Home Blog Page 73

सन नेपाल लाइफद्वारा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

0

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा ‘सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पत्ती शुद्धिकरण निवारण दिवसको अवसरमा ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पत्ती शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराईएको थियो ।

उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुतीकरण गरेका थिए भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व, आवश्यकता, र न्यूनिकरणबारे जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरुको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट सहभागी गराईएको थियो ।

हिमालयन लघुवित्तको नाफा ३९५.६८% ले बढ्यो

0

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९५.६८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यसै अवधिसम्म संस्थाले ५२ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३०.७१ प्रतिशतले वृद्धि भई १५ करोड ३३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, संस्थाले खुद शुल्क तथा कमिशन आम्दानीबाट १८ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ। कुल सञ्चालन आम्दानी पनि १४ करोड २ लाख रुपैयाँबाट बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ।

यो अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड १७ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको दोस्रो त्रैमासमा यो ७८ लाख ३१ हजार रुपैयाँ थियो। तर, संस्थाको वितरणयोग्य मुनाफा भने २९ लाख ६० हजार रुपैयाँले ऋणात्मक रहेको छ।

संस्थाले ग्राहकहरूबाट १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। तर, खराब कर्जा अनुपात ३.५९ प्रतिशतबाट बढेर ५.६२ प्रतिशतमा पुगेको छ। संस्थाको रिजर्भ १२ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रति शेयर आम्दानी (EPS) १६.३० रुपैयाँ, मूल्य आम्दानी अनुपात (P/E Ratio) ५७.८६ गुणा, प्रति शेयर नेटवर्थ १२३.३७ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तिको मूल्य १,८९२.२९ रुपैयाँ, र तरलता अनुपात २३.४९ गुणा रहेको छ।

आजदेखि क्रेष्ट माइक्रो लाइफले आईपीओ जारी गर्दै

0

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आजदेखि आईपीओ जारी गर्न लागेको छ। कम्पनीले अनुमति प्राप्त २२ लाख ५० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ। यस शेयरको मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ।

कम्पनीले कुल आईपीओमा ३ प्रतिशत अर्थात् ६७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित राखी बाँकी १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने योजना बनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमोदित सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमार्फत वा मेरो सेयर अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबीएस क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्, जसको म्याद माघ २९ गतेसम्म छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ ३ गते आईपीओ जारी गर्न स्वीकृति पाएको थियो। यस अन्तर्गत पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर जारी गर्न लागेको हो।

नेप्सेमा ४.७५ लाख कित्ता एफपीओ सूचीकृत

0

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन(एफपीओ)नेप्सेमा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सूचीकृत भएको हो ।

अब आगामी कारोबारदेखि उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

संस्थाले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो। यो आईपीओमा ४८ गुणा बढी आवेदन परेको थियो ।

नयाँ स्टकलाई लाइसेन्स दिन भोलि साँझ सेबोनको बोर्ड बैठक बस्ने, पुराना तीनमध्ये एउटाले लाइसेन्स पाउने

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रदान गर्ने प्रक्रियामा नेपाल धितोपत्र बोर्डले यसअघि आवेदन दिएका तीन कम्पनीहरूमध्ये (हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज, र अन्नपूर्ण स्टक एक्सचेन्ज) एकलाई अनुमतिपत्र दिने तयारी गरिरहेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्ले पुस ५ गते गरेको निर्णयले यो प्रक्रिया अर्थ मन्त्रालय हुँदै धितोपत्र बोर्डमा पुगेपछि पुनः सुरु भएको हो।

पछिल्लो समय, गत शुक्रबार अर्थ मन्त्रालयबाट पत्र प्राप्त भएसँगै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

यसअघि, वैशाख २०८० मा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्ने निर्णय गरेको थियो। तर, अहिले त्यही प्रक्रियालाई पुनः अघि बढाउने निर्णय भएको छ।

नयाँ स्टक एक्सचेन्जका लागि प्राप्त प्रस्ताव र विस्तृत कार्ययोजना मूल्याङ्कन गर्न बोर्डले पहिले नै एउटा समिति गठन गरेको थियो। अर्थ मन्त्रालय, कानुन मन्त्रालय, र नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरू सम्मिलित यो समितिले मूल्याङ्कन नसक्दै मन्त्रिपरिषद्ले प्रक्रिया रोक्ने निर्णय गरेकाले काम रोकिएको थियो।

संसद्को अर्थ समितिले २०७९ जेठ २९ मा अध्ययन सम्पन्न नहुन्जेल लाइसेन्स प्रक्रिया रोक्न अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो। तर, त्यसको पाँच महिनापछि, कात्तिक २४ गते, समितिले प्रक्रिया अघि बढाउन अनुमति दिएको थियो।

बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालले पुनः मूल्याङ्कन समिति गठन गरेर प्रक्रिया अघि बढाउने प्रयास गरेका थिए। तर, मन्त्रिपरिषद्को अघिल्लो निर्णय परिवर्तन नभएकाले प्रक्रिया रोकिएको थियो।

हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, र उद्योगीहरू पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, सतिशलाल मोर, विवेक दुगड, र सौरभ ज्योतिलगायतका लगानीकर्ताहरू रहेका छन्। साथै, रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ, र दीपक भट्ट पनि यसका लगानीकर्ता हुन्।

नेसनल स्टक एक्सचेन्जमा गैरआवासीय नेपालीहरू उपेन्द्र महतो, जिवा लामिछाने, कुल आचार्य, बद्री केसी, र उद्योगी मनोज केडियालगायतका लगानीकर्ताहरू छन्।

अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, र बलराम उप्रेती सञ्चालकका रूपमा प्रस्तावित भएका छन्।

पुनर्बीमा कम्पनीहरूको पुँजि बढाउन १ वर्ष समय थपियो

0

पुनर्बीमा कम्पनीहरूको चुक्तापुँजी वृद्धि गर्नका लागि समय सीमा थप गरिएको छ। नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्न अतिरिक्त समय प्रदान गरेको हो।

गत पुसको अन्तिम साता प्राधिकरणको सञ्चालक समितिको बैठकमा पुँजी वृद्धि गर्ने अवधि एक वर्ष थप गर्ने निर्णय भएको थियो।

यसअघि २०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरूले एक वर्षभित्र चुक्तापुँजी २० अर्ब पुर्याउनुपर्ने निर्णय गरेको थियो। तर, समय सीमा थप गरिएसँगै अब पुनर्बीमा कम्पनीहरूले २० अर्ब चुक्तापुँजी २०८२ माघ १७ गतेभित्र पुर्याउनुपर्नेछ।

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

0

नबिल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकी छन् ।

बैंकको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

माघ २१ गतेदेखि एलआईसी नेपालले ४.९२ लाख कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्ने भएको छ। कम्पनीले माघ २१ गतेदेखि ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्रीका लागि लिलामी प्रक्रिया सुरु गर्नेछ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम कित्ताका लागि कुनै सीमा तोकिएको छैन। आवेदन पेश गर्न लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र कम्पनीका शाखा कार्यालयहरू विराटनगर, वीरगञ्ज, पुतलीसडक, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढीमा जान सक्नेछन्।

आवेदन दिन सकिने अन्तिम मिति फागुन ५ गते निर्धारण गरिएको छ।

कम्पनीले यसअघि मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म चुक्तापूँजीको १:०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो। सो अवधिमा आवेदन नपरेको सेयरहरूलाई अहिले लिलामीमार्फत बिक्री गर्न लागिएको हो।

सामुदायिक लघुवित्तले साधारण सभा बोलायो, बुक क्लोज माघ २५ गते

0

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ औं साधारण सभा आगामी फागुन ६ गते आयोजना गर्ने भएको छ । माघ १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त सभा काभ्रेको पनौतीमा रहेको स्काई गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको हाल संस्थापक सेयर समुह र सर्वसाधरण समुहको सेयर क्रमशः ६९.६५ र ३०.३५ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर मात्र संस्थाको कुल चुक्तापूँजीको ८.५४ प्रतिशतले सर्वसाधरण सेयरमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फबाट ६१.११ प्रतिसत र सर्वसाधरण समुहको तर्फबाट ३८.८९ प्रतिसत सेयर स्वामित्व हुने गरी पूँजी संरचना परिवर्तन गर्ने र सोही बमोजिम सञ्चालकको प्रतिनिधित्व हुने गरी व्यवस्था गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै संस्थाको केन्द्रीय कार्यालयको ठेगाना बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १४ मा कायम गर्ने सम्बन्धमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०८०/८१ को नाफा र नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरु छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीतर्फको ४ जना र सर्वसाधारण सेयरधनी तर्फको २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.१३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १३ हजार २३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको सेयर शाखा लाजिम्पाटमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।