Home Blog Page 82

मंगलबारको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो !

0

मंगलबार बिहान नेपालको सीमावर्ती चिनियाँ क्षेत्रलाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पबाट चीनमा ९५ जनाको मृत्यु भएको छ ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार हालसम्म प्राप्त विवरणहरुका अनुसार केन्द्रविन्दू आसपासका चिनियाँ क्षेत्रका घरहरु भत्किएर पुरिँदा मृत्यु हुनेको संख्या ९५ पुगेको हो । भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ तथा आसपासका गाउँका दर्जनौं घरहरु भत्किएका छन् ।

चीनको सरकारी न्यूज च्यानल सीजीटीएनका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने सम्भावना छ ।

नेपाली समय अनुसार मंगलबार बिहान ६ः५० मा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । चिनियाँ आधिकारिक निकायले भने ६.८ म्याग्निच्यूडको भूकम्प गएको उल्लेख गरेका छन् ।

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न

0

नेपाल लाइफ क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा पुस १९ गते काठमाण्डौमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाबाट आव २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ती तथा नयाँ सञ्चालक समिति चयन भएको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमितकुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै,वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११० औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

हिमालयन टाइम्स मिडियाले आईपीओ निष्कासन गर्ने

हिमालयन टाइम्स मिडिया इन्टरनेशनल एण्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको दोस्रो साधारण सभा यही पुस २९ गते काठमाण्डौको महाराजगंजमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा जुममार्फत दिनको २ बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओका लागि सेयर रजिष्ट्रार र सेयर अन्डरराइटर नियुक्त गर्ने प्रस्ताब पारित गर्नेछ ।

यसैगरी ६ महिनाभन्दा बढी अवधिका लागि कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी विभिन्न ऋण सुविधा लिने, सञ्चालकको निर्वाचन गर्ने,कम्पनीको रेटिङ गर्न रेटिङ एजेन्सी नियुक्त गर्ने र गत आवका वित्तीय विवरणहरु पारित गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन

0

नागरिक लगानी कोष(सीआईटी)को सेयरमूल्य समायोजन भएको छ । कोषले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कोषको सेयरमूल्य प्रतिकित्ता १ हजार ९७१.९६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कोषको सेयरमूल्य प्रतिकित्ता २ हजार ११० रुपैयाँ कायम थियो ।

कोषले आव २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । लाभांश पारित गर्न कोषले पुस २९ गते साधारण सभा आयोजना गर्दैछ ।

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

0

प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ । बैंकले सेयरको संख्या भने खुलाएको छैन ।

लिवर्टी इनर्जीको हकप्रद सेयर बाँडफाँड

0

लिवर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको ५० प्रतिशत हकप्रद सेयर पुस २१ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले गत कात्तिक २० गतेसम्म कायम सयेरधनीका लागि मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएकालाई उक्त हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

यो हकप्रद सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो ।

बाह्र निर्माण कम्पनी कालोसूचीमा

0

सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।

सूचनामा सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसारकालोसूचीमा राखिएको जनाइएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि ३ वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ । कालोसूचीमा पर्नेमा एसएएस कन्स्ट्रक्सन,इन्सपुर सफ्टवेयर ग्रुप कम्पनी, मृत सन्जिवनी कन्स्ट्रक्सन,ग्वाल्पा कन्स्ट्रक्सन कम्पनी, लक्ष्मी कन्स्ट्रक्सन,सुष्मी कन्स्ट्रक्सन,रबिन कन्स्ट्रक्सन, थोक्रा सप्लायसर्स÷मानेकोर कन्स्ट्रक्सन, एमडी अप्टिकल, सोलुसन,शिलादेवी एसबीडी निर्माण सेवा ,त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स,खिम निर्माण सेवा र मनेका निर्माण सेवा रहेका छन् ।

कार्यालयले केही कम्पनी तथा आपूर्तिकर्तालाई तीन वर्ष, केहीलाई एक वर्ष तथा केहीलाई छ महिनाका निम्ति कालोसूचीमा राखेको जनाइएको छ ।

पाँचथरको फिदिमस्थित यातायात पूर्वाधार निर्देशनालय, नेपाल टेलिकम केन्द्रीय कार्यालय, रुकुम पश्चिमको चौरजहारीस्थित सडक विभाग, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, नेपाल वन निगम लिमिटेडलगायत १२ सार्वजनिक निकायले उक्त कार्यालयलाई कालोसूचीमा राख्न पत्राचार गरेका सूचनामा जनाइएको छ ।

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न मिल्ने

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आफुले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।

सिटिजन्स बैंकको करिब ५० हजार कित्ता संस्थापकसेयर बिक्रीमा

0

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।

बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य १०२ रुपैयाँ तोकिएको छ ।

यी ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ८ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

आज हिमालयन डिष्टिलरी, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त, कालिका पावर, बोटलर्स नेपाल(तराई)लिमिटेड, सूर्योदय वोमी लघुवित्त,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी कम्पनीहरुमध्ये सूर्योदय वोमी लघुवित्त बाहेक अन्यले पुस १९ गते बुक क्लोज गर्दैछन् । सूर्योदय वोमी लघुवित्तले भने पुस २१ गते बुक क्लोज गर्दैछ । पुस १९ र २० गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुनेछैन ।

आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।