Home Blog Page 77

माघ १५ गतेदेखि क्रेष्ट माइक्रो लाइफले आईपीओ जारी गर्ने

0

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।
कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गर्न लागेको हो । यो सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।

कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार ००० कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओमा लगानीकर्ताले माघ २९ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट माघ ३ गते स्वीकृती पाएको थियो । जस अन्तर्गत कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो ।

सुनको मूल्य घट्यो

0

घरेलु बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ ।

एक सातामै मञ्जुश्री फाइनान्सका अध्यक्षले दिए राजीनामा, नयाँ अध्यक्षमा अधिकारी

0

मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुमन प्रसाद अधिकारी चयन भएका छन् । माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

उनलाई सोही दिनदेखि लागू हुनेगरी अध्यक्षमा चयन गरिएको संस्थाले जनाएको छ । यसअघिका अध्यक्ष यादव अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै अध्यक्ष पदमा रही कार्य गर्न असमर्थ रहेको भन्दै राजीनामा दिएका थिए ।

अधिकारीले अध्यक्ष चयन भएको एक सातामै राजीनामा दिएका छन् ।

उनी गत पुस २८ गते सम्पन्न संस्थाको १७ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित हुँदै सोही दिन अपरान्ह ३ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकबाट पुस २९ गते देखि लागू हुनेगरि निर्विरोध रुपमा अध्यक्ष चयन भएका थिए ।

अधिक तरलता भएपछि आज ६० अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ झिक्ने भएको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

बजारमा पैसा धेरै भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले पछिल्लो समय निरन्तर रुपमा पैसा झिक्दै आएको छ ।

राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी माघ २७ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १६.३७ लाख आवेदकको हात खाली

0

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले गत पुस १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । क्यापिटलका अनु्सार कम्पनीको आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकबाट २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये १८ लाख २२ हजार ४०५ कित्ता सदर भएको र ८ हजार ४५२ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।

यसरी कुल सदर आवेदकबाट २ करोड ३० लाख ३५ हजार ७३० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनालाई १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १६ लाख ३७ हजार ९०५ सदर आवेदकको हात भने खाली भएको छ ।

यो आईपीओमा मागभन्दा १२.५८ गुणा बढी आवेदन परेको थियो ।

खानीखोला हाईड्रोपावरले साधारण सभा बोलायो

0

खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२ औं वार्षिक साधारण सभा डाकेको छ । माघ ३ गते बसेको कम्पनीको सञ्चालक समितिकौ बैठकले माघ ३० गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्युमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा नगरेकाले सभामा लाभांशको प्रस्ताव पेश हुनेछैन ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात नाफा÷नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र सञ्चालक समितिको हेरफेर तथा अनुमोदन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १३ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ माघ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन्

पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने राष्ट्र बैंकको अन्तिम तयारी

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने अन्तिम तयारी गरिरहेको छ।

राष्ट्र बैंकको सञ्चालक समितिले राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(६) अनुसार पोखरा फाइनान्सलाई १५ दिनभित्र स्पष्टिकरण दिन मौका दिने निर्णय गरेको छ।

वित्तीय सूचकांकहरू अधिकांश कमजोर रहेको भन्दै समितिले फाइनान्सलाई सीमित १५ दिनको समय मात्र सफाइको लागि उपलब्ध गराउने निर्णय लिएको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सको खराब कर्जा १४.४४ प्रतिशतमा थियो, जुन राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार ४१.०७ प्रतिशतसम्म पुगेको देखिएको छ।

साथै, पोखरा फाइनान्सको पुँजीकोष ऋणात्मक अवस्थामा पुगेको छ। यसमा ८.५७ प्रतिशतको गिरावट आएको छ, जसले गर्दा पुँजीकोष झन्डै ७१ करोड ११ लाख रुपैयाँ ऋणात्मक बनेको छ।

श्रृजनशील लघुवित्तले साधारण सभा बोलायो

0

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।

बैठकले माघ २७ गते आइतबारका दिन गोलबजारमा रहेको होटल पावन मिथिला थालीमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै कुनै विषयमा थप संशोधन गर्न वा परिवर्तन गर्न नियमनकारी निकायबाट निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समिीतलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ ।

यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले माघ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १७ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।

मेरोमाइक्रोफाइनान्सको साधारण सभा आज

0

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको सभा नुवाकोटको विदुरमा रहेको सिद्धार्थ होटल वाटर टावरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिबाट पारित भएबमोजिम २०८१ असार मसान्तमा कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशतले बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै, बोनश सेयर वितरण पश्चात कायम रहने पूँजी संरचना संस्थापक सेयरधनीको तर्फबाट ५९.४० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ४०.६० प्रतिशत रहेकोमा सो सेयर स्वामित्व परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा साउन १ देखि २०८१ असार मसान्तसम्मको नाफा÷नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

यस्तै लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सर्बसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन् ।

आज तीन कम्पनीका ९.४९ लाख कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिन सकिने अन्तिम दिन

0

एनआईसी एशिया बैंक लिमिटेडले लिलामीमा राखेका तीनवटा कम्पनीका संस्थापक सेयर खरिदका लागि आवेदन दिने अन्तिम मिति आज हो।

बैंकले सूर्योदय वोमी लघुवित्तका ५९,०६० कित्ता, सीआईटीका ५०,००० कित्ता, र सूर्यज्योति लाइफका ८,९३,८२५ कित्ता सेयर गरेर कुल ९,४९,७८५ कित्ता सेयर पुस २५ गतेदेखि लिलामीमा राखेको थियो।

सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २५३ रुपैयाँ, सीआईटीको ७०३ रुपैयाँ, र सूर्यज्योति लाइफको १५९ रुपैयाँ निर्धारण गरिएको छ।

बोलपत्र पेश गर्दा लगानीकर्ताले आफूले किन्न चाहेको सेयरको संख्या, प्रतिकित्ता मूल्य अंक र अक्षरमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। सूर्योदय वोमी र सूर्यज्योति लाइफका सेयर खरिदका लागि न्यूनतम ५,००० कित्ता र सीआईटीका लागि न्यूनतम १०,००० कित्ता आवेदन दिनुपर्नेछ। अधिकतममा चाहिँ उपलब्ध सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ।

सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, र सुर्खेत शाखा कार्यालयहरूमा बुझाउन सकिनेछ।