Home Blog Page 83

नेप्सेमा ५ वटा कम्पनीको सेयरमूल्य समायोजन

0

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त,शिवम् सिमेन्ट, र साना किसान विकास लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।

लक्ष्मी सनराइज बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता २२४.७६ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता २३६ रुपैयाँ कायम थियो ।

यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गरेको ३.६५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ३७२.४० रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३८६ रुपैयाँ थियो ।

डिप्रोक्स लघुवित्तको पनि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ७८५.३९ रुपैयाँ कायम भएको छ । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

यस्तै समायोजनपश्चात शिवम् सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ५१२.२१ रुपैयाँ कायम भएको छ । कम्पनीले गत आवका लागि ८.५५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

साना किसान विकास लघुवित्तले घोषण गरेको १३.३० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ८१४.६५ रुपैयाँ निर्धारण भएको छ ।

अधिक तरलता भएपछी आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

0

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बजारमा अधीक तरलता भएपछी केन्द्रीय बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि उक्त रकम झिक्ने भएको हो ।

त्यसका लागि आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । जसको साँवा तथा ब्याज भुक्तानी माघ ९ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

यूनिक हाईडेल आईपीओ निष्कासन गर्ने तयारीमा

यूनिक हाईडेल कम्पनी लिमिटेडले आइपिओ निस्कासन गर्ने भएको छ । कम्पनिले आफ्नो नवौं वार्षिक साधारण सभामा आईपीओ निष्कासनको विशेष प्रस्ताव राख्ने भएको छ । कम्पनीले आगामी माघ ९ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ ।

उक्त सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै सैशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियार्ी प्रदान गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत गरिने कम्पनीको आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण भएको गत आवको नगद प्रवाह विवरण र २०८१ असार मसान्तको वासलात पारित गर्ने तथा आव २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

बलेफी हाईड्रोपावरको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

0

बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर २७ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको छ ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले एनआईएमबी एस क्यापिटल,कुमारी बैंक जलविरे शाखा,जुगल शाखा, र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

हकप्रदबाट प्राप्त रकम विभिन्न ऋण तथा आयोजना निर्माणमा संलग्न ठेकेदार तथा बिक्रेताहरुको भुक्तानी गर्न उपयोग गरिने कम्पनीले जनाएको छ ।

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति पुस १७ गते रहेको छ । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

हकप्रद निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत कात्तिक ४ गते अनुमति पाएको थियो ।

२६ सय विन्दुबाट तल झर्यो नेप्से, ४ वटा कम्पनीमा नेगटिभ सर्किट

0

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३३.०८ अंकले घटेर २५७६।५० विन्दु कायम भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले घटेर ४४४.७१ विन्दु भएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समुह घटेका छन । आज अन्य समूह ०.०६ प्रतिशतले बढ्यो ।

आज फाइनान्स ५.१९ प्रतिशतले घट्यो । बैंकिङ समूह ०.९२ प्रतिशत,विकास बैंक २.७७,होटल १.३८,हाईड्रो १.७३,लगानी ०.०८,जीवन बीमा ०.६५,उत्पादन तथा प्रशोधन १.५१, लघुवित्त १.४१,म्युचुअल फण्ड ०.३८,निर्जीवन बीमा ०.९५ र व्यापार समूह २.९७ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज प्रभु बैंकको ३५ करोड ९४ लाख , नेपाल फाइनान्सको आज १७ करोड ८७ लाख,जानकी फाइनान्सको १४ करोड ४२ लाख,एनएलजी इन्स्योरेन्सको १२ करोड २८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ९४ लाख बढीको सेयर कारोबार भएको छ ।

धरै गुमाउने कम्पनीहरु

यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । सपोर्ट माइक्रोफाइनान्स,जानकी फाइनान्स पोखरा फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा लोअर सर्किट लाग्यो ।

गृह्वेश्वरी मर्चेन्ट बैंकिङको सेयरमूल्य ९.३४ र बोटलर्स नेपाल(तराई)को सेयरमूल्य ९.२५ प्रतिशतले घटेको छ ।

कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्दै

0

कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने भएको छ ।

कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव राखेर माघ १० गते कम्पनीको कार्यालय गल्कोपाखा काठमाडौंमा वार्षिक साधारणसभासमेत बोलाएको छ । सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

0

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको थियो ।

उक्त हकप्रदमा खरिदका लागि पुस १ गतेसम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएकोमा प्रयाप्त आवेदन नपरेका कारण हकप्रद खरिदका लागि पुस १६ गतेसम्म आवेदन दिने समयावधि लम्बाइएको थियो ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।

आज तमु ल्होसार , सेयर बजार बन्द

0

आज गुरुङ समुदायले नयाँ वर्षको स्वागत गर्दै तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने उद्देश्यले यो पर्व मनाउने प्रचलन छ। गुरुङ समुदायको धेरै बसोबास रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लाहरूमा तमु ल्होसार विशेष उत्साहका साथ मनाइन्छ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तनको दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

यो पर्व पुस १५ गते मनाउने गरिन्छ, जुन रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रातहरू छोटिँदै जाने विशेष दिन पनि हो। यसै कारणले यो पर्वलाई थप महत्वपूर्ण मानिन्छ।

तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। यस दिन सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्थाहरू बन्द रहनेछन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द भएकाले आज दोस्रो बजारमा सेयर कारोबार हुनेछैन।

आशा लघुवित्तको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा

0

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा पठाएको छ ।

संस्थाले एक सूचना जारी गर्दै गत मंसिर ७ गते सम्पन्न कम्पनीको ८ औँ वार्षिक साधारण सभाबाट पारित भएको १४.२५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ।

गत कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको छ ।

बजारबाट आज ७० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

अधिक तरलता भएपछी नेपाल राष्ट्र बैंकले आज बजारबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । जसको साँवा तथा ब्याज भुक्तानी माघ ६ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।