Home Blog Page 63

प्रभु महालक्ष्मी लाइफको २.२१ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी माउन्टेन इन्फ्रा कम्पनीको स्वामित्वमा रहेको २ लाख २१ हजार ६५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यसअघि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले अन्य व्यक्ति तथा कम्पनीका लागि यो सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । लगानीकर्ताले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

फागुन १८ गतेदेखि स्वरोजगार लघुवित्तले एफपीओ निष्कासन गर्ने

0

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले यही फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले हाल कायम चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँको कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘ICRANP-IR)BB-@*’ रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

एफपीओको निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ २७ गते अनुमति पाएको थियो ।

तारागाँउ रिजेन्सी होटल्सको आम्दानी र नाफामा सामान्य वढ्यो

0

काठमाडौं – तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको आम्दानी र नाफामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सामान्य वृद्धि भएको छ। कम्पनीले समीक्षा अवधिसम्म १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.८४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७७ करोड ३४ लाख रुपैयाँबराबर आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा ८.२९ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ७१ करोड ४२ लाख रुपैयाँ रहेको थियो।

खर्च र वित्तीय अवस्था कम्पनीको सञ्चालन खर्च ३६ करोड ३९ लाख रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च १२ करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको दोस्रो त्रैमाससम्म ८६ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोष बढेर १ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।

कुल चालु सम्पत्ति २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।

वित्तीय सूचकांकहरू समीक्षा अवधिसम्म कम्पनीको प्रमुख वित्तीय सूचकांक निम्नानुसार रहेका छन्:

  • प्रतिसेयर आम्दानी (EPS): ९.५२ रुपैयाँ
  • प्रतिसेयर नेटवर्थ: १५६.४८ रुपैयाँ
  • मूल्य-आम्दानी अनुपात (P/E Ratio): ११०.५१ गुणा
  • तरलता अनुपात: २.१५ प्रतिशत
  • प्रतिसेयर कुल सम्पत्तिको मूल्य: २२९.३१ रुपैयाँ

तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको आम्दानी र नाफामा सकारात्मक वृद्धि देखिएको छ, जसले कम्पनीको वित्तीय स्थायित्वलाई मजबुत बनाउने संकेत गर्छ।

रावा इनर्जी घाटाबाट नाफामा, दोस्रो त्रैमासमा १ करोड ३४ लाख रुपैयाँ कमाइ

0

काठमाडौं – अघिल्लो आर्थिक वर्ष घाटामा रहेको रावा इनर्जी डेभलपमेन्ट लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफामा जान सफल भएको छ। कम्पनीले समीक्षाधीन अवधिसम्म १ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनी ५ लाख १७ हजार रुपैयाँ घाटामा रहेको थियो।

कम्पनीले विद्युत् बिक्रीमार्फत ५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०८.०५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

खर्चको स्थिति समीक्षा अवधिसम्म कम्पनीले कर्मचारीका लागि २९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७८.९७ प्रतिशतले वृद्धि भएको हो। यस्तै, अघिल्लो आवसम्म २६ लाख ९७ हजार रुपैयाँ रहेको प्रशासनिक तथा अन्य सञ्चालन खर्च घटेर १० लाख ७१ हजार रुपैयाँमा सीमित बनेको छ।

कर्जा र वित्तीय अवस्था कम्पनीले समीक्षा अवधिसम्म ३९ करोड ४१ लाख रुपैयाँ मध्य तथा दीर्घकालीन कर्जा लिएको छ भने ४ करोड १५ लाख रुपैयाँ अल्पकालीन कर्जा लिएको छ। हाल कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ३७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ।

कुल चालु सम्पत्ति २ करोड ७३ लाख रुपैयाँ रहेको छ भने कुल चालु दायित्व ६ करोड ७० लाख रुपैयाँ पुगेको छ।

वित्तीय सूचकांकहरू समीक्षा अवधिसम्म कम्पनीको प्रमुख वित्तीय सूचकांक निम्नानुसार रहेका छन्:

  • प्रतिसेयर आम्दानी (EPS): ४.८२ रुपैयाँ
  • प्रतिसेयर नेटवर्थ: ७४ रुपैयाँ
  • मूल्य-आम्दानी अनुपात (P/E Ratio): १६४.५२ गुणा
  • तरलता अनुपात: ०.४१ प्रतिशत
  • प्रतिसेयर कुल सम्पत्तिको मूल्य: २३९.३९ रुपैयाँ

रावा इनर्जीको आम्दानीमा उल्लेख्य वृद्धि भए पनि ऋणात्मक रिटेन्ड अर्निङ तथा उच्च कर्जा लिएको देखिन्छ, जसले कम्पनीको वित्तीय स्थायित्वलाई चुनौती दिने सम्भावना छ।

विन नेपाल लघुवित्तले एफपीओ निष्कासनको अनुमति पायो

0

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ)का लागि अनुमति पाएको छ । नेपाद धितोपत्र बोर्डले संस्थालाई एफपीओ निष्कासनका लागि माघ ३० गते अनुमति दिएको हो ।

यससँगै अब संस्थाले रु.१०० अंकित दरका ५१ हजार २९२.५० कित्ता एफपीओ जारी गर्नेछ । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

दोल्ती पावरको घाटामा ९८.६९% कमी, घाटा १.२९ लाखमा सीमित

0

दोल्ती पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आफ्नो घाटा उल्लेखनीय रूपमा घटाएको छ। कम्पनीले घाटा ९८.६९ प्रतिशतले कम गर्दै १ लाख २९ हजार रुपैयाँमा सीमित गर्न सफल भएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ९८ लाख ७२ हजार रुपैयाँ घाटामा थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.६१ प्रतिशतले वृद्धि भई ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ। साथै, कम्पनीले कर्मचारी खर्च, प्रशासनिक खर्च तथा वित्तीय खर्चमा उल्लेखनीय कटौती गरेको छ। कर्मचारी तथा प्रशासनिक खर्च ७३ लाख १७ हजार रुपैयाँबाट घटेर १५ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ भने वित्तीय खर्च ४ करोड १९ लाख रुपैयाँबाट घटेर ३ करोड ३३ लाख रुपैयाँमा झरेको छ।

यद्यपि, कम्पनीको रिजर्भ कोष १९ करोड ६१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। कम्पनीले २ करोड रुपैयाँ अल्पकालीन कर्जा तथा ६८ करोड ७३ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ।

समीक्षा अवधिसम्म कम्पनीको त्रैमासिक प्रतिसेयर आम्दानी (EPS) ऋणात्मक ०.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६३.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९७.३७ रुपैयाँ तथा मूल्य-आम्दानी अनुपात ७,३८३.४१ गुणा कायम भएको छ।

सिनर्जी पावरको नाफा २९.०३% ले बढ्यो

0

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार, कम्पनीको नाफा सामान्य रूपमा वृद्धि भएको छ। कम्पनीले ४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.०३ प्रतिशतले बढी हो। अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ३ करोड ४८ लाख रुपैयाँ थियो।

विद्युत बिक्रीबाट हुने आम्दानी भने ५.२५ प्रतिशतले घटेर ११ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। तर, कम्पनीले खर्चमा कटौती गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ६१ लाख रुपैयाँ रहेको कुल खर्च घटेर ५ करोड ८६ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको रिजर्भ कोष २७.७३ प्रतिशतले वृद्धि भई १४ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३८.५५ रुपैयाँ, मूल्य-आम्दानी अनुपात ४४.८० गुणा तथा तरलता अनुपात १.६७ प्रतिशत कायम भएको छ।

भिजन लुम्बिनी उर्जाको नाफामा ६२.९३% गिरावट, २ करोड ६३ लाखमा सीमित

0

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार, कम्पनीको नाफामा ६२.९३ प्रतिशतको गिरावट आएको छ। समीक्षाधीन अवधिमा कम्पनीले २ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको ७ करोड ९ लाख रुपैयाँभन्दा उल्लेखनीय रूपमा कम हो।

कम्पनीको सेती नदी हाईड्रोइलेक्ट्रिक परियोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ र कात्तिक २७ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिएको छ। दोस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट ११ करोड २६ लाख रुपैयाँ आम्दानी भएको छ, जबकि कम्पनीको कुल आम्दानी १३ करोड २१ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च १४ लाख २१ हजार रुपैयाँ, कर्मचारी खर्च २२ लाख ४१ हजार रुपैयाँ, तथा ह्रासकट्टी खर्च ३ करोड ८३ लाख रुपैयाँ रहेको छ।

१ अर्ब ९१ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले रिटेन्ड अर्निङमा ७२ करोड २० लाख रुपैयाँ सञ्चित गरेको छ।

यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.७६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६७.५५ रुपैयाँ, मूल्य-आम्दानी अनुपात २४५.७० गुणा तथा तरलता अनुपात ०.८२ प्रतिशत कायम भएको छ।

नेपाल फाइनान्सको १०.९० लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

0

नेपाल फाइनान्स लिमिटेडले १० लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि पेश गर्न सकिनेछ । लगानीकर्ताले कमलादीस्थित प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा बनेपा, माछापुच्छ्रे,लगनखेल र तिलोत्तमा शाखा कार्यालय र प्रभु बैंकको शाखा कार्यालयहरु विरागटनगर, वीरगञ्ज,पोखरा,नेपालगञ्ज,सुर्खेत र धनगढीमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

आवेदन पेश गर्ने अन्तिम मिति चैत ८ गते रहेको छ ।

नेशनल लघुवित्तको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ५२ हजार २४९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयरमा संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

तोकिएको मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।