Home Blog Page 62

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै २.६८ गुणा आवेदन

0

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा पहिलो दिनमै २.६८ गुणा बढी आवेदन परेको छ । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीको आईपीओमा पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ता सेयरका लागि आवेदन परेको छ । केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेड (सीडीएससी) को तथ्यांकअनुसार, पहिलो दिनमै माग अत्यधिक देखिएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याएको छ । यस्तै, कम्पनीका कर्मचारीका लागि ३ प्रतिशत अर्थात ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।

यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि ‘एमबीएल ईक्विटी फण्ड’ निष्कासन गर्ने

0

काठमाडौं । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘एमबीएल ईक्विटी फण्ड’ को इकाई बिक्री यही फागुन २२ गतेदेखि खुला हुने भएको छ। माछापुच्छ्रे बैंक कोष प्रवर्द्धक तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक/डिपोजिटरी रहेको यो योजनाअन्तर्गत १२ करोड इकाइको बिक्री आवेदन खुला गरिनेछ।

प्रति इकाइ मूल्य रु. १० दरका १२ करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १२ लाख इकाइ, योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि १४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाइ, तथा कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकका लागि सुरक्षित राखिनेछ। बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

आवेदन प्रक्रिया

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १ करोड २० लाख इकाइ सम्म आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरूबाट आवेदन दिन सकिनेछ।

बिक्री अवधि

यो योजनाको इकाई बिक्री छिटोमा फागुन २६ गते र ढिलोमा चैत ७ गते बैंकिङ समयपछि बन्द हुनेछ। १२ वर्षे अवधिको बन्दमुखी योजना रहेको यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

0

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल २८.४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

गरिमा विकास बैंकद्वारा कालिका लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाडौं । गरिमा विकास बैंकले सेयर धितोकर्जा लिएर साँवा, ब्याज र अन्य दस्तुर समयमै नबुझाउने ऋणीको स्वामित्वमा रहेको कालिका लघुवित्त को १८ हजार ७४८ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ।

बैंकको शाखा कार्यालय वालिङ, स्याङ्गजाबाट कालिका लघुवित्तको संस्थापक सेयर धितो राखी सेयर कर्जा उपभोग गरेका ऋणीलाई साँवा, ब्याज र अन्य दस्तुर रकम तिर्न पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि नतिरेपछि बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो। बैंकले विभिन्न मितिहरूमा राष्ट्रिय स्तरका दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर पनि कर्जा चुक्ता गर्न आग्रह गरे पनि ऋणीले कर्जा सम्बन्धी शर्त उल्लङ्घन गरेकाले लिलामी गर्ने निर्णय गरिएको छ।

सेयर खरिद प्रक्रिया

यो सेयर खरिदका लागि कालिका लघुवित्तका विद्यमान संस्थापक, योग्य व्यक्ति, संस्था, फर्म, कम्पनी, संघ तथा संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

लिलामी कार्य रोक्ने सम्भावना

यद्यपि, ऋणी तथा व्यक्तिगत जमानत दिने व्यक्तिहरूले तोकिएको समयभित्र बैंकमा उपस्थित भई सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गरेमा वा कर्जा राफसाफ गरेमा लिलामी प्रक्रिया स्थगित गरिने बैंकले जनाएको छ।

पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ निष्कासन गर्ने

0

काठमाडौं । पियोर इनर्जी लिमिटेडले यही फागुन २० गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु. १०० अंकित दरका १ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरूका लागि जारी गर्नेछ। त्यस्तै, जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ।

सेयर बाँडफाँड र आवेदन प्रक्रिया

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समूहमै थप गरी निष्कासन गरिने कम्पनीले जनाएको छ।

कम्पनीको सेयर निष्कासन बन्द छिटोमा चैत ५ गते हुनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासित सेयर ढिलोमा चैत २० गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

यस्तै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले नबिल बैंकका शाखा कार्यालयहरू कोहलपुर र नेपालगञ्ज, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरू कोहलपुर र नेपालगञ्ज, सिद्धार्थ बैंकका शाखा कार्यालयहरू खजुरा, न्यूरोड, नेपालगञ्ज र विपी चोक, कुमारी बैंकका शाखा कार्यालयहरू चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार तथा खजुरा गाउँपालिकामा रहेको सौर्य विद्युत उत्पादन केन्द्रमा आवेदन बुझाउन सक्नेछन्।

पूँजी संकलनको उपयोगिता

कम्पनीले धितोपत्र निष्कासनबाट प्राप्त पूँजी नबिल बैंक र स्ट्याण्डर्ड बैंकको कर्जा भुक्तानी, धरौटी भुक्तानी तथा अन्य दायित्व भुक्तानी गर्न उपयोग गर्नेछ।

आवेदन सीमा

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले न्यूनतम १० कित्ता र अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार २ सय कित्तासम्म आवेदन दिन सक्नेछन्।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

कम्पनीले आईपीओ निष्कासन गर्न गत फागुन २ गते नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको थियो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ जारी गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ

कालिका लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १० हजार ६४० कित्ता संस्थापक बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिनुपर्नेछ। तोकिएका मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड

0

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि जारी गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले गत माघ १५ देखि २९ गतेसम्म निष्कासन गरेको उक्त आईपीओ फागुन ५ गते निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो।

निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका अनुसार, यो आईपीओमा रितपूर्वक आवेदन दिने ४७,५१६ आवेदकमध्ये २२,५०० जनालाई सेयर वितरण गरिएको छ।

कम्पनीले कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका, श्रम स्वीकृति प्राप्त नेपाली नागरिकहरूका लागि छुट्याएको थियो।

बाँडफाँड परिणाम एनआईएमबी एस क्यापिटलको वेबसाइट वा सिडीएससीद्वारा सञ्चालित वेबसाइटमार्फत हेर्न सकिन्छ।

राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तान्दै

0

बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो ।

बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २२ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी फागुन २८ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

प्रभु महालक्ष्मी लाइफको २.२१ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी माउन्टेन इन्फ्रा कम्पनीको स्वामित्वमा रहेको २ लाख २१ हजार ६५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यसअघि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले अन्य व्यक्ति तथा कम्पनीका लागि यो सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । लगानीकर्ताले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

फागुन १८ गतेदेखि स्वरोजगार लघुवित्तले एफपीओ निष्कासन गर्ने

0

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले यही फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले हाल कायम चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँको कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘ICRANP-IR)BB-@*’ रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

एफपीओको निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ २७ गते अनुमति पाएको थियो ।