Home Blog Page 65

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६.७८ प्रतिशतले वृद्धि, बीमाशुल्क आर्जनमा सुधार

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमाशुल्क आर्जनमा वृद्धि भएसँगै नाफामा उल्लेखनीय सुधार देखिएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८६.७८ प्रतिशतले बढी हो। अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो।

बीमाशुल्क आर्जनमा २३.६९ प्रतिशत वृद्धि

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २३.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब ५७ करोड रुपैयाँ थियो।

कम्पनीको आम्दानी र खर्चको स्थिति

समिक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्य स्रोतहरूबाट ९५ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, अन्य प्रत्यक्ष आम्दानीबाट ९० लाख रुपैयाँ र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड ७२ लाख रुपैयाँ आम्दानी भएको छ। समग्रमा, कम्पनीको कुल आम्दानी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६१ करोड रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा यो रकम २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कुल खर्च गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको हो। अघिल्लो वर्ष कम्पनीको कुल खर्च ३ अर्ब २३ करोड रुपैयाँ रहेको थियो।

वित्तीय सूचकहरू

कम्पनीको महाविपत्ती कोषको आकार १९ करोड २८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ११.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८१.८२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६२४.६१ रुपैयाँ, र मूल्य–आम्दानी (P/E) अनुपात ५९.२४ गुणा कायम भएको छ।

आँखुखोला जलविद्युतको खुद नाफा २२.४९% ले बढ्यो

0

आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.४९ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो।

बिक्री आम्दानी घट्यो, अन्य आम्दानीमा उल्लेखनीय वृद्धि

कम्पनीको विद्युत् बिक्री आम्दानीमा भने कमी आएको छ। चालु आवको पहिलो दुई त्रैमासमा कम्पनीले विद्युत् बिक्रीबाट ९ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.४० प्रतिशत कम हो।

तर, अन्य आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ लाख ४० हजार रुपैयाँ रहेको अन्य आम्दानी बढेर चालु आवमा ९९ लाख ४५ हजार रुपैयाँ पुगेको छ। साथै, कम्पनीले २८ लाख ८२ हजार रुपैयाँबराबरको वित्तीय आम्दानी पनि गरेको छ।

खर्च तथा वित्तीय स्थिति

कम्पनीको प्रशासनिक तथा साधारण खर्च ७७ लाख ३८ हजार रुपैयाँ रहेको छ भने वित्त खर्च ४ करोड ६८ लाख रुपैयाँ पुगेको छ। यसैगरी, ह्रासकट्टी खर्च १ करोड ३५ लाख रुपैयाँ कायम भएको छ।

कम्पनीको कुल चालु सम्पत्ति ८३ करोड ५० लाख रुपैयाँ रहेको छ भने कुल चालु दायित्व १४ करोड ४१ लाख रुपैयाँ छ।

वित्तीय सूचकहरू

समीक्षा अवधिसम्म आँखुखोला जलविद्युत कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १.८७ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०५ गुणा, र तरलता अनुपात ५.७९ प्रतिशत कायम भएको छ।

शिवम् सिमेन्टको नाफा घट्यो

0

शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार, कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.७७ प्रतिशतले कम हो। अघिल्लो वर्षको दोस्रो त्रैमासमा कम्पनीको नाफा १८ करोड ८५ लाख रुपैयाँ रहेको थियो।

बिक्री आम्दानीमा पनि गिरावट आएको छ। कम्पनीले चालु आवको पहिलो दुई त्रैमासमा ३ अर्ब १० करोड रुपैयाँको आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.८८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा यो रकम ३ अर्ब ५१ करोड रुपैयाँ थियो।

अन्य आम्दानी पनि घटेको देखिन्छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म १७ करोड २ लाख रुपैयाँ रहेको अन्य आम्दानी घटेर चालु आवमा १२ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ।

यद्यपि, कम्पनीले कुल खर्चमा कटौती गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५० करोड ९४ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवमा खर्च घटाएर ४४ करोड ६४ लाख रुपैयाँमा सीमित गरेको छ।

५ अर्ब ४५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्याएको छ भने अन्य रिजर्भका लागि ३ अर्ब १५ करोड रुपैयाँको व्यवस्था गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१८.९२ रुपैयाँ, र तरलता अनुपात १.६२ गुणा रहेको छ।

स्वरोजगार लघुवित्तले एफपीओ निष्कासन गर्ने, पायो अनुमति

0

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन(एफपीओ) निष्कासनका लागि अनुमति पाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासनका लागि माघ २७ गते अनुमति पाएको हो ।

संस्थाले रु.१०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्ने भएको छ । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

छिमेक लघुवित्तको नाफा १७.३४% ले बढ्यो

0

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ५१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १७.३४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाले समीक्षा अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने ३८.१७ प्रतिशतले बढ्दै १७ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

यस्तै संस्थाको खुद सञ्चालन आम्दानी १ अर्ब २७ करोड रुपैयाँबाट बढेर १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनिको रिजर्भको आकार भने २ अर्ब ६८ करोड रुपैयाँबाट बढेर २ अर्ब ७८ करोड पुगेको छ ।

यो अवधिमा संस्थाले ३ अबत्र्र ६३ करोड रुपैयाँ निेक्षेप संकलन र ३ अर्ब ७८ करोड रुपैयाँ बर्जा प्रवाह गरेको छ । संस्थाले दोस्रो त्रैमाससम्म १२ करोड ७९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । अघिल्लो आवमा संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २४ करोड ८ लाख रुपैयाँको व्यवस्था गरेको थियो । संस्थाको खराब कर्जा अनुपात २.९५ प्रतिशतबाट घटेर २.७२ प्रतिशतमा झरेको छ ।

अघिल्लो आवमा १ अर्ब २८ करोड रुपैया रहेको वितरणयोग्य मुनाफा बढेर १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यस्तै संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ४९.७२ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३१.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३७.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५२०.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.६७ गुणा र तरलता अनुपात २२.१५ प्रतिशत छ ।

नेपाल लाइफले ४६.८१ करोड खुद नाफा कमायो

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यस्तै दोस्रो त्रैमाससम्म कम्पनीले २२ अर्ब १२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १९ अर्ब ७१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ९ अर्ब २२ करोड रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट २१ करोड २२ लाख,बीमितलाई प्रदान गरिएको कर्जाबाट १ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीले २८ अर्ब ५४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १५.९४ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले २४ अर्ब ८१ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो।

कम्पनीको कुल खर्च समीक्षा अवधिसम्म ३१ अर्ब २ करोड रुपैयाँबराबर रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च २६ अर्ब ६५ करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ३० करोड रुपैयाँबराबर रहेको छ । कम्पनीले रिटेन्ड अर्निङ कोषमा २ अर्ब ३८ करोड रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनिको ईपीएस ११.४१ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.५१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ८६८ रुपैयाँ र पीई अनुपात ७०.५२ गुणा छ ।

मानुषी लघुवित्तको खुद नाफा ९.८६ लाख

0

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार, संस्थाले ९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड ७७ लाख रुपैयाँ घाटामा रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ। समीक्षा अवधिसम्म संस्थाले ५ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४८.४४ प्रतिशतले बढी हो। गत वर्षको दोस्रो त्रैमासमा यो आँकडा ३ करोड ४२ लाख रुपैयाँ थियो। त्यस्तै, संस्थाको खुद सञ्चालन आम्दानी ३८.७७ प्रतिशतले बढेर २ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

संस्थाको वितरणयोग्य मुनाफा ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म, संस्थाले कर्मचारी खर्चका रूपमा ३ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ भने अन्य सञ्चालन खर्च ८८ लाख ११ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा रिटेन्ड अर्निङ ६५.३८ प्रतिशतले घटेर ५९ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ। तर, संस्थाको रिजर्भ कोष भने १ करोड ७७ लाख रुपैयाँबाट बढेर ४ करोड ९० लाख रुपैयाँ पुगेको छ।

दोस्रो त्रैमाससम्म, संस्थाले १ करोड ६२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्याएको छ। समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (EPS) १.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७८ रुपैयाँ, पीई रेसियो ११३५.५५ गुणा, तरलता अनुपात १४.४८ प्रतिशत, र प्रतिसेयर नेटवर्थ १५०.३० रुपैयाँ रहेको छ।

पिपुल्स पावरको नाफा घट्यो

0

पिपुल्स पावर लिमिटेडको नाफा घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ८३ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसरी कम्पनीको नाफामा ४३.९४ प्रतिशतको गिरावट आएको छ ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६५.९९ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको अन्य सञ्चालन खर्च ३४ लाख ६४ हजार वित्त खचै ६५ लाख ५७ हजार र प्रत्यक्ष खर्च २९ लाख ९७ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २ करोड १७ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३ करोड २१ लाख र कुल चालु दायित्व १४ लाख ५५ हजार रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.३१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०३.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५४.९१ रुपैयाँ र तरलता अनुपात २२.०९ गुणा छ ।

मोलुङ हाईड्रोपावरको नाफा सामान्य बढ्यो

0

मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड १ लाख रुपैया खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै अघिल्लो आवको समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ११ करोड २५ लाख कमाएको कम्पनीले चालु आवको दोस्रौ त्रैमाससम्म १० करोड ६७ लाख मात्रै कमाएको छ । कम्पनीको कर्मचारी खर्च ७५ लाख २५ हजार र प्रशासनिक तथा अन्य सञ्चालन खर्च ३४ लाख ५९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा यी खर्चहरु क्रमशः६८ लाख १७ हजार र २९ लाख ३१ हजार रुपैयाँ थियो ।

यस्तै कम्पनीको वित्त खर्च ३ करोड ६१ लाख रुपैयाँबाट घटेर २ करोड ५७ लाख रुपैयाँ छ ।

कम्पनीको रिटेन्ड अर्निङ १४ करोड ७० लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको दीर्घकालिन ऋण दायित्व ५३ करोड ९ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १० करोड ७ लाख र कुल चालु दायित्व ३१ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५.०१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ८१.६७ रुपैयाँ, तरलता अनुपात ३२.१० प्रतिशत र मूल्य आम्दानी अनुपात १०६.८१ गुणा छ ।

तेह्रथुम पावरको नाफा बढ्यो, ईपीएस १९.८८ रुपैयाँ

0

तेह्रथुम पावर कम्पनी लिमिटेडको खुद नाफा ५१५.३१ प्रतिशतले बढेको छ । कम्पनजीले चालु आवको दोस्रो ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ६४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै कम्पनिको खुद विद्युत बिक्री आम्दानी २०.८३ प्रतिशतले बढ्दै १० करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक खर्च २२ लाख ६९ हजार र बिक्री खर्च २ करोड ७३ लाख रुपैयाँ रहेको छ । कम्पनीको वित्त खर्च ५ करोड ९४ लाख रुपैयाँबाट घटेर ३ करोड ९३ लाख रुपैयाँ भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१९.८८ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ६५.७२ रुपैयाँ,मूल्य आम्दानी अनुपात २६.८६ गुणा र तरलता अनुपात १.१० प्रतिशत कायम छ ।