Home Blog Page 74

सिद्धार्थ बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ। बैंकले पुस २८ गते सम्पन्न २३औं वार्षिक साधारण सभाबाट स्वीकृत ४ प्रतिशत नगद लाभांश (करसहित) बुक क्लोजको समयमा अभौतिक सेयरधनीहरूको अद्यावधिक बैंक खातामा पुस २८ गतेदेखि नै जम्मा गरेको हो।

बैंकले, बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यसँग सम्पर्क गरी खाता अद्यावधिक गर्न आग्रह गरेको छ। त्यस्तै, भौतिक रूपमा सेयर धारण गर्ने सेयरधनीहरूलाई आफ्नो सेयर अभौतिकीकरण गराएपछि मात्र लाभांश रकम स्वतः खातामा जम्मा हुने जानकारी दिँदै, अभौतिकीकरण प्रक्रिया पूरा गर्न सिद्धार्थ क्यापिटलसँग सम्पर्क गर्न सुझाव दिएको छ।

यसैगरी, पुस १३ सम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरूको नगद लाभांश भने सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट “नो अब्जेक्सन लेटर” प्राप्त भएपछि मात्र खातामा जम्मा गरिनेछ। सो मितिपश्चात् कर्जा चुक्ता गरेका सेयरधनीहरूको लाभांश रकम पनि सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र खातामा जम्मा गरिने जानकारी बैंकले दिएको छ।

इमर्जिङ नेपालमा ४ जना सञ्चालक निर्वाचित, अध्यक्षमा जोशी

0

इमर्जिङ नेपाल लिमिटेडको सञ्चालकमा ४ जना निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन् ।

नवनिर्वाचित हुने सञ्चालकमा लालमणी जोशी, अशोक कुमार अग्रवाल,विनोद आत्रेय र चन्द्र टण्डन रहेका छन् ।

साधारण सभा सम्पन्न भएपश्चात सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लालमणी जोशीलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ । नवनियुक्त अध्यक्षले सञ्चालक समिति समक्ष र अन्य सञ्चालकले अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ लिएको कम्पनीले जनाएको छ

यो वर्ष नेपाल बैंकका सेयरधनीको हात खाली हुने

नेपाल बैंक लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।

पुस २९ गते साँझ ६ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको थियो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने साथै लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

एनआईसी एशिया बैंकले लाभांश नदिने , सेयरधनिको हात खाली

एनआईसी एशिया बैंकका सेयरधनिको हात खाली हुने भएको छ । कम्पनिले सेयरधनिलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने र बैंकको गत आवको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सम्पन्न

0

लक्ष्मी सनराइज बैंकको प्रायोजनमा र लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी सस्टेनेबल इनर्जी फन्डको पहिलो वार्षिक साधारण सभा मिति २०८१ पुस २८ मा सफलतापूर्वक सम्पन्न भएको छ।

नवीकरणीय ऊर्जा र दिगो विकासलाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धिका लागि लगानी गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस कोषले विभिन्न जलविद्युत् र दिगो ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको छ।

नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त यस प्राइभेट इक्विटी कोषको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ। संकलित रकमको ९० प्रतिशत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्ने र बाँकी १० प्रतिशत अन्य विविध क्षेत्रमा विनियोजन गर्ने योजना कोषले अघि सारेको छ।

साधारण सभाले कोषको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा थप ऊर्जा परियोजनामा लगानी विस्तार गर्ने योजनाबारे चर्चा गरेको छ। कोषले दिगो विकासका लक्ष्यहरूमा योगदान पुर्‍याउँदै ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिमा योगदान दिने लक्ष्य राखेको छ।

मल्टीपर्पस फाइनान्सको साधारण सभा सम्पन्न

0

मल्टिपर्पस फाइनान्स लिमिटेडको २७औं साधारण सभा पुस २८ गते आइतबार, अध्यक्ष चन्दन अग्रवालको अध्यक्षतामा कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा सम्पन्न भएको छ।

सभामा अध्यक्ष अग्रवालले प्रस्तुत गरेको २७औं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू, साथै लेखापरीक्षकको नियुक्ति र पारिश्रमिकसम्बन्धी प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन्।

साधारण सभामा जानकारी गराएअनुसार, वित्तीय संस्थाले छिट्टै आफ्नै भवनबाट कारोबार सञ्चालन गर्नका लागि विधापति चौकबाट करिब १०० मिटर उत्तर, नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयसँगै जोडिएको डेढ कठ्ठा जमिन खरिद गरी भवन निर्माणको प्रक्रिया अघि बढाइसकेको छ। साथै, सूचना प्रविधिलाई समयानुकूल बनाउँदै अत्याधुनिक सफ्टवेयर जडान गरी बैंकिङ कारोबारलाई थप सहज बनाएको छ।

यस्तै, कारोबार विस्तारको क्रममा सर्लाही जिल्लाको कौंडेना गाउँपालिका र गौंडैता नगरपालिकामा नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको छ, जसले ग्राहक सेवालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सभामा सञ्चालक सदस्यहरू गेहनाथ ढुंगाना, जयप्रकाश ठाकुर, अशोक साह, गृष्मा श्रेष्ठ, र महेश कुमार सिंह, साथै प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव रजनीश कुमार सिंह, सेयरधनीहरू, र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

राधी विद्युतको स्वतन्त्र सञ्चालकमा पुनः कोइरी नियुक्त

0

राधी विद्युत कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरीलाई निरन्तरता दिइएको छ ।

कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले काईरीलाई पुनःस्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल क्लियरिङ हाउसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

0

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को आर्थिक वर्ष २०८०/८१ को १३औं वार्षिक साधारण सभा पुस २८ गते काठमाडौँमा सम्पन्न भयो। सभाले लेखापरीक्षण प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब, र नगद प्रवाह विवरण स्वीकृत गर्दै, १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्‍यो।

यस निर्णयसँगै, एनसीएचएलको चुक्तापूँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० पुगेको छ। साथै, सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्दै २ अर्ब २५ करोड पुर्याउने प्रस्ताव पनि स्वीकृत गर्‍यो। पूँजी वृद्धिबाट कम्पनीले नेशनल पेमेन्ट स्वीच, राष्ट्रिय तथा अन्तरदेशीय कारोबारका लागि थप भुक्तानी प्रणाली विकास, जोखिम व्यवस्थापन सुदृढीकरण, र सञ्चालित पूर्वाधारको स्तरोन्नति गर्न लगानी गर्ने योजना बनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा एनसीएचएलबाट फर्छ्यौट भएका कारोबारको संख्या ५४ प्रतिशतले वृद्धि हुँदा कम्पनीको खुद नाफा ६.२ प्रतिशतले बढेको छ। यो वर्ष, एनसीएचएलका भुक्तानी प्रणालीमार्फत कुल १५६ खर्ब बराबरका १२.६ करोड भुक्तानी कारोबार सम्पन्न भएका थिए।

साधारण सभाले कम्पनीको सञ्चालक समितिमा ३ जना सञ्चालकहरूलाई पुनः निर्विरोध निर्वाचित गर्‍यो। वाणिज्य बैंकका प्रतिनिधिका रूपमा हिमालयन बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, र सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि सृजन मल्ल पुनःनिर्वाचित भएका हुन्। एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका १ जना, वाणिज्य बैंकका ३ जना, विकास बैंक र फाइनान्स कम्पनीबाट १–१ जना तथा स्वतन्त्र रूपमा १ जना सदस्य रहेका छन्।

एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व छ।

महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

0

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि १६ हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित मितिभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

माघका लागि नयाँ ब्याजदर घोषणा, अधिकांश बैंकको ब्याजदर स्थिर

वाणिज्य बैंकहरूले माघ महीनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले अघिल्लो महिनाकै ब्याजदर प्रदान गरेका छन ।

तथ्याङ्कअनुसार २० मध्ये १७ वटा वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका हुन ।

माघमा सिटिजन्स, ग्लोबल आइएमई, नबिल, कुमारी, माछापुच्छ्रे बैंकले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यसैगरी सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र एनआइसी एशिया बैंकले पनि पुसकै ब्याजदरलाई माघ महिनामा पनि कायम गरेका छन् ।

नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशत कायम गरेको छ। लक्ष्मी सनराइजले अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको छ ।