Home Blog Page 61

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिहीबार (फागुन २२ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहीबार बिहान ८:३० बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने अन्तिम तयारी गरिएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोला प्रथाबाट बाँडफाँट गरिने भएको छ । कम्पनीको सार्वजनिक निष्कासनमा १९ लाख ९७७ आवेदकले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् ।

तर, भाग्यशाली १ लाख ८४ हजार ५०० आवेदकले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १७ हजार ४७७ जनाको आवेदन भने अस्वीकृत हुनेछ ।

कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

बाँडफाँटपछि लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा मेरो सेयर पोर्टलबाट आफ्नो नतिजा हेर्न सक्नेछन् ।

अर्थ मन्त्रालयले बजेट निर्माणको काम थाल्यो,अर्थमन्त्री पौडेलको १५ बुँदे आग्रह

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरूसँग परामर्श गरेको छ ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित र यथार्थपरक बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले यथार्थपरक बजेट आउँदा बीचमा रकमान्तर तथा संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने धारणा व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात गरी विगतका अनुभवबाट शिक्षा लिँदै अगाडि बढ्ने बताए । संघ, प्रदेश र स्थानीय सरकारको भूमिकालाई विशेष ध्यान दिँदै बजेट निर्माण गरिने उनको भनाइ थियो ।

मन्त्रालयहरू तथा विभिन्न निकायहरूबीचको समन्वयमा बजेट निर्माण हुने हुँदा सबैले बजेटप्रति अपनत्व लिने विश्वास उनले व्यक्त गरे । विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिँदै उनले जीवन्त र प्रभावकारी बजेट बनाइने उल्लेख गरे । साथै, नीति तथा कार्यक्रमसँग तादाम्यता मिलाएर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताए ।

अर्थमन्त्री पौडेलले कार्यान्वयन हुन नसक्ने तथा कम प्राथमिकताका आयोजना स्थगन गर्दै कार्यान्वयन योग्य योजनाहरू मात्र समावेश गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरे । साना योजनाहरू रोकी क्रमागत योजनाहरूको संख्या घटाउने सुझाव दिँदै पूर्वतयारी सम्पन्न भएका तथा अत्यन्तै आवश्यक आयोजना मात्र बजेटमा समावेश गरिने बताए । उनले बजेटको सिलिङलाई ध्यानमा राखेर कार्यक्रमहरू प्रस्ताव गर्न पनि सुझाव दिए ।

छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा लगायत सहभागी थिए ।

मन्त्रालयलाई अर्थमन्त्री पौडेलको आग्रह

  • प्राप्त बजेट सीमाभित्र रहेर कार्यान्वयनको क्रममा रकमान्तर र कार्यक्रम संशोधन गर्नु नपर्ने गरी यथार्थपरक बजेट प्रस्ताव गर्नु 
  • स–साना आयोजनामा श्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु 
  • क्रमागत आयोजनाको संख्या घटाउनु
  • कार्यान्वयन हुन नसक्ने तथा कम प्राथमिकताका आयोजना स्थगन गर्नु
  • कार्यान्वयनयोग्य आयोजना मात्र प्रस्ताव गर्ने व्यवस्था मिलाउनु  
  • नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा पूर्व तयारी सम्पन्न आयोजनमात्र प्रस्ताव गर्नु 
  • कार्यान्वयनयोग्य देखिएका गुणस्तरीय आयोजना मात्र समावेश गर्नु 
  • क्रमागत आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरी सकेपछि मात्र नयाँ कार्यक्रम तथा आयोजनाका लागि बजेट प्रस्ताव गर्नु
  • आयोजना प्रस्ताव गर्दा राष्ट्रिय योजना आयोगको आयोजना बैंकमा प्रविष्ट भएका आयोजनामा मात्र समावेश गर्नु 
  • चालु कार्यक्रम तथा आयोजनाहरूको हालसम्मको कार्यान्वयन अनुभवको आधारमा पुनर्संरचना तथा एकीकृत गर्नुपर्ने भएमा सो अनुसार गर्नु 
  • आयोजना प्रस्ताव गर्दा अन्तर तह तथा अन्तर निकायमा दोहोरोपना नपर्ने सुनिश्चित गर्नु
  • विपद्पछिको पुनर्निर्माण कार्यलाई प्राथमिकता दिई बजेट प्रस्ताव गर्नु 
  • सशर्त अनुदानका आयोजनाहरूलाई पुन: प्राथमिकीकरण गरी गुणस्तरीय आयोजना मात्र निरन्तरता दिने
  • तयारी पूरा नभएका तथा लगानी विधि सुनिश्चित नभएका नयाँ आयोजना प्रस्ताव नगर्नु
  • राष्ट्रिय गौरवका आयोजना तथा अन्य महत्त्वपूर्ण कार्यक्रममा सिर्जना हुने दायित्वलाई भुक्तानी गर्न पुग्ने गरी एअरमार्क भएको भन्दा कम नहुने गरी विनियोजन प्रस्ताव गर्नु
  • राष्ट्रिय गौरवका आयोजनामा पछिल्ला दुई वर्षमा बजेट विनियोजन घटेको देखिएको हुँदा राष्ट्रिय योजना आयोगबाट आर्थिक वर्ष ०८२–०८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने मार्गदर्शनमा गरिएको प्राथमिकीकरण र सुझावमा आधारित रहेर आवश्यक बजेट प्रस्ताव गर्नु

धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि भएसँगै धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ९९ अर्ब रुपैयाँ नाघेको छ ।

यसअघि, गत साउन ३१ गते धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च विन्दु मानिएको थियो । तर, पछिल्लो लगातारको वृद्धिले नयाँ कीर्तिमान कायम भएको छ ।

निरन्तर वृद्धि : नेप्से परिसूचक उचाइमा

पछिल्लो ९ दिनदेखि नेप्से परिसूचक निरन्तर रूपमा बढिरहेको छ । यस वृद्धिको असर बजार पूँजीकरणमा समेत परेको छ । आज मात्रै नेप्से परिसूचक २.६७ प्रतिशतले वृद्धि भई ७५.२४ अंकले उकालो लागेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २,८९० विन्दुमा पुगेको छ ।

बजार कारोबारमा उत्साहजनक वृद्धि

आज धितोपत्र बजारमा कारोबार पनि उल्लेखनीय रह्यो । कुल १४ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । लगातारको वृद्धिसँगै लगानीकर्ता तथा सेयर बजार विश्लेषकहरू बजारको यो प्रवृत्तिप्रति सकारात्मक देखिएका छन् ।

विशेषज्ञहरूका अनुसार, बजारमा लगानीकर्ताको आकर्षण बढ्दै जानु, अर्थतन्त्रमा सकारात्मक संकेत देखिनु तथा वित्तीय संस्थाहरूको सुधारका कारण नेप्सेमा उछाल आएको हो । यदि यो प्रवृत्ति निरन्तर रह्यो भने आगामी दिनमा नेप्से परिसूचकले थप नयाँ उचाइहरू कायम गर्न सक्ने सम्भावना छ ।

युनाइटेड इदी मर्दीद्वारा साधारण सभा आह्वान, लाभांश तथा हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने

0

युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत ११ गते सोमबारका दिन पोखरा कास्कीमा रहेको आभ्या क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक वर्षका सेयरधन्ीहरुलाई प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२११ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।

बोनस सेयर जारीपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्कासन गरी कम्पनीको पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु समेत पारित गरिनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८०/८१को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आव २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले यही फागुन २३ गते गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २२ गतेसम्म नेीसेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।

‘सानिमा फ्लेक्सी फण्ड’को इकाई निष्कासन तथा बिक्री बन्द आज

0

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । सानिमा बैंक, कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना व्वस्थापक तथा डिपोजिटरी रहेको ‘सानिमा म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने चौथो तथा पहिलो खुलामुखी योजना ‘सानिमा फ्लेक्सी फण्ड’ को’१० करोड इकाइको बिक्री आवेदन गत फागुन ६ गतेदेखि खुला गरिएको थियो ।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गते बैंकिङ समयपछि हुने जनाइएको थियो । तर निर्धारित समयभित्र मागबमोजिम आवेदन नपरेकाले म्याद थप्दै खरिद आवेदन दिने समयावधि फागुन २० गतेसम्म तोकिएको थियो ।

तर माभन्दा अधिक आवेदन परेकाले योजनाको इकाई बिक्री आवेदन आज बन्द गर्न लागिएको हो । खुलामुखी प्रकृतिको यस सामूहिक लगानी कोष योजनाको कुल आकार प्रतिइकाई अंकित मूल्य रु. १० दरको १० करोड इकाईमध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको छ ।

उक्त निष्कासन गरिएको इकाई मध्ये योजनाको कुल आकारको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई मध्ये कोष प्रवद्र्घक सानिमा बैंकलाई १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकार्ई तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २० लाख इकाई सुरक्षित राखी बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा २ करोड ५० लाख इकार्ई सार्वजनिक रुपमा बिक्रीको लागि खुल्ला गरिएको छ ।

यस योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण नहुने हुँदा यस योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरुमार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिनेछ । जस अन्र्तगत यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको कार्यालय सममार्ग, नक्साल वा तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजनामार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।

सेयर बजार अनुत्पादक क्षेत्र भएको पूर्व अर्थमन्त्री पुनको टिप्पणी, पूँजीपतिले सजिलो तरिकाले पैसा कमाउने माध्यम बनाएको आरोप

0

काठमाण्डौ । पूर्व अर्थमन्त्री वर्षमान पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशद्वारा बुधबार विराटनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भएको टिप्पणी गरेका हुन्।

उनले सेयर बजारलाई जुवासँग तुलना गर्दै पूँजीपतिहरूले केही मात्र लगानी गरेर सहज रूपमा पैसा कमाउने माध्यमका रूपमा प्रयोग गरिरहेको बताए। उनका अनुसार, सेयर बजार, गरगहना तथा घरजग्गा क्षेत्रमा गरिएको लगानीले प्रत्यक्षरूपमा रोजगारी सिर्जना गर्न नसक्ने र आर्थिक विकासमा योगदान नपुर्‍याउने तर्क गरे।

पूर्व अर्थमन्त्री पुनले यस किसिमको लगानीले पूँजी निष्क्रिय बन्ने भएकाले समग्र विकासमा अवरोध सिर्जना गर्ने धारणा व्यक्त गरे। उनले उत्पादनशील क्षेत्रको प्रवर्द्धन तथा औद्योगिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव समेत दिए।

ङादी ग्रुप पावर लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री

0

ङादी ग्रुप पावर लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको साधारणतर्फको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।

कम्पनीले आगामी फागुन २० गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने घोषणा गरेको छ। यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघ-संस्थाले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ।

आवेदन दिने स्थानहरू:

लगानीकर्ताले निम्न स्थानहरूमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन्:

  • सिद्धार्थ क्यापिटल
  • सिद्धार्थ बैंकका शाखा कार्यालयहरू: विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर।

आवेदन दिने अन्तिम मिति:

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति फागुन २८ गते रहेको छ। इच्छुक लगानीकर्ताले तोकिएको समयसीमाभित्र आवेदन दिनुपर्नेछ।

कुमारी बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९७ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

निर्धारित म्यादभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकद्वारा सूचनामा उल्लेख छ ।

सानिमा जिआईसी इन्स्योरेन्सको ९५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९५ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको दर र सेयर संख्या खुलाई कम्पनीको रजिष्टर्ड कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको टंगालमा रहेको प्रधन कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

फागुन १२ गते एलआईसी नेपालको लिलामी सेयरको बोलकबोल खोलिने

0

लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर)फागुन १२ गते खोलिने भएको छ ।
कम्पनीले लिलामीमा राखेको ४ लाख ९२ हजार कित्ता ५७७ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल यही सोमबार काठमाण्डौको भगवतिबहाल नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ८ बजे खोलिने भएको हो ।

कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रदमा आवेदन नपरेको ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो ।

उक्त अवधिमा प्राप्त भएका बोलपत्रहरु फागुन १२ गते खोलिन लागेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।