Home Blog Page 66

आजदेखि गार्डियन माइक्रो लाइफको आईपीओ दोस्रो बजारमा कारोबार हुने

0

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । गत बिहिबार कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आजदेखि कारोबारमा आउन लागेको हो ।

नेप्से र गार्डियन माइक्रो लाइफबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको थियो ।

कम्पनीले सर्वसाधारणसमक्ष कुमारी क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत पुस १९ गतेदेखि २४ गतेसम्म साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘जीएमएलआई’संकेत प्रदान गरेको छ ।

श्वेत गंगा हाईड्रोपावरको नाफा बढ्यो

0

श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ लाख ५३ हजार रुपैयाँ घाटामा थियो ।

कम्पनीले बिद्युत बिक्रीबाट ५१ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ४६ करोड २४ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको वित्त आम्दानी ३ लाख १६ हजार रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १३ करोड ६ लाख रुपैयाँ र वित्त खर्च २२ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ३४ करोड २१ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार भने २१ लाख ७७ हजारले धनात्मक रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७८.६६ रुपैयाँ,तरलता अनुपात ०.५२ प्रतिशत र मूल्य आम्दानी अनुपात ७९.६७ गुणा छ ।

कुथेली बुखरी स्मल हाइड्रोको नाफा घट्यो

0

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको नाफा घट्ने प्रमुख कारण आम्दानीमा आएको कमी हो। चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा कम्पनीले ८८ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.२७ प्रतिशतले कम हो। गत वर्ष यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड ३ लाख रुपैयाँ थियो।

विद्युत बिक्रीबाट कम्पनीले १ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.८५ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष कम्पनीले २ करोड १६ लाख रुपैयाँ विद्युत बिक्रीबाट कमाएको थियो।

कम्पनीको प्रशासनिक खर्च ३१ लाख ३२ हजार रुपैयाँ छ, जुन अघिल्लो वर्षको ५६ लाख ७६ हजार रुपैयाँको तुलनामा घटेको छ। वित्तीय खर्च भने १८ लाख ७० हजार रुपैयाँ रहेको छ।

हाल कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार ६ करोड १८ लाख रुपैयाँ छ। कम्पनीसँग ३ करोड ७३ लाख रुपैयाँ दीर्घकालीन कर्जा र १० लाख ५२ हजार रुपैयाँ अल्पकालीन कर्जा छ। कुल चालु सम्पत्ति १ करोड ४६ लाख रुपैयाँ रहेको छ भने कुल चालु दायित्व २० लाख १८ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १४.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.७३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८३ रुपैयाँ, र मूल्य-आम्दानी अनुपात १७१.५१ गुणा रहेको छ।

नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर खरिद गर्न निवेदन दिएकोमा माघ २२ गतेको सञ्चालक समितिको निर्णयअनुसार ६५ हजार ६२८ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको जनाएको हो ।

बैंकले यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

यदि उक्त मितिसम्म कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक सेयरधनीले बैंकको चितवन,टाँडीमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा बोलायो

0

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३८ औं साधारण सभा बोलाएको हो ।

बैठकले उक्त सभा आगामी फागुन १५ गते काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको छ । सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव छैन ।

यस्तै सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत असारमा समाप्त भएको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने र

बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आव २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण नियुक्त गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि साधारण सभा नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन सक्नेछन् ।

सूर्यज्योति लाइफको नाफा बढ्यो, खुद नाफा १९ करोड ६१ लाख रुपैयाँ

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अप्िरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.३७ प्रतिशतले बढी हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १९.८३ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै अघिल्लो आवसम्म ४ अर्ब ६१ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ५ अर्ब ६३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ५ अर्ब ५४ करोडबाट बढेर ६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले लगानी तथा कर्जाबाट १ अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ४ करोड ३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै अघिल्लो आवमा १ अर्ब १५ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ३२ करोड ८२ लाख रुपैयाँ भएको छ । कम्पनीको महाविपत्ती कोषको आकार ३८ करोड ६९ लाख रुपैयाँबराबरको रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२३.४४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९००.७३ रुपैयाँ र पीई अनुपात ५६.७३ गुणा छ ।

शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले कम्पनीको २०औं वार्षिक साधारण सभा फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ११ बजेबाट काठमाडौं, थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।

सभामा, कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश सहित कुल १०.५२६३ प्रतिशत लाभांश पारित गर्नेछ। साथै, चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू अनुमोदन गरिनेछ। प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, र यदि स्वीकृति निकायबाट कुनै परिवर्तनको निर्देशन प्राप्त भएमा, सोही अनुरूप संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पारित गरिनेछ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव समेत सभामा निर्णयार्थ प्रस्तुत गरिनेछ।

साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले माघ ३० गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

आज नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम दिन

0

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि गत माघ ८ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको छ ।

यस्तै, कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार ००० कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

मोदी इनर्जी लिमिटेडले घाटा ८३.०९ प्रतिशतले घटायो

0

मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ३५ लाख ९० हजार रुपैयाँ घाटा व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ करोड ८६ लाख रुपैयाँ घाटा भएको थियो।

विद्युत् बिक्रीबाट कम्पनीले उल्लेख्य आम्दानी गरेको देखिन्छ। समीक्षा अवधिसम्म कम्पनीले २८ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा ६१.४३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विद्युत् बिक्रीबाट कम्पनीले १७ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको थियो।

प्रशासनिक, बिक्री तथा वितरण खर्च घट्दै १६ लाख ८६ हजार रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष २१ लाख ८९ हजार रुपैयाँ थियो। वित्तीय खर्च पनि २५.५१ प्रतिशतले कमी भएर १५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको सञ्चालन मुनाफा २५ करोड ६६ लाख रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको रिर्जभ कोष १ अर्ब ६ करोड रुपैयाँ ऋणात्मक अवस्थामा छ।

कम्पनीको दीर्घकालीन ऋण ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने अल्पकालीन ऋण ३२ करोड ३७ लाख रुपैयाँ छ। कुल चालु सम्पत्ति १९ करोड ९ लाख रुपैयाँ रहेको छ, जबकि कुल चालु दायित्व १८ करोड ५१ लाख रुपैयाँ बराबर रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २.३२ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६३.२१ रुपैयाँ, तरलता अनुपात ०.३८ प्रतिशत, र मूल्य-आम्दानी अनुपात (P/E Ratio) १४६.७७ गुणा ऋणात्मक अवस्थामा रहेको छ।

पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारको वार्ता समिति गठन

0

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणसँग सम्बन्धित विवाद समाधान गर्न वार्ता टोली गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार गठित यो टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र सहरी विकास मन्त्रालयका प्रतिनिधिहरू सहभागी छन्।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, वार्ता र संवादमार्फत समस्या समाधान गर्ने उद्देश्यले उक्त टोली गठन गरिएको हो। विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ र छिमेकी जिल्लाका प्रतिनिधिसभा सदस्यहरूसँग नियमित संवाद गर्दै समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको उल्लेख छ।

सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार केवलकार, रज्जुमार्गसम्बन्धी नीति, कानून र मापदण्ड सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्रमा पर्ने भएकाले स्थानीयस्तरमा उठेका प्रश्न र सरोकारलाई ध्यानमा राखी सम्बन्धित सबै पक्षसँग समन्वय तथा सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ।

समस्या समाधानका लागि गृह मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पहल गर्न अनुरोध गरेको छ। साथै, यो विषय बहुपक्षीय सरोकारको भएकाले शान्ति सुरक्षासम्बन्धी व्यवस्थापनलाई समेत ध्यानमा राखी अन्य सरोकारवाला निकायहरूसँग समन्वय र सहजीकरण गर्ने जिम्मेवारी गृह मन्त्रालयले लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।