सभापोखरी हाईड्रोपावर लिमिटेडले आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) को तयारी थालेको छ। कम्पनीले आईपीओ जारी गर्न मुख्य प्रस्तावसहित आगामी वार्षिक साधारण सभा (एजीएम) को मिति तय गरेको छ।
कम्पनी सञ्चालक समितिको चैत १ गते बसेको बैठकले साधारण सभा आगामी चैत ३० गते काठमाडौंको वनस्थलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा गर्ने निर्णय गरेको छ।
साधारण सभाले कम्पनीको प्रवन्धपत्र, नियमावली तथा प्रचलित कानुनअनुसार आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणलगायत विषयमा छलफल गरी पारित गर्ने निर्णय पनि सभामा हुने बताइएको छ।
नवीन परियोजनासँगै कम्पनीको शेयर संरचनामा आम लगानीकर्ताको सहभागिता बढाउन आईपीओ निष्कासनको योजना अघि बढाइएको कम्पनी स्रोतले जनाएको छ।
उपकार लघुवित्त वित्तीय संस्थाको संस्थाको ४ लाख २३ हजार २८१ कित्ता सेयरको लक इन अवधि वैशाख ८ गते समाप्त हुन लागेको छ ।
उक्त मितिमा संस्थाको संस्थापकहरुको सेयर र कर्मचारीका लागि बाँडफाँड गरिएको सेयरको लक इन अवधि समाप्त हुने भएको हो । लक इन अवधि खुल्न लागेको कुल सेयरमा ४ लाख २० हजार र कर्मचारीका लागि बाँडफाँड गरिएको ३ हजार २८१ कित्ता रहेको छ ।
संस्थाले विसं २०७८ चैत २५ गतेदेखि चैत ३० गतेसम्म आम सर्वसाधारण(कर्मचारीमा समेत)लाई आईपीओ जारी गरेको थियो । उक्त आईपीओ २०७९ वैशाख ९ गते बाँडफाँड भएको थियो ।
धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमा साँवा-ब्याज नतिर्नेहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ । चालू आर्थिक वर्षको आठ महिनामा मात्रै ३७ हजार ५२३ ऋणी कालोसूचीमा परेका छन् ।
कर्जा सूचना केन्द्रका अनुसार २०४६ सालदेखि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमा नतिर्नेको नाम कालोसूचीमा राख्न थालिएको हो । प्रारम्भमा कालोसूचीमा पर्ने ऋणीको संख्या न्यून रहेकोमा हाल त्यसको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ । पहिलो पटक बाँसबारी छाला जुत्ता उद्योग कालोसूचीमा परेको थियो । हालसम्म कुल १ लाख ५ हजार भन्दा बढी ऋणी कालोसूचीमा परिसकेका छन् ।
पछिल्ला साढे ६ वर्षमा मात्रै १ लाख ५ हजार ६ सय ऋणी कालोसूचीमा परेका छन् । निष्कृय कर्जा र चेक बाउन्स हुने दर समेत बढ्दै गएको देखिन्छ । पछिल्ला केही वर्षमा कालोसूचीमा पर्ने ऋणीहरूको संख्या निरन्तर बढ्दै गएको तथ्यांकले देखाउँछ। २०७५ मा १३१० ऋणी कालोसूचीमा परेका थिए भने २०७६ मा ३०७०, २०७७ मा ३,२६६ । २०७८ मा ७,९४८ २०७९ मा १९,२१५ । २०८० मा ३३,२७६ र २०८१ फागुन २५ गतेसम्म ३७,५२३ ऋणी कालोसूचीमा परिसकेका छन्। यसरी कुल १ लाख ५ हजार ६०८ ऋणी कालोसूचीमा परिसकेको तथ्यांकले ऋण नतिर्नेको समस्या विकराल बन्दै गएको देखिन्छ।
यसरी पर्छन् ऋणी कालोसूचीमा
नेपालको बैंक तथा वित्तीय प्रणाली अनुसार, कुनै पनि बैंक वा वित्तीय संस्थाले आफ्नो स्वीकृत सम्पूर्ण कर्जा सुविधाको विवरण कर्जा सूचना केन्द्रलाई जानकारी गराउनुपर्छ । ९० दिनभन्दा बढी अवधिको भाका नाघेका कर्जा तथा दश लाख रुपैयाँ वा सोभन्दा माथिको कर्जा रकम कालोसूचीमा राख्नुपर्ने प्रावधान छ ।
बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराएको विवरणकै आधारमा केन्द्रले अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक कर्जा सूचना प्रदान गर्ने गर्दछ ।
लघुवित्त वित्तीय संस्थाहरूका हकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी कर्जा लिएका ऋणीलाई कालोसूचीमा राख्ने प्रावधान छ । नियतवश कर्जा नतिर्ने ऋणीलाई भने जुनसुकै परिमाणको ऋण भए पनि कालोसूचीमा राख्न सकिन्छ ।
बढ्दो कालोसूचीमा पर्ने संख्या बैंक तथा वित्तीय संस्थाहरूका लागि चुनौती बनेको छ । वित्तीय अनुशासन कायम गर्नका लागि कर्जा तिर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।
विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुंगानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन ।
तर नीलमको लेखोट भने अर्कै थियो । उनलाई त्यतिमै सीमित हुन छुट थिएन । एउटा यस्तो अवसर आयो, जसलाई पछ्याउँदै उनी आज नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नरसम्म पुगेकी छिन् । उनी अहिले मुलुकको अर्थतन्त्रको ढुकुटी सम्हालिरहेकी छिन् । अर्थतन्त्रका सूचकाङ्क केलाउँदै नीति नियम बनाउने र प्रभावकारी कार्यान्वयन गराउँदै अर्थतन्त्रलाई गतिशील बनाउने जिम्मेवारी बोकेकी छिन् ।
विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुंगानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन ।
तर नीलमको लेखोट भने अर्कै थियो । उनलाई त्यतिमै सीमित हुन छुट थिएन । एउटा यस्तो अवसर आयो, जसलाई पछ्याउँदै उनी आज नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नरसम्म पुगेकी छिन् । उनी अहिले मुलुकको अर्थतन्त्रको ढुकुटी सम्हालिरहेकी छिन् । अर्थतन्त्रका सूचकाङ्क केलाउँदै नीति नियम बनाउने र प्रभावकारी कार्यान्वयन गराउँदै अर्थतन्त्रलाई गतिशील बनाउने जिम्मेवारी बोकेकी छिन् ।
स्नातकोत्तर तहमा उनी त्रिभुवन विश्वविद्यालयमा समग्रमा दोस्रो र महिलामा पहिलो भइन् । कीर्तिपुरस्थित विश्वविद्यालय आएर तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट ‘गोल्ड मेडल’सँगै सम्मान ग्रहण गरिन् । फर्किएपछि स्नातकोत्तर क्याम्पसमै सहाप्रध्यापकको जागिर मिल्यो । पढाइ जस्तै जागिर मिलेपछि उनलाई अर्को ठाउँ जाउँ भन्ने सोच नै पलाएन । ‘परिवार, पढाइ र जागिर सबै भने जस्तै भएपछि अर्को ठाउँ जाने रहर कत्ति पनि थिएन, मैले जे उपलब्धि प्राप्त गरेकी थिए, त्यसैमा सन्तुष्ट थिएँ’, डा ढुंगानाले सुनाइन् ।
सोही क्रममा नेपाल राष्ट्र बैंकले सहायक अधिकृत तहमा जागिर खुलायो । तर ढुंगानालाई भने यसबारे न चासो र जानकारी । ‘श्रीमान्का विद्यार्थी सुनील खनालले विज्ञापनको चिर्कटो लिएर आउनुभयो, हेर्नुहोस् यो विज्ञापन म्याडम, अब अध्यापनमा मात्रै सीमित भएर हुन्न भन्नुभयो’, डा नीलमले विगत सम्झिइन्, ‘त्यो बेलामा उहाँले सके राष्ट्र बैंकमा नभए निजामती जागिर भए पनि खानुपर्छ भन्दै हौसाउनुभएको थियो, आवेदनको फाराम पनि उहाँकै कारणले भरेकी थिएँ ।’
फाराम भरेपछि त तयारी पनि गर्नुपर्यो । केन्द्रीय बैंकको विराटनगरको कार्यालयबाट केही प्रकाशनहरू ल्याइन् । केही पत्रपत्रिका र केही पुस्तकको सहयोगमा तयारी पनि भयो । परीक्षा दिन रात्रिकालीन बस बढेर काठमाडौँ हानिइन् । एकान्तकुनामा आफन्तकहाँ विश्राम लिएपछि बालुवाटारस्थित केन्द्रीय बैंक आउँदा बाहिरपट्टिको रूखमा टाँसिएको सूचनामा भनिएको थियो, ‘राजनीतिक परिवर्तनका कारण अहिलेका लागि सहायक अधिकृतको परीक्षा स्थगित भएको छ ।’
लामो समयदेखिको तयारी, विराटनगर–काठमाडौँको कष्टपूर्ण यात्रापछि जाँच स्थगितको सूचना ढुंगानाका लागि अपेक्षाभन्दा पर थियो । एकप्रकारले मनमा निराशा छायो । यति ठूलो मेहनत खेर गयो भन्ने भयो । मन बुझाउनै गाह्रो भयो । तर स्वीकार गर्नुबाहेक के नै गर्न सकिन्थ्यो र ?
निराश मन लिएर बालुवाटारबाट गाडी चढेर रत्नपार्क पुग्दा सडक पेटीमा किताब बिक्रीका लागि राखिएको रहेछ । ‘बाटोमा किताब फिँजाएर बिक्री गरेको मलाई नौलो लाग्यो, विराटनगरमा त्यस्तो कहिल्यै देखिएन, एकान्तकुनाको गाडी चढ्नुअघि किताब नियाल्दै थिए, यत्तिकैमा ‘नेपाल राष्ट्र बैंक प्रतियोगिता गाइड’ देखेपछि नकिनी मनले मानेन् ।’
विराटनगर पुगेपछि किताब पढ्दा उनलाई लाग्यो, सायद तयारी अझै पुगेको रहेनछ । उनले पढ्न छुटाएका कैयौँ कुराहरू पुस्तकमा थिए । त्यही पुस्तक उनका लागि राष्ट्र बैंक प्रवेश गर्ने माध्यम बन्यो लाग्छ उनलाई । विसं २०५४ असारमा जाँच भयो । दसैँ सुरू हुनुभन्दा अगाडि प्रकाशित नतिजामा उत्तीर्ण हुनेमा नीलम ढुंगानाको नाम पनि थियो । ‘अहिले लाग्छ, सुरूमा परीक्षा स्थगित हुनु र त्यो पुस्तक संयोगले भेटिनु सायद मेरै लागि अवसर थियो, सायद पहिले तयारी पुगेको थिएन’, उनले भनिन् ।
नतिजा प्रकाशित भयो, तर थाहै छैन । दसैँमा विराटनगरबाट झापा जाँदै गर्दा बस स्ट्यान्डमा भेटिनुभएका एक आफन्तका मुखबाट नतिजा आएको पाँच दिनपछि खबर सुन्नुभएको रहेछ । ‘उहाँले तपाईंको नाम गोरखापत्रमा निस्केको छ, बधाई छ, लड्डु कहिले खुवाउने भनेपछि पो थाहा भयो, दसैँमा घर हिँडेको मान्छे नतिजा हेर्न जाऔँ कि कता जाऔँ भन्ने द्विविधा भयो’, उनले भनिन, ‘अन्तर्वार्ता कहिले हुने हो, छुट्ने पो हो कि भन्ने चिन्ता भयो । तापनि दसैँ जस्तो महान् चाडका बेलामा त पक्कै हुँदैन होला, भनी झापा नै लागियो ।’
उनको मनमा दसैँभरि त्यही नतिजा घुमिरह्यो । दसैँलगत्तै विराटनगर फर्किएर क्याम्पसको पुस्तकालय खोल्न अनुरोध गरेर पुरानो गोरखापत्रमा हेर्दा नाम भेट्टिँदा निकै खुसी लाग्यो उनलाई । नाम निस्केको सो गोरखापत्रको कटिङ अझै सुरक्षित छ, भन्छिन् उनी । २०५४ सालको भाइटीकाको पर्सीपल्ट अन्तर्वार्ताको मिति तोकियो, त्यसमा पनि पास भइन् । नियुक्तिपत्र लिन काठमाडौँ आएकी उनलाई यतै बस्नुपर्ने भयो । उनलाई केन्द्रीय कार्यालयमै विदेशी विनिमय व्यवस्थापन विभागमा खटाइएको रहेछ ।
त्यसपछिको एक वर्ष काठमाडौँमा बिताएपछि नीलमको विराटनगर नै सरूवा भयो । त्यहाँ तीन वर्ष बिताएपछि पुनःकाठमाडौँ फर्किइन् । त्यसयता उनी राष्ट्र बैंकमा विभिन्न विभागमा रहेर काम गर्दै आफूलाई अब्बल सावित गर्दै आएकी छिन् । बैंकबाटै अष्ट्रेलिया पुगेर वलोङगङ्ग विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरिन् । केही वर्षपछि उनले भारतबाट ‘मौद्रिक प्रसारण संयन्त्र र बैंक लेण्डिङ्ग विहेवियर’मा विद्यावारिधि पनि पूरा गरिन् ।
‘केन्द्रीय बैंकमा रहँदा मैले धेरै अवसरहरू प्राप्त गरेँ । प्रत्येक आन्तरिक प्रतियोगितात्मक परीक्षा पहिलो प्रयासमै उत्तीर्ण हुँदै निर्देशक तहसम्म बढुवा भएँ । काम गर्दाका अवस्थामा विभिन्न प्रकारका चुनौती र असफलताहरू आउनु स्वाभाविक जस्तो लाग्छ । चुनौती र असफलताले धैर्यता र पाठ सिकाउँछ । कार्यकारी निर्देशकमा भने कार्यसम्पादन मूल्याङ्कनका आधारमा पदोन्नति भयो, नियम नै यही हो’, उनले भनिन् ।
ढङ्गानाले केन्द्रीय बैंकमा रहँदा विदेशी विनिमय व्यवस्थापन विभाग, विराटनगर क्षेत्रीय कार्यालय, बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, आन्तरिक लेखा परीक्षण विभाग तथा मौद्रिक व्यवस्थापन विभागमा कार्य अनुभव हासिल गरिन । आफ्नो कार्यकालको सबैभन्दा लामो समय करिब ११ वर्ष आर्थिक अनुसन्धान विभागमा बिताइन् । उनले पोखरा क्षेत्रीय कार्यालयमा क्षेत्रीय निर्देशकका रूपमा सफलतापूर्वक १४ महिना काम गरिन् । मौद्रिक व्यवस्थापन विभागमा काम गर्दागर्दै नेपाल सरकारबाट उनलाई वरिष्ठ डेपुटी गभर्नरको रूपमा नियुक्ति प्राप्त भयो ।
अर्थतन्त्रको अवस्था
अर्थतन्त्रलाई नजिकैबाट नियालिरहेकी डा ढुंगानाका शब्दमा अहिले अर्थतन्त्रका अधिकांश सूचकाङ्क सकारात्मक छन् । यद्यपि सुधार गर्नुपर्ने कैयौँ पक्ष पनि नभएका होइनन् । ‘चालू आर्थिक वर्षको सात महिनामा मुद्रास्फीति ४ दशमलव १६ प्रतिशत (वाञ्छित सीमाभित्रै) छ, बाह्य क्षेत्र सहज अवस्थामा छ । २३६९ अर्ब विदेशी मुद्रा सञ्चिति छ, चालु खाता बचतमा छ, गत वर्षको तुलनामा वैदेशिक लगानी, ऋण र अनुदान पनि बढेको छ । विप्रेषणमा ७ दशमलव ३ प्रतिशतले वृद्धि भई ९०० अर्ब पुगेको छ’, उनले भनिन् ।
सरकारी वित्तका क्षेत्रमा अपेक्षित रूपमा पुँजीगत खर्च र राजस्व परिचालन हुन नसके पनि गत वर्षको तुलनामा वृद्धिदर उल्लेख्य छ । गत वर्ष सरकारी खर्च २ दशमलव ९ प्रतिशतले बढेकामा यस वर्ष ९ दशमलव ९ प्रतिशतले बढेको छ । त्यस्तै राजस्व परिचालन गत वर्ष यो अवधिमा १० दशमलव २ प्रतिशतले बढेकामा यो वर्ष १३ दशमलव ३ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा आशा गर्ने धेरै क्षेत्रहरू छन् । लगानीको प्रशस्त अवसर छन् । बैंकिङ क्षेत्रको ब्याजदर न्यून विन्दुमा झरेको र तरलता प्रशस्त रहेको अहिलेको अवस्थालाई सार्वजनिक र निजी लगानीका लागि सुनौलो अवसरका रूपमा लिन सकिने उनको बुझाइ छ ।
‘अधिकांश सूचकाङ्कहरू राम्रा हुँदाहुँदै पनि बैंकमा अधिक तरलता छ, अपेक्षाकृत रूपमा कर्जा प्रवाह हुन सकेको छैन, वााणिज्य बैंकले दिने कर्जाको ब्याजदर गत वर्ष औसत ११ दशमलव ०८ बाट अहिले ८ दशमलव ५५ प्रतिशतमा झरेको छ, आधारदर पनि औसत ९ दशमलव ०६ प्रतिशतबाट ६ दशमलव ४६ प्रतिशतमा आइसकेको छ, तर कर्जा प्रवाह अपेक्षाकृत रूपमा बढ्न सकेको छैन’, उनले भनिन्, ‘यसमा कहीँ न कहीँ, केही कमी कमजोरीहरू त पक्कै हुन सक्छन्, मूलतः कूल मागमा नै समस्या देखिएको छ ।’
डेपुटी गभर्नर डा ढुंगाना अहिले अर्थतन्त्रमा देखिएको समस्या कोरोना महामारीदेखि नै सुरू भएको बताउँछिन् । तत्कालीन समयमा अर्थतन्त्र पुनरूत्थानका लागि चालिएका केही लचकपूर्ण कदमका धेरै सकारात्मक प्रभावका साथै केही नकारात्मक प्रभाव पनि परेका छन् । केन्द्रीय बैंकले दिएको स्टिमुलस प्याकेज, ऋणको पुनःसंरचना, पुनःकर्जालगायतका नीतिले ८५ प्रतिशत उद्योग व्यवसाय पुनःसञ्चालनमा आए पनि कतिपय कर्जाको उत्पादनशील क्षेत्रमा सदुपयोग हुननसक्दा केही समस्या भएको उहाँको बुझाइ छ । त्यसैको असर अहिले बैंकको रिकभरिमा देखिएको छ, यसले खराब ऋण बढाएको छ । त्यसबाहेक यसबीचमा भएका ऋण तिर्नुनपर्ने भन्दै अभियानकै रूपमा सृजित गरिएका गैरआर्थिक गतिविधि पनि कारक हुन् भन्ने उनको बुझाइ छ ।
ठूलो सङ्ख्यामा युवाहरू विदेश जाँदा आन्तरिक माग घटेको उनको बुुझाइ छ । उपभोग गर्नेहरू नै विदेश गएपछि माग स्वतः कमजोर हुन्छ । यसको असर निजी क्षेत्रको उत्पादन र अन्ततोगत्वा बैंकको कर्जा प्रवाहमा देखिन्छ । माग नै छैन भने उत्पादनका लागि कर्जा प्रवाह कमजोर हुनु स्वाभाविक हो । तर अहिले व्याजदरहरू माथि भनिए झैँ न्यून विन्दुमा झर्नु र बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहनुलाई सार्वजनिक र निजी लगानीका लागि सुनौलो अवसरका रूपमा सदुपयोग गर्ने बेला हो । गत वर्षभन्दा कर्जाको वृद्धिदर बढीरहेको अवस्थालाई पनि यस अर्थमा हेर्न सकिन्छ ।
केन्द्रीय बैंकको भूमिका
केन्द्रीय बैंकको मुख्य भूमिका समष्टिगत आर्थिक स्थायित्वलाई ध्यानमा राख्दै आर्थिक विकासका लागि सहजीकरण गर्ने हो । कर्जा र ब्याजदरका माध्यमबाट अर्थतन्त्रलाई चलायमान बनाउने हो । त्यसबाहेक नीतिगत तवरबाट पनि काम गर्न सकिन्छ । अहिले पनि साना तथा मझौला क्षेत्र, कृषि र ऊर्जा क्षेत्रमा ४० प्रतिशत कर्जा हुनु केन्द्रीय बैंककै कारण सम्भव भएको हो ।
पछिल्लो समय नेपाल ग्रे लिस्टमा परेको र यसबाट निकाल्नका लागि पनि केन्द्रीय बैंकले सक्दो भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ छ । डा ढुंगाना भन्छिन्, ‘फाइनान्सिल इन्टेलिजेन्स युनिट केन्द्रीय बैंकअन्तर्गत नै छ, वित्तीय क्षेत्रमा हुनसक्ने शङ्कास्पद कारोबार, सम्पत्ति शुद्धीकरणका क्षेत्रमा सूक्ष्म निगरानी भइरहेको छ’, उनले भनिन्, ‘पछिल्लो समय त बैंकवित्तीय संस्थाहरूको एएमएल सिएफटीसम्बन्धी गहन रूपमा सुपरिवेक्षण गर्न छुट्टै एएमएल सीएफटी सुपरिवेक्षण महाशाखा नै नेपाल राष्ट्र बैंकमा बनाइएको छ ।’
त्यसबाहेक तल्लो तहसम्म एएमएलरसिएफटीसम्बन्धी जनचेतना अभियानकै रूपमा चलाउनुपर्ने खाँचो रहेको उनको बुझाइ छ । रेडियो टेलिभिजनमार्फत वा विभिन्न तालिमका साथै यसलाई पाठ्यक्रममै राख्न पनि सकिन्छ । केन्द्रीय बैंकले कडाइ गरेकै कारण सम्पत्ति शुद्धीकरणमा धेरै सुधार आएको छ । अन्तरराष्ट्रिय जगतले अझै बढी ‘कम्प्लाइन्स’ खोजेको अवस्था छ । सबै क्षेत्रमा एफएटीएफले ‘कम्प्लाइन्स’ खोज्दा र अपेक्षित ‘कम्प्लाइन्स’ नदेखिएकोले ‘ग्रे लिष्ट’मा परेको उनको बुझाइ छ ।
गभर्नरको दाबेदार
वरिष्ठ डेपुटी गभर्नर डा नीलम ढुंगानाका अगाडि नेपालको पहिलो पटक महिला गभर्नर बन्ने सम्भावनाले पछ्याइरहेको छ । त्यो सम्भावना वरिष्ठ डेपुटी गभर्नरका रूपमा स्वतः उनीलाई प्राप्त भएको हो । यतिबेला गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति पनि गठन भइसकेको भन्ने सुन्नमा आएको छ । नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने भनिएको छ । त्यसो हुनाले उनी भावी गभर्नरको स्वतः प्रबल दाबेदार छिन् ।
‘म राष्ट्र बैंक प्रवेश गर्दा यति ठूलो सपना थिएन, यस गरिमामय संस्थामार्फत मुलुकको सेवा गर्न पाउनुका साथै मेरो जीविकोपार्जनसँग पनि जोडिएको थियो’, उनले भनिन् ‘करिब तीन दशकको यस यात्रामा मैले बैंकमा गरेको मेहनत, योगदान र अहिले वरिष्ठ डेपुटी गभर्नरका रूपमा र धेरै पटक कायममुकायम गभर्नरका रूपमा सफलतापूर्वक र सक्रियतापूर्वक निर्वाह गरेका जिम्मेवारीहरूलाई नियाल्ने हो भने गभर्नरका रूपमा काम गर्न सक्छु भन्ने पुष्टि हुन्छ ।’
काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ। चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश नबाँड्ने निर्णय गरेको हो।
संस्थाले चालू आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदनहरूलाई छलफल गरी स्वीकृति दिने निर्णय गरेको छ। साथै, सो प्रतिवेदनलाई नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।
यस निर्णयले सेयरधनीहरूलाई केही निराश बनाएको छ, तर संस्थाले आफ्नो वित्तीय अवस्थालाई सुदृढ बनाउन यो कदम चालेको बताइएको छ।
काठमाडौं। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभान्वित गर्ने गरी लाभांश वितरणको निर्णय गरेको हो।
सञ्चालक समितिको निर्णयअनुसार, संस्थाले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.२३६२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
लाभांश वितरणका लागि संस्थाले नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि प्रस्ताव पेश गर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।
स्वाभिमान लघुवित्तको यो निर्णयले सेयरधनीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने विश्वास गरिएको छ। वित्तीय क्षेत्रको सुधारसँगै लघुवित्त संस्थाहरूले नियमित रूपमा लाभांश वितरण गर्न थालेका छन्, जसले लगानीकर्ताहरूलाई प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ।
एनएमबि बैंक लिमिटेडले १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
काठमाडौं – साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनः गिरावटमा रह्यो। नेप्से परिसूचक ०.४६ प्रतिशतले घट्दै १२.३८ अंक तल झर्यो र २,६६९.७६ विन्दुमा सीमित बन्यो।
आजको कारोबारमा नेप्सेमा सूचीकृत ३१२ वटा स्क्रिप्टको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच भएको थियो, जसको कुल कारोबार रकम ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँभन्दा बढी रह्यो।
लगातार पाँच दिनसम्म नेप्से ओरालो लागेको छ।
बीमा समूह मात्रै हरियो, अन्य सबै समूह राताम्मे
नेप्सेका १३ वटा समूहमध्ये जीवन बीमा समूह मात्रै हरियो रह्यो। यो समूह ०.०३ प्रतिशतले बढेको छ।
सबैभन्दा बढी गिरावट फाइनान्स समूहमा देखियो, जुन १.३५ प्रतिशतले घट्यो। अन्य समूहहरूको अवस्था यस्तो रह्यो:
बैंकिङ :- – ०.३७%
विकास बैंक :- – ०.२०%
होटल :- – ०.५०%
हाईड्रो :- – ०.६४%
लगानी :- – ०.१०%
उत्पादन तथा प्रशोधन :- – ०.७१%
लघुवित्त :- – ०.५५%
म्युचुअल फण्ड :- – ०.३९%
निर्जीवन बीमा :- – ०.९६%
अन्य :- – ०.६१%
व्यापार :- – ०.३२%
धेरै कारोबार गर्ने कम्पनीहरू
आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भयो। यसको कारोबार २८ करोड २१ लाख रुपैयाँभन्दा बढी रह्यो।
अन्य धेरै कारोबार भएका कम्पनीहरू:
हिमालयन रि इन्स्योरेन्स – २३ करोड १२ लाख
सिन्धु विकास बैंक – १६ करोड ६४ लाख
युनाइटेड मोदी – १६ करोड २३ लाख
घलेम्दी हाईड्रो – १३ करोड ६ लाख
धेरै कमाउने र गुमाउने कम्पनीहरू
आज कुनै पनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन।
धेरै कमाउने कम्पनीहरू:
दोल्ती पावर – ७.५३% वृद्धि
एशियन हाईड्रो – ५.४९% वृद्धि
सिन्धु विकास बैंक – ४.९७% वृद्धि
गार्डियन माइक्रो लाइफ – ४.४३% वृद्धि
स्वेत गंगा हाईड्रो – ४.२४% वृद्धि
धेरै गुमाउने कम्पनीहरू:
मिथिला लघुवित्त – १०% गिरावट (लोअर सर्किट)
भूगोल इनर्जी – १०% गिरावट (लोअर सर्किट)
साताको अन्तिम कारोबार दिन समेत गिरावट आएपछि लगानीकर्ताहरू चिन्तित बनेका छन्। लगातार पाँच दिनसम्म नेप्से ओरालो लाग्दा बजारको समग्र अवस्था कमजोर देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पौने दुई करोड कित्ता सेयर थपिएको छ ।
लक्ष्मी सनराइज बैंक, विन्ध्यवासिनी हाइड्रोपावर र साना किसान विकास लघुवित्तको कुल १ करोड ७४ लाख ५४ हजार ५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
लक्ष्मी सनराइज बैंकको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत दरका कुल १ करोड १५ लाख ९३ हजार ५७७ कित्ता सेयर सूचीकृत भएको हो ।
त्यस्तै, विन्ध्यवासिनी हाइड्रोपावरको ७।६० प्रतिशत दरका कुल ७ लाख ९८ हजार कित्ता र साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत दरका कुल ५० लाख ६२ हजार ४७७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यो सेयर आइतबारदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
एक कार्यक्रममा बोल्दै केही दिन पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘हामीले राष्ट्रपति महिला बनायौं । प्रधानन्यायाधीश महिला बनायौं । कतिपय देशले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । महिला सभामुख बनायौं । महिला रक्षामन्त्री बनायौं । इट्स नट अ जोक । भर्खरै सुरु भएको संघीय प्रणालीमा मुख्यमन्त्री महिला बनाइसक्यौं । ब्युरोक्रेसीको टपमा अर्थात् मुख्यसचिव महिला बनायौं । संयोगवश भनौं वा प्रयासस्वरुप भनौं, यी सबै बनाउँदा मै पर्दो रहेछु, प्रधानमन्त्री ।’
आफ्नै पहलमा राष्ट्रपतिदेखि मुख्यसचिवसम्म महिलालाई अगाडी बढाएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘एक्लै टप्लक्क राष्ट्रपतिमा महिला पुग्दैन, यदी महिला सशक्तिकरण छैन भने । महिला सहभागिताको राम्रो स्थिति छैन भने ।’ उनले समाजमा महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता बढेको बताए ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व सम्मेलनमा प्रधानमन्त्री ओलीले यसो भनिरहदा नयाँ गभर्नर नियुक्ती गर्ने समय आउन लागेको छ । यस परिवेशमा ओलीको भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गभर्नर पद राजनीतिक नियुक्ति हुने पद हो । हालको सत्ता समीकरणका दलहरुमध्ये गभर्नर पद कुन दलको भागमा पर्छ भने कुरा टुंगो लागेको छैन ।
गभर्नरको पदका लागि दर्जन बढी प्रत्यासी रहदा नेकपा एमाले निकट दुई डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रमध्ये एकको सम्भाबना उच्च रहेको बताइन्छ । त्यस्तै हाल बैंकर अशोक शेरचन तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ, राष्ट्र बैंकका सञ्चालक रवीन्द्र पाण्डे, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकर ज्ञानेन्द्र ढुंगाना का साथै केही बैंकर, पूर्व प्रशासक र दुवै राजनीतिक दल निकट रहेका व्यक्तिहरु नियुक्तिका लागि लबिङमा गरिरहेका छन ।
राम्रो पोर्टफोलियो भएको पद भएकोले र दुबै दलमा आकांक्षी धेरै रहेकोकाले कुन दलको भागमा कुन यो पद पर्छ भन्ने स्पस्ट नभईसकेकोले पनि यही गभर्नर बन्छ भनेर अनुमान गर्न सकिने स्थिती नरहेको राष्ट्र बैंक श्रोतले जनाएको छ ।
तर अनौठा निर्णय गर्दै आएका ओलिले महिला गभर्नर नियुक्ती हुनुपर्छ भनेर लभिङ गरेर महिला गभर्नर नियुक्त भएमा अनौठो नमान्दा हुन्छ ।