Home Blog Page 84

डलरको मूल्यले नयाँ रेकर्ड बनायो

0

नेपाल राष्ट्र बैंकले आज(पुस ५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज पनि डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

आज एक अमेरिकी डलरको खरिददर १३५।६३ रुपैयाँ र बिक्रीदर १३६।२३ रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस ४ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.६३ बिक्रीदर १३६.२३ रुपैयाँ कायम थियो ।

युनियन हाईड्रोपावरले पुस २६ गते साधारण सभा बोलायो

0

युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले पुस २६ गते साधारण सभा बोलाएको छ । कम्पनीको १८ औं साधारण सभा ललितपुरको धोबिघाटमा रहेको सिद्धार्थ कटेजमा भौतिक र विद्युतीय माध्यमबाट एकसाथ आयोजना हुनेछ ।

उक्त सभामा कम्पनीद्वारा प्रवद्र्धित होङ्गुखोला जलविद्युत आयोजना(२८.९ मेवा)र माथिल्लो तमोर ए जलविद्युत आयोजना(६० मेवा)को परियोजना हस्तान्तरण र व्यवस्थापन सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

0

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो ।

उक्त सभा पुस २७ गते धरानमा रहेको सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.००८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै, बैंकले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको रु १ लाख भन्दा बढिको खर्च अनुमोदन गर्ने, सञ्चालकको दैनिक भत्ता सम्बन्धी व्यवस्था, ‘ख’ वर्गको प्रादेशिक स्तरको विकास बैंकको लागि अनुमोदन गरी नेपाल रष्ट्र बैंकबाट स्वीकृत लिने र कम्पनीको प्रवन्धपत्रमा आवश्यक परिमार्जन÷ संशोधन तथा थप गर्ने र अन्य कुनै उपयुक्त बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

अर्घाखाँची सिमेन्टले डाक्यो एजीएम , आईपीओ निष्कासन गर्ने

0

आईपीओ निष्कासनको तयारीमा रहेको अर्घाखाँची सिमेन्ट लिमिटेडले पुस २६ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको २६ औां वार्षिक साधारण सभा थापाथलीमा रहेको कम्पनीको कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीको नियमावलीमा संशोधन गर्ने र उक्त कार्यका लागि नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै रिक्त सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोदन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गरिनेछ ।

कम्पनीले आईपीओ निष्कासन कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

नेपाल एसबिआई बैंकको सेयरमूल्य समायोजन

नेपाल एसबिआई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ३.८० प्रतिशत बोनस सेयरका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सेयरमूल्य समायोजन भएको हो ।


समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४२५.८२ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ४४२ रुपैयाँ कायम थियो ।

बैंकले गत आवका लागि ६.८५ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १०.६५ प्रतिशत लाभांश लाभांश घोषणा गरेको छ ।

बैंकले आगामी पुस २१ गते काठमाण्डौको भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात कम्पनीद्वारा प्रस्तावित लाभांश वितरण गरिनेछ ।

आजदेखि महुली लघुवित्तको एफपीओ निष्कासन

0

महुली लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गरेको छ। संस्थाले कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।

संस्थाको चुक्ता जारी पूँजीको ८०.३२ प्रतिशत स्वामित्व संस्थापक समूहको भएको र १९.६८ प्रतिशत सर्वसाधारण समूहको भएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले एफपीओ जारी गरिएको हो ।

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

एफपीओको निष्कासन बन्द छिटोमा पुस ९ गते र ढिलोमा पुस १९ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट मंसिर १७ गते अनुमति पाएको थियो ।

इन्फिनिटी लघुवित्तले लाभांश नदिने

0

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले आव २०८०/८१ का लागि कुनैपनि लाभांश नदिने र सोही बमोजिम वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

कृषि विकास बैंकद्वारा लाभांश घोषणा,अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६% नगद दिने

0

कृषि विकास बैंकले गत आवका लागि लाभांश दिने निर्णय गरेको छ । पुस ४ गते बिहान साढे ९ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांशको घोषणा गरेको हो ।

उक्त बैठकले गत गत आवका लागि सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो । यस्तै बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

0

सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारितको मुख्य प्रस्तावसहित कम्पनीले साधारण सभा पनि आह्वान गरेको छ । कम्पनीले आगामी पुस २६ गते रुपेन्देहीमा रहेको होटल भिलासामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

बैंकको तरलता अत्याधिक बढ्यो, निक्षेप ६६ खर्ब बढी

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६६ खर्ब भन्दा बढी भएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार मंसिर ३० गतेसम्म बैंकिङ प्रणालीमा ६६ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

यो अवधीमा वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ५९ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

त्यस्तै मंसिर २९ गतेसम्म ५३ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ३० गतेसम्म ५३ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।

यस अबधिमा बैंकहरुको औसत सिडी रेसियो ७८.७८ प्रतिशत रहेको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर २.९९ प्रतिशत छ ।