Home Blog Page 76

सप्तकोशी डेभलपमेन्ट बैंकको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

सप्तकोशी डेभलपमेन्ट बैंकले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २२ हजार ८६० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि माघ ३० गतेभित्र विराटनगरमा रहेको बैंकको कर्पोरेट कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्रीको प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

महिला लघुवित्तले लाभांश नदिने

0

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आवका लागि लाभांश नदिने निर्णय गर्दै सेयरधनीलाई निराश बनाएको हो ।

संस्थाको सञ्चालक समितिको मिति पुस २५ गते बिहीबार अपरान्ह ३.३० बजे बसेको ९२ औं बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले संस्थाको आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरु स्वीकृत गरी २०८१ असार मसान्तसम्म वितरण योग्य मुनाफालाई सञ्चित गरी आव २०८०/८१ को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

साथै, सञ्चालक समितिबाट पारित आव २०८०/८१ को वार्षिक वित्तीय विवरणहरु साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

बढ्यो सुनको मूल्य

0

आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।

एनआईसी एशिया बैंकले ३ कम्पनीको ९.४९ लाख कित्ता संस्थापक बिक्रीमा राख्यो

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीनवटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीका लागि उपलब्ध गराएको छ। बैंकले सूर्योदय वोमी लघुवित्तको ५९,०६० कित्ता, सीआईटीको ५०,००० कित्ता र सूर्यज्योति लाइफको ८,९३,८२५ कित्ता सेयर, कुल ९,४९,७८५ कित्ता, आजदेखि लिलामीमा राखेको छ।

सेयर खरिदमा रुचि राख्ने लगानीकर्ताले माघ ४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सूर्योदय वोमी लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५३ रुपैयाँ, सीआईटीको ७०३ रुपैयाँ, र सूर्यज्योति लाइफको १५९ रुपैयाँ निर्धारण गरिएको छ।

बोलपत्र पेस गर्दा, लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयरको संख्या र प्रतिकित्ता मूल्य स्पष्ट रूपमा अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ। सूर्यज्योति र सूर्योदय वोमीको सेयर खरिदका लागि न्यूनतम ५,००० कित्ता र सीआईटीको सेयरका लागि न्यूनतम १०,००० कित्ताको आवेदन अनिवार्य छ। अधिकतम भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो लिलामीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको थापाथलीस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय, थापाथलीमा रहेको एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, वा विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

समता घरेलु लघुवित्तको लाभांश घोषणा

0

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २४ गते बुधबारका दिन बसेको संस्थाको १६९ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.६३१५७९० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

महुली लघुवित्तले लाभांश नदिने

0

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेय्धनीहरुलाई लाभाश नदिने भएको छ । संस्थाको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आव २०८०/८१ को २०८१ असार मसान्तको वासलात, २०८० साउन १ देखी २०८१ असार ३१ सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत गरी आव २०८०/८१ को २०८१ असार मसान्तमा कायम रहेको वितरण योग्य मुनाफालाई सचित गरी आव। २०८० र ०८१ को लागी लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

साथै, सञ्चालक समितिबाट पारित आव २०८०/८१ को वित्तीय विवरण साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृतीको लागी नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत भएको संस्थाले जनाएको छ ।

महुली लघुवित्तको साढे ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

लघुवित्तले संस्थापक सेयरधनी लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको ४ हजार ६४१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

यो सेयर यसअघि नै संस्थापक सेयरधनीका लागि बिक्री खुला गरिसकिएकाले अब सर्वसाधारणले खरिद गर्न पाउनेछन्। इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले किन्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत खुलाई सात दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा निवेदन दिनु पर्नेछ।

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले ९४ हजार ४३५ कित्ता संस्थापक सेयर हाल कायम सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर १ टाँडी, चितवनमा निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

अधिक तरलता भएपछी बजारबाट आज ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

0

बजारमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि ५० अर्ब रुपैयाँ बजारबाट तान्ने तयारी गरेको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालीन उपकरण निक्षेप संकलनको माध्यमबाट यो प्रशोचन गर्न लागेको हो।

बैंकले १४ दिनका लागि निक्षेप संकलन गर्न अनलाइन बोलकबोल प्रणालीमार्फत प्रक्रिया सञ्चालन गर्नेछ। बोलकबोल आज दिउँसो २ बजेबाट सुरु हुनेछ।

इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँ र ५ करोड रुपैयाँको गुणकमा अधिकतम कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। यो निक्षेप संकलनको सावाँ र ब्याज भुक्तानी माघ ९ गते हुनेछ।

नेपाल राष्ट्र बैंकले यस प्रक्रियामा इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सहभागी हुन अनुमति दिएको छ।

राष्ट्र बैंकको नीति अनुसार, अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा कम हुँदा बैंकले बजारबाट तरलता झिक्नेछ भने ६.५ प्रतिशतभन्दा बढी हुँदा बजारमा तरलता पठाउने गर्दछ।

गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम अवसर रहेको छ। कम्पनीले पुस २१ गतेदेखि रु. १०० अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको हो।

कम्पनीले अनुमति पाएको २२ लाख ५० हजार कित्तामध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी गरेको थियो। त्यसपछि ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४५ हजार कित्ता साधारण लगानीकर्ताका लागि निष्कासन गरिएको हो।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिन्छ। साथै, लगानीकर्ताहरूले मेरो सेयर प्लेटफर्ममार्फत पनि आवेदन दिन सक्नेछन्।

कम्पनीले यस आईपीओको लागि केयर रेटिङ नेपालबाट ‘केयर–एनपी–बीबी डबल माइनस’ रेटिङ प्राप्त गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड हो। यसअघि, कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो, जसको बाँडफाँड पुस ८ गते सम्पन्न भएको थियो।