Home Blog Page 85

आज ‘क्रिसमस डे’ , सेयर बजार बन्द हुने

0

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर २५ मा क्रिसमस डे मनाइने गरिन्छ ।

नेपाल सरकारले आज क्रिसमस डेका अवसरमा सार्वजनिक बिदा दिएको छ । क्रिसमस डेका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।

आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज दोस्रो बजारमा सेयर कारोबार पनि बन्द रहने छ ।

वर्षबास म्युजियम होटलले साधारण सभा बोलायो, आईपीओ निष्कासन गर्ने

0

वर्षबास म्युजियम होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सोही प्रायोजनको लागि कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैठकको निर्णयानुसार कम्पनीको उक्त सभा आगामी पुस २९ गते काठमाण्डौको बालुवाटारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सेयर पूँजी संरचनाअनुसार आईपीओ निष्कासन गर्ने र सो सम्बन्धमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको संस्थापक समूहको सञ्चालक पदको निर्वाचन गर्ने, गत आवको वार्षिक प्रतिेवेदन पारित गर्ने र चालु आवको लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने ,सञ्चालक समितिको पदपुर्ति र स्वतन्त्र सञ्चालकको नियुक्ती तथा अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

बजारमा अधिक तरलता भएपछी आज ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछी नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको हो ।

बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १२ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी पुस २१ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड

0

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म निष्कासन गरेको आईपीओ पुस ८ गते बाँडफाँड गरेको हो ।

आबेदन दिएका मध्ये रितपूर्वक आवेदन दिने २२ हजार ५ सय आवेदकलाई २ लाख २५ हजार कित्ता सेयर बाँडफाँड गरिएको जानकारी प्राप्त भएको छ ।

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको थियो ।

सुनको मूल्य घट्यो

0

अन्तराष्ट्रि बजारमा आज सुनको मूल्यमा सामान्य घटेको छ । सुनको मूल्य आज प्रतिऔंस ०.२३ डलर अर्थात ६.१२ डलरले घटेको हो ।
यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६१७ डलरमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आज ०.२० डलरले बढ्दै प्रतिऔंस २९.६९ डलरमा कारोबार भईरहेको छ ।

नागरिक लगानी कोषले साधारणसभा बोलायो, १३% लाभांश पारित गर्ने

0

नागरिक लगानी कोष (सीआईटी)ले आफ्नो ३०औं वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। कोषको सञ्चालक समितिले सोमबार बसेको बैठकमा यस सभाको मिति र स्थान तय गरेको हो। सभा काठमाडौंको नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा गत आर्थिक वर्ष २०८०।८१ को लागि प्रस्तावित १३% लाभांश अनुमोदन गर्नेछ। यसमा ७% बोनस सेयर र ६% नगद लाभांश (करसहित) समावेश छन्।

यस्तै, सभाले कम्पनीको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

सूर्यज्योति लाइफको २०% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

0

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ।

कम्पनीले गत पुस ६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ का लागि पारित २० प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

कम्पनीले गत मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा पुस ६ गतेदेखि उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीलाई कम्पनीले अभौतिकिकरण गर्न आह्वान गरेको छ।

सानिमा माई हाईड्रोको सेयरमूल्य समायोजन

0

सानिमा माई हाईड्रो लिमिटेडलेको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८८.१८ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५३७ रुपैयाँको आधारमा समायोजन भएको हो ।

कम्पनीले आव २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लाभांश आगामी पुस २८ हुने कम्पनीको १३ औं साधारण सभाबाट पारित गरी वितरण गर्नेछ ।

महुली लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन आज

0

महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत पुस ५ गतेदेखि कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो।
संस्थाको चुक्ता जारी पूँजीको ८०.३२ प्रतिशत स्वामित्व संस्थापक समूहको भएको र १९.६८ प्रतिशत सर्वसाधारण समूहको भएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले एफपीओ जारी गरिएको हो ।

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट मंसिर १७ गते अनुमति पाएको थियो ।

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

0

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

आज कुथेली बुखरी स्मल हाइड्रो, आरएसडिसी लघुवित्त,माउन्टेन इनर्जी,मञ्जुश्री फाइनान्स र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ११ गते कम्पनीहरुले बुक क्लोज गर्ने भएका छन । पुस १० गत क्रिसमसको सार्वजनिक बिदा परेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिनेछ ।

आरएसडिसी लघुवित्तले पनि गत आवका लागि सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

माउन्टेन इनर्जी नेपाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश दिनेछ ।

यसैगरी, मञ्जुश्री फाइनान्सले आव २०८०/८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ६।३५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने छ ।

मिथिला लघुवित्तले गत आवका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश दिनेछ ।