Home Blog Page 67

कुमारी बैंकको २४ औंं साधारण सभा आज

0

कुमारी बैंक लिमिटेडको २४ औंं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बैंकको उक्त सभा आज काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको वित्तीय विवरणहरु पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ माघ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ हजार ८७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुको हुने भएकाले यो सेयर संस्थापकहरुका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

0

शिखर इन्स्योरेन्सले सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश समावेश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।

एनएमबि बैंकको ५१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूमना जारी भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ ।

गणपति लघुवित्तको नाफा सामान्य बढ्यो

0

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा सामान्य बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४.९७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी ७ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा ७ करोड ४२ लाख रुपैयाँ थियो ।

यस्तै संस्थाको सञ्चालन मुनाफा १ करोड ७६ लाख रुपैयाँ रहेको छ । संस्थाको कर्मचारी खर्च ५ करोड १० लाख र अन्य सञ्चालन खर्च १ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

संस्थाको निक्षप संकलन ४८ करोड ६३ लाख रुपैयाँबाट घटेर ४७ करोड १९ लाख रुपैयाँ भएको छ ।

कर्जा प्रवाह २ अर्ब ११ करोड रुपैयाँ भएको छ । संस्थाको रिटेन्ड अर्निङ ८३ लाख ३० हजार रुपैयाँ र रिजर्भ ४ करोड २ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८३ लाख ३० हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा ४.६६ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात घटेर ४.१३ प्रतिशतमा खुम्चिएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १६.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.०८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५९०.३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०६.१५ गुणा र तरलता अनुपात ८.५४ प्रतिशत छ ।

उन्नति सहकार्य लघुवित्तको नाफा १५५.९४% ले बढ्यो

0

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६३ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५५.९४ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको दोस्रो त्रैमासमा संस्थाको खुद नाफा २४ लाख ९३ हजार रुपैयाँ मात्र थियो।

संस्थाको खुद ब्याज आम्दानी पनि ४५.३७ प्रतिशतले बढेर ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८ करोड ६ लाख रुपैयाँ थियो। यसैगरी, संस्थाको कुल सञ्चालन आम्दानी १० करोड ४४ लाख रुपैयाँ पुगेको छ।

संस्थाको रिटेन्ड अर्निङ १ करोड ७७ लाख रुपैयाँले ऋणात्मक रहेको छ, भने रिजर्भ कोषको आकार १० करोड १ लाख रुपैयाँ बराबर रहेको छ।

इम्पेयरमेन्ट चार्जका लागि संस्थाले २ करोड ९८ लाख रुपैयाँ छुट्याएको छ, र संस्थाको खराब कर्जा अनुपात ४.८३ प्रतिशत रहेको छ।

संस्थाले १ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। दोस्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा ४९ लाख ७८ हजार रुपैयाँ रहेको छ।

यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ५.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३३.३७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५९८.२१ रुपैयाँ, मूल्य-आम्दानी अनुपात २९०.०६ गुणा, र तरलता अनुपात ४.११ गुणा रहेको छ।

इन्फिनिटी लघुवित्त ९.४६ करोड घाटामा, वितरणयोग्य मुनाफा पनि १०.३२ करोड ऋणात्मक

0

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड घाटामा गएको छ । चालु आवको दोस्रो त्रैमाससम्म संस्था ९ करोड ४६ लाख रुपैयाँ घाटामा गएको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्था १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

संस्थाको इ्रम्पेयरमेन्ट चार्ज १२ करोड १ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यो रकम ७१ लाख ५७ हजार रुपैयाँ थियो । यो रकम १ हजार ५७८.३२ प्रतिशतले बढी हो ।

दोस्रो त्रैमाससम्म संस्थाले १२ करोड ९० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १८.४४ प्रतिशतले बढी हो ।

संस्थाको खुद सञ्चालन आम्दानी ७३.५९ प्रतिशतले घटेर १४ करोड २८ लाख रुपैयाँ छ । संस्थाले कर्मचारी खर्च ९ करोड १५ लाख र अन्य सञ्चालनका लागि ३ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।

संस्थाको रिटेन्ड अर्निङ १० करोड ३२ लाख रुपैयाँ ऋणात्मक, र रिजर्भको आकार १९ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

यस अबधिमा संस्थाको निक्षेप संकलन १ अर्ब ३४ करोड र कर्जा प्रवाह ५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा १० करोड ३२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको खराब कर्जा अनुपात ४.९५ प्रतिशतबाट बढेर ९.८५ प्रतिशत पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३८.५० रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ११८.३१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १८९.३७ रुपैयाँ,मूल्य आम्दानी अनुपात २७.०७ गुणा र तरलता अनुपात ६.९३ प्रतिशत छ ।

स्वावलम्बन लघुवित्तको नाफा ९४ प्रतिसतले बढ्यो

0

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ब्याज आम्दानी बढ्दा र खर्चमा कमी आउदा नाफामा सुधार आएको छ । संस्थाले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले ८ करोड ७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९४.२१ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ४ करोड १५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

त्यस्तै अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६६ करोड ६६ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी बढेर ८० करोड १ लाख रुपैयाँ पुगेको छ ।

यस्तै संस्थाले ६१ करोड ४० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । यसैगरी अघिल्लो आवमा ४२ करोड ७३ लाख रुपैयाँ कर्मचारीको सेवा सुविधाका लागि खर्च गरेको संस्थाले समीक्षा अवधसिम्म ४१ करोड ३२ लाख खर्च गरेको छ । संस्थाको अन्य सञ्चालन खर्च पनि ४ करोड ८६ लाखबाट घटेर ४ करोड १६ लाख रुपैयाँ पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ३२ करोड ९८ लाख रुपैयाँको व्यवस्था गरेको छ ।

संस्थाको रिडेन्ड अर्निङ १० करोड १७ लाख रुपैयाँ छ । रिजर्भ १ अर्ब ७२ करोड छ ।

संस्थाको निक्षेप संकलन १४ अर्ब ८९ करोड र कर्जा प्रवाह १९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफा १० करोड १७ लाख रुपैयाँ रहेको संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी भने १०.२६ रुपैयाँ रहेको छ ।

कम्पनिको खराब कर्जा अनुपात ८.२८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएसं)९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २७७.५३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८९.०३ गुणा र तरलता अनुपात ५.६१ प्रतिशत छ ।

आइएमई लाइफको नाफा २६.७८ करोड , खर्च २ अर्ब ८७ करोड रुपैयाँ

0

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा २६ करोड ७८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४.१२ प्रतिशतले बढी हो । सोही अबधिमा कम्पनीको खर्च बढेको छ । कम्पनीले यस अबधिमा २ अर्ब ८७ करोड रुपैयाँ कुल खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८.९७ प्रतिशतले बढी हो ।

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १७.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७९ लाख ८७ हजार, लगानी तथा कर्जा आम्दानी ६६ करोड ८८ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी ४९ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा यो रकम २ अर्ब ६५ करोडबराबर थियो । यस्तै कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको महाविपत्ती कोषको आकार २१ करोड ७५ लाख र रिटेन्ड अर्निङ १ अर्ब ३८ करोड रुपैयाँबराबर रहेको छ ।

कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.२३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९६.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.५५ गुणा छ ।

मल्टीपर्पस फाइनान्सको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने

0

मल्टीपर्पस फाइनान्सले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ५४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जोसुकै कम्पनी,व्यक्ति तथा संघसंस्थाहरुले खरिद आवेदन दिन पाउनेछन् । यसअघि कम्पनीका विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।