Home Blog Page 78

ओम मेगाश्री फर्मास्युटिकल्सलाई आइपीओ निष्कासनको अनुमति

0

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप एक कम्पनीलाई आइपीओ निष्कासनको अनुमति प्रदान गरेको छ । सेबोनले ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गर्नेछ ।

जनवरी १६, २०२५ मा, नेपाल धितोपत्र बोर्ड (SEBON) ले OMPL को प्रस्तावलाई स्वीकृति दियो जसअन्तर्गत कम्पनीले ६०,००,००० इक्विटी सेयरहरू प्रति सेयर रु १०० अंकित मूल्यमा जारी गर्नेछ। यसबाट कुल रु ६० करोड संकलन गर्ने योजना छ।

CARE Ratings Nepal Limited (CRNL) ले ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडलाई ‘CARE-NP BB-‘ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्वहरू पूरा गर्न मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कामना सेवा विकास बैंकको ३३ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

0

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ३३ हजार ८५२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को व्यहोरा खुलाउनु पर्नेछ ।

बैंकले यसअघि गत मंसिर २६ गते संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै यो सेयर बिक्रीमा राखेको थियो । तर उक्त समयभित्र कुनै आवेदन नपरेकाले आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकल जनाएको छ ।

हकप्रदको प्रस्तावसहित पाँचथर पावरले डाक्यो साधारण सभा

0

पाँचथर पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवौं साधारण सभाको मिति निर्धारण गरेको हो ।

बैठकले उक्त सभा यही माघ २४ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको हाल कायम रहेको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिई (विद्युत नियमन आयोगमा पूर्व स्वीकृतिको लागि निवेदन पेश गरिएको) हकप्रद सेयर निष्काशन गर्ने र सो अनुसार प्राप्त हुने रकमको उपयोग बारेमा सञ्चालक समितिले गरेको निर्णय पारित गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने गरि प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१को प्रतिवेदनमासथ छलफल गरी पारित गर्ने , लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्वन्धित अनुसुचीहरुमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

सुनको मूल्य २८ डलरले बढ्यो

0

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १.०६ प्रतिशत अर्थात २८.३९ प्रतिशतले बढेको छ ।

यो सङ्गै सुनको मूल्य प्रतिऔंस २ हजार ६९७ डलर पुगेको छ ।

डलरको मूल्य ०.१ प्रतिशतले घटेको छ । जसका कारण अन्य मुद्रा भएका लगानीकर्ताहरुले सुनमा लगानी बढाएका छन् ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ०.९४ डलरले बढ्दै प्रतिऔंस ३०.६९ डलर कायम भएको छ ।

आईसिएफसि फाइनान्सको अध्यक्षमा अर्याल

0

आईसिएफसि फाइनान्स लिमिटेडको अध्यक्षमा सुशीलकुमार अर्याल चयन भएका छन् । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष चयन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

अर्याल कम्पनीको २१ औं वार्षिक साधारण सभाबाट संस्थापक सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए ।

वर्ण–बास होटलले आइपिओ जारी गर्ने

0

नेपालको पहिलो म्युजियम पाँचतारे होटल “वर्णबास” सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको छ। कम्पनीको प्रथम वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

होटलमा कुल एक अर्ब १६ करोड रुपैयाँको लगानी गरिएको छ। यहाँका कोठाको न्यूनतम शुल्क २५० अमेरिकी डलर (झण्डै ३२ हजार रुपैयाँ) तोकिएको छ, भने प्रेसिडेन्सियल स्विटका लागि १७०० अमेरिकी डलर (झण्डै दुई लाख १५ हजार रुपैयाँ) सम्म शुल्क पर्छ। होटलले पाँचतारे सुविधासहित सानो, लक्जरी, बुटिक अनुभव र सांस्कृतिक सम्पदालाई एकीकृत गरेको छ। यसको सञ्चालन नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले गरिरहेका छन्।

होटललाई नेपालको कला, इतिहास, र विविधता झल्काउने गरी निर्माण गरिएको छ। यो होटलले राष्ट्रिय र अन्तर्राष्ट्रिय पाहुनालाई पाँचतारे सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। होटलको विशेषतामा यसको छतबाट सगरमाथा, ल्होत्से, र नुप्त्से हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिने उल्लेख गरिएको छ।

होटलको प्रत्येक तला, कोठा, र सार्वजनिक स्थानलाई नेपाली कला, संस्कृति, र परम्पराको प्रदर्शन हुने गरी डिजाइन गरिएको छ।

“वर्णबास” नाम होटलले नेपालका चार वर्ण र ३६ जातको सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्नका लागि राखिएको हो। होटल व्यवस्थापनले यो होटलले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम रहेको दाबी गरेको छ।

सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य १४५

सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा निवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि आवेदन दिदा सम्पूर्ण कित्ताका लागि दिनु पर्नेछ ।

महालक्ष्मी विकास बैंकको ४% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

0

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा घोषित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । बैंकको पुस २९ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नै जम्मा गरिएको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकिकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न सेयर रजिष्ट्रार सिद्धार्थ क्पाटिलले आग्रह गरेको छ ।

साथै, आफ्नो सेयर धितो राखेका सेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंक वित्तीय संस्थाको स्वीकृति पत्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा पेश गर्नु हुन समेत आग्रह गरिएको छ ।

सिद्धार्थ बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ। बैंकले पुस २८ गते सम्पन्न २३औं वार्षिक साधारण सभाबाट स्वीकृत ४ प्रतिशत नगद लाभांश (करसहित) बुक क्लोजको समयमा अभौतिक सेयरधनीहरूको अद्यावधिक बैंक खातामा पुस २८ गतेदेखि नै जम्मा गरेको हो।

बैंकले, बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यसँग सम्पर्क गरी खाता अद्यावधिक गर्न आग्रह गरेको छ। त्यस्तै, भौतिक रूपमा सेयर धारण गर्ने सेयरधनीहरूलाई आफ्नो सेयर अभौतिकीकरण गराएपछि मात्र लाभांश रकम स्वतः खातामा जम्मा हुने जानकारी दिँदै, अभौतिकीकरण प्रक्रिया पूरा गर्न सिद्धार्थ क्यापिटलसँग सम्पर्क गर्न सुझाव दिएको छ।

यसैगरी, पुस १३ सम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरूको नगद लाभांश भने सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट “नो अब्जेक्सन लेटर” प्राप्त भएपछि मात्र खातामा जम्मा गरिनेछ। सो मितिपश्चात् कर्जा चुक्ता गरेका सेयरधनीहरूको लाभांश रकम पनि सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र खातामा जम्मा गरिने जानकारी बैंकले दिएको छ।

इमर्जिङ नेपालमा ४ जना सञ्चालक निर्वाचित, अध्यक्षमा जोशी

0

इमर्जिङ नेपाल लिमिटेडको सञ्चालकमा ४ जना निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन् ।

नवनिर्वाचित हुने सञ्चालकमा लालमणी जोशी, अशोक कुमार अग्रवाल,विनोद आत्रेय र चन्द्र टण्डन रहेका छन् ।

साधारण सभा सम्पन्न भएपश्चात सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लालमणी जोशीलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ । नवनियुक्त अध्यक्षले सञ्चालक समिति समक्ष र अन्य सञ्चालकले अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ लिएको कम्पनीले जनाएको छ