Home Blog Page 57

यो वर्ष ५ सय युवालाई सरकारले बिनाधितो सहुलियत ब्याजमा स्टार्टअप ऋण सहायता दिँने

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता कार्यक्रम अघि बढाइएको बताएका छन्। उनले यस वर्ष कम्तीमा ५०० उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न स्टार्टअप उद्यमशीलताको विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्ने योजना अन्तिम चरणमा पुगेको जानकारी गराए।

उनका अनुसार, इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया टुंगिने क्रममा रहेको छ। साथै, स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गर्दै आन्तरिक रोजगारीको दीगो आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले हालै सम्पन्न राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको प्रसंग उल्लेख गर्दै विश्वव्यापी रूपमा रोजगारी, व्यवसाय तथा अध्ययनका लागि मानिसहरू विभिन्न देश जाने क्रम स्वाभाविक रहेको बताए। उनले नेपालमा नै रोजगारीका अवसर सिर्जना गर्ने र युवाहरूलाई उद्यमशील बनाउन राज्यले विशेष नीति अवलम्बन गरिरहेको उल्लेख गरे।

सरकारको यो कार्यक्रमले नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्दै मुलुकभित्र रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको छ।

‘देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु पनि हुँदैन । व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ,’, प्रधानमन्त्री ओलीले भने, ‘हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज त्यो फराकिलो भएको छ । संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरुले पनि लिएका छन् । यसो भनेर हामी युवाहरुलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही कामै नगरी बसेका छैनौं । यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन ।’

मुलुकमा स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना गर्न तथा आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानूनी सुधारका काम गरिएको बताएको छन ।

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

नेपाल इन्स्योरेन्स कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८६५.३० रुपैयाँ कायम भएको छ । आजको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९९५.१० रुपैयाँ कायम थियो ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले चैत १९ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि ७६ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ , उक्त सभाले लाभांश पारित गर्नेछ ।

एसइई परीक्षामा आजदेखि ५.१४ लाख विद्यार्थीले परिक्षा दिदै

चालु शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो।

यस वर्षको एसईई परीक्षामा देशभरका २ हजार ७९ परीक्षा केन्द्रहरूबाट ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका छन्। नेपाल बाहिर जापानमा समेत परीक्षा केन्द्र तोकिएको छ, जहाँ २९ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्। यस्तै, केन्द्रीय कारागार सुन्धारा र दैलेख कारागारमा पनि परीक्षा सञ्चालनको व्यवस्था मिलाइएको छ।

काठमाडौंमा सबैभन्दा धेरै परीक्षार्थी

यस वर्ष सबैभन्दा बढी परीक्षार्थी काठमाडौं जिल्लामा रहेका छन्, जहाँ ३९ हजार ६०० विद्यार्थी परीक्षा दिइरहेका छन्। त्यस्तै, सबैभन्दा कम परीक्षार्थी मनाङ जिल्लामा रहेका छन्, जहाँ जम्मा ४३ जना विद्यार्थीले परीक्षा दिएका छन्।

एसईई परीक्षा आगामी चैत १९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको नतिजा आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ।

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ८ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरी कुल ७.८९४७ प्रतिशत लाभांश लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले चैत २१ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्दैछ ।

आज राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ तान्दै

तरलता बढी भएपछि आज राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त रकम तान्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ । अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी चैत २७ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न आज सेयरधनी बनिसक्नु पर्ने

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ७ गते बुक क्लोज गर्ने भएको छ।

यस अनुसार, आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीको सञ्चालक समितिको गत फागुन २४ गते बसेको बैठकले सेयरधनीहरूलाई हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

लाभांश पारित गर्न कम्पनीले आगामी चैत १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ७६औं वार्षिक साधारण सभा आयोजना गर्ने तयारी गरेको छ। उक्त सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सेयरधनीहरूलाई सभामा उपस्थित भई कम्पनीको आगामी नीति तथा कार्यक्रमबारे छलफल गर्न अनुरोध गरिएको छ।

प्रोग्रेशिभ फाइनान्सको १.८१ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । खरिद आवेदन कम्पनीको सञ्चालक समितिसमक्ष पेश गर्नु पर्नेछ ।

यससम्बन्धी विस्तृत जानकारी काठमाण्डौ तीनकुनेमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने छ ।

नेपाल स्टक एक्सचेञ्जमा लगातार गिरावट, सेयर बजार दबाबमा

काठमाडौं – साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज पनि गिरावट आएको छ। नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात् ७.६६ अंकले घटेर २ हजार ६९७.०४ विन्दुमा सीमित बनेको छ।

बलिया र राम्रा कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५२.८९ विन्दुमा झरेको छ। यस दिन नेप्सेमा सूचीकृत ३१३ वटा स्क्रिप्टको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा आज कारोबारमा गिरावट आएको छ। अघिल्लो दिन ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

सेयर बजार समूहगत प्रदर्शन

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा गिरावट आयो। अन्य समूह ०.११ प्रतिशतले वृद्धि भयो।

जीवन बीमा समूह सर्वाधिक ०.७० प्रतिशतले घट्यो।

बैंकिङ समूह ०.१४ प्रतिशत,

विकास बैंक ०.४२ प्रतिशत,

वित्त ०.१७ प्रतिशत,

होटल ०.३६ प्रतिशत,

हाईड्रो ०.१७ प्रतिशत,

लगानी ०.४२ प्रतिशत,

उत्पादन तथा प्रशोधन ०.२३ प्रतिशत,

लघुवित्त ०.३१ प्रतिशत,

म्युचुअल फण्ड ०.३७ प्रतिशत,

निर्जीवन बीमा ०.५४ प्रतिशत,

व्यापार समूह ०.६६ प्रतिशतले घट्यो।

धेरै कारोबार भएका कम्पनीहरू

हिमालयन रि इन्स्योरेन्स कम्पनी: ३२ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार।

घलेम्दी हाईड्रो: २२ करोड ७२ लाख।

नेपाल पुनर्बीमा: १८ करोड ३ लाख।

एलआईसी नेपाल: १६ करोड ७५ लाख।

नारायणी डेभलपमेन्ट बैंक: १३ करोड ७८ लाख।

बढी कमाउने र गुमाउने कम्पनीहरू

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो।

मिथिला लघुवित्त

हिमालयन पावर पार्टनर

अपर सोलु हाईड्रोको सेयरमूल्य ७.७८ प्रतिशत, भूगोल इनर्जीको ७.२८ प्रतिशत, पाँचथर पावर कम्पनीको ४.१८ प्रतिशतले बढ्यो।

तर सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशतले घट्यो।

कुमारी बैंकको २.८७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने

0

कुमारी बैंक लिमिटेडले २ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

यसअघि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्री आवेदन खुलाइएकोमा कुनै आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्न लागिएको बैंकले सूचनामा उल्लेख गरेको छ ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

पियोर इनर्जीको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

पियोर इनर्जी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत फागुन २७ गतेदेखि आईपीओ निष्कासन गरेको थियो।

मागभन्दा बढी सेयर खरिदका लागि आवेदन परेकाले आज आईपीओ निष्कासन तथा बिक्री आवेदन बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु.१०० अंकित दरका १ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरुको लागि र जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरेको छ ।

आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समुहमा थप गरी सर्वसाधारणका निष्कासन गरिने कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

यस्तै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नबिल बैंकका शाखा कार्यालयहरु कोहलपुर र नेपालगञ्ज,लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु कोहलपुर र नेपालगञ्ज,सिद्धार्थ बैंकका शाखा कार्यालयहरु खजुरा,न्यूरोज, नेपालगञ्ज र विपी चोक,कुमारी बैंकका शाखा कार्यालयहरु चिसापानी,खजुरा,कोहलपुर सुर्खेत रोज नेपालगञ्ज र रिमझिम बजार र खजुरा गाउँपालिकामा रहेको सौर्य विद्युत उत्पादन केन्द्रमा आवेदन बुझाउन सक्नेछन् ।

कम्पनीले धितोपत्र निष्कासनबाट प्राप्त पूँजी नबिल बैंक र स्ट्याण्डर्ड बैंकको कर्जा भुक्तानी गर्न र धरौटी भुक्तानी तथा अन्य दायित्व भुक्तानी गर्न उपयोग गर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।