका संचालकले यातायात सञ्चार तथा पत्रपत्रिका सुबिधा भत्ता बापत मासिक ५० हजार रुपैयाँ बुझ्ने गरेका छन ।यसअघी संचालकहरुलाई यातायात सञ्चार तथा पत्रपत्रिका सुबिधा भत्ता बापत मासिक १० हजार दिईदै आएकोमा समयानुकुल नभएको भन्दै १७ औँ वार्षिक साधारणसभाबाट मासिक ५० हजार रुपैयाँ पुर्याइएको हो । संचालक समितिले आफ्नो भत्ता कम भएको भन्दै बिशेष प्रस्ताब साधारण सभामा राखेर समयानुकुल बनाउने भन्दै पाच गुणाले उक्त भत्ता बढाईएको हो ।

बैठक भत्ता बापत पनि मोटो रकम लिने गरेका छन । बैठक भत्ता शिर्षकमा बैंकको संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता ३० हजार रुपैयाँ र अन्य संचालक समितिलाई प्रति बैठक भत्ता २५ हजार रुपैयाँ दिने गरिएको छ ।

त्यस्तै बैंकका सिईओले पनि करोडौ तलव भत्ता बुझ्ने गरेका छन । यसरी ब्यबस्थापन समुह र संचालक समितिले मोटो रकम लिईरहदा सेयरधनिलाई भने प्रतिफल भने राम्रो दिन सकिरहेको छैन ।

यस बैंकका संचालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन ।