Home Blog Page 75

सरोकारवालालाई पटकपटकको टिएमएस नचल्ने समस्याबारे लगानीकर्ता संघहरुको गम्भिर ध्यानाकर्षण

0

पूँजी बजारसम्बद्ध ४ वटा लगानीकर्ता संघ; जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले आइतबारको कारोबारमा टिएमएसमा आएको समस्याबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । यिनिहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आइतबार टिएमएसमा आएको समस्याबाट लगानीकर्ता सेयर कारोबारबाट बञ्चित भएको र भविष्यमा यस्तो समस्या नदोहोरियोस् भन्दै ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘नेपालको पूँजीबजार सञ्चालन गर्ने एकमात्र स्टक एक्सचेन्ज, नेपाल स्टक एक्सचेन्जको सिस्टममा देखिएका खराबीको कारणले लगानीकर्ताहरू पटकपटक सेयर कारोबारबाट वञ्चित भएको सर्वविधितै छ । २०८१ साल पुस २८ गते पनि आम लगानीकर्ताले त्यही समस्या झेल्नुपर्यो । टीएमएस सर्भर नै डाउन भएको हुनाले कारोबार समयमा लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएनन् यसले एकातिर आम समुदायमा सरकारले चलाउने सिस्टम कति भरपर्दो छ भन्ने कुरा पुष्टि गर्यो भने अर्कोतिर पटकपटक सिस्टमको खराबीले कारोबार रकममा संकुचन हुन गई सरकारले करोडौंको राजस्वसमेत गुमाउनु पर्यो ।’

यस सम्बन्धमा बिगतमा पनि पटकपटक जानकारी गराउदा पनि नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड एवं अर्थ मन्त्रालयबाट गम्भीरताका साथ चासो नदिनु खेदजनक भएको लगानीकर्ता संघलेको भनाई छ । ‘नेपाल स्टक एक्सचेन्जले आफ्नो सिस्टममा पटकपटक खराबी आउँदा समेत चासोपूर्वक समाधान गर्ने ठोस कार्य नगरेको र आम लगानीकर्ताहरूको ४५ खर्ब भन्दा माथिका सम्पतिको लेखा राख्ने सिस्टममा यस प्रकारको खराबीले आम लगानीकर्ताको सम्पत्तिको तथ्याङ्क कति सुरक्षित छ भन्ने प्रश्न चिन्ह समेत खडा भएको छ,’विज्ञप्तीमा भनिएको छ, ‘यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय, धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्ज लगायत सम्पूर्ण सरोकारवालाहरूमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । आगामी दिनमा यस प्रकारका समस्याहरु नदोयाउन र तत्काल समस्याको समाधान गर्न जोडदार माग गर्दछौं ।’

माघ महिनाका लागि ग्लोबल आइएमई बैंकको ब्याजदर कति ?

0

ग्लोबल आइएमई बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले माघ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।

बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । पुस महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यहि ब्याजदर दिएको थियो ।

माघ महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ४.५० प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५ प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ५.७५ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.५० र २ वर्ष र सोभन्दा माथिका लागि ४.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरिएको छ ।

कुमारी बैंकले साधारण सभा बोलायो

0

कुमारी बैंक लिमिटेडले आफ्नो २४ औंं वासर्षक साधारण सभा आह्वान गरेको छ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी माघ २१ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको वित्तीय विवरणहरु पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनिको हात खाली, कम्पनिले लाभांश नदिने

0

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपटक आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेको हो।

बैठकमा २०८१ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, र सम्बन्धित अनुसूचीहरू समेटिएका वित्तीय विवरणहरू पारित गरिएको थियो। ती विवरणका आधारमा लाभांश वितरण नगर्ने निर्णय गरिएको छ।

सञ्चालक समितिले पारित गरेका वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारण सभा प्रयोजनका लागि सार्वजनिक गरिने संस्थाले जनाएको छ।

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ जारी गर्ने, कसले आवेदन दिन मिल्छ ?

0

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी माघ ८ गतेदेखि आईपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत २२ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृत नेपाली नागरिकहरूको लागि निष्कासन गर्न लागेको हो। यस सेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ।

त्यस्तै, कम्पनीले ३ प्रतिशत अर्थात ६७,५०० कित्ता सेयर आफ्ना कर्मचारीहरूको लागि, र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि उपलब्ध गराइनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिनका लागि धितोपत्र बोर्डबाट स्वीकृत भएका सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू, साथै मेरो सेयर अनलाइन प्लेटफर्मको प्रयोग गर्न सक्नेछन्।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले लिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो कुल जारी पूँजीको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको, १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न पुस २५ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो।

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

0

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो ।

कम्पनीका सेयरधनीहरुले गत आवको सञ्चित मुनाफाबाट १० प्रतिशत नगद लाभांश पाउने छन् ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २१ प्रतिसत लाभांश घोषणा

0

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको ३८८ औं बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले कम्पनीको आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन अनुमति पायो

0

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आइपीओ) को सार्वजनिक निष्कासन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रो इन्स्योरेन्सलाई सेयर निष्कासन गर्न पुस २५ गते अनुमति दिएको हो।

यससङ्गै आइपीओ अनुमति पाउने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो लघु बीमक बनेको छ।

धितोपत्र बोर्डको अनुमतिसँगै अब नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २ २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक समूहको ३ लाख २५८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

यो सेयर संस्थापक सेयरधनीसहित सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले बताएको छ।

सेयर खरिद गर्न इच्छुक व्यक्तिले ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको बाघदरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा निवेदन दिनु पर्नेछ।

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले पनि किन्न मिल्ने

0

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनी दिलिप घलेको नाममा रहेकको उक्त सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न इच्छुकले माघ ११ गतेभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।

यसअघि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।